समाज

नेपाल ठकुरी सगँम कास्कीको अध्यक्षमा याम हमाल

पोखरा ७, पुष नेपाल ठकुरी सगँम कास्कीकोे २६ औं साधारण सभा तथा दशौं अधिवेशनबाट याम हमाल ठकुरीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा हिरा बिक्रम शाही, द्धितिय उपाध्यक्षमा कृष्ण बहादुर चन्द , सचिवमा रबिन्द्र बम मल्ल , सदस्यहरुमा नितु शाहि, दिल कुमारी खाँण, सन्तोष मल्ल, दिपक मल्ल छन् । नव निर्वाचित अध्यक्ष याम हमालले निर्वाचन मण्डल र साथ सहयोग दिएका सम्पुर्ण सदस्यलाई धन्यवाद दिदै ठकुरीको हकहित र एकतामा ध्यान दिने बताउनु भयो । कार्यक्रममा… पुरा पढौ

रास्वपाका सभापति रवि लामिछानेको सवारी साधन सहित सम्पत्ति जफतको माग, संसद पद समेत निलम्वन हुने प्रकृयामा सम्पत्ति शुद्धिकरण तर्फ २७ करोड रकम बिगो दाबी

दीननाथ बराल,पोखरा ७, पुष, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरिएको छ । उक्त मुद्धा दायर गरेसंगै उहाँको सवारी साधन सहितको सम्पत्ति जफतको लागि माग गरिएको छ । साथै सभापति लामिछानेकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको छ । सम्पत्ति जफत प्रयोजनकै लागि सरकारी वकिलले उनकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको हो । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम हिनामिना… पुरा पढौ

सिटीवान टेलिभिजनको अध्यक्षमा पुनः पवन प्रजापति

पोखरा ७, पुष, पोखरालाई केन्द्रमा राखेर सञ्चालन भइरहेको सिटीवान टेलिभिजनको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः पवन प्रजापतिको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । जस अनुसार उपाध्यक्षमा चिनु गुरुङ र राजेन्द्र ओझा, सचिवमा सुरेश श्रेष्ठ र कोषाध्यक्षमा विनोद भुजेललाई सर्वसम्मत चयन भएका छन् । सदस्यमा सुनिल गुरुङ, सुदीप प्रधानाङ्ग, सुस्मा थापा पाण्डे, सन्तोष कुमार श्रेष्ठ, वसन्त केसी र टिना थापा रहेका छन् । नेतृत्व चयनको लागि अधिवक्ता वि वि विष्ट संयोजक… पुरा पढौ

पत्रकार महासंघ कास्कीका नव निर्वाचित कार्य समितिको सपथ ग्रहण तथा पदस्थापना, सहकारीका ठगलाई कार्वाही गछौंः मन्त्री गुरुङ (भिडियो सहित)

पोखरा, ७ पौष, नेपाल पत्रकार महासंघ कास्कीमा नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न संचार जगतलाई व्यवस्थित एवम मर्यादित बनाउन पर्ने बताउनुभयो । https://www.youtube.com/watch?v=zteNIEfTg6Q उहाँले राजनितिक अस्तिरताले नितिगत स्थायित्व नहुने र सरकारका कुनै पनि अंगले राम्रो संग काम गर्न नसक्ने बताउनुभयो । आम संचार विधेयक बन्ने प्रकियामा रहेकाले सरोकारवाला संग छलफल गरेर मात्र विधेयकलाई संसदमा पेश गरिने बताउदै यस्लाई प्रभावकारी… पुरा पढौ

भूपी काव्य पुरस्कार असफल गौतमलाई

थकाली सेवा समिति पोखराद्वारा सञ्चालित भूपी काव्य पुरस्कार साहित्यकार तथा समालोचक असफल गौतमलाई प्रदान गरिने भएको छ । नेपाली साहित्यका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने स्रष्टालाई हरेक दुई वर्षमा अर्पण गरिदै आएको पुरस्कारको राशि ५० हजार रूपैयाँ र ताम्रपत्र रहेको छ । नेपाली साहित्यका क्षेत्रमा भूपीको योगदानलाई चिरस्थायी बनाउन समीक्षा र समालोचनाका माध्यमबाट व्यक्तिगत तथा संस्थागत हिसाबले कलम चलाएर पुर्याएको योगदानको उच्च कदर गर्दै यो वर्ष असफललाई सम्मान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक ई. रुजिन्द्र तुलाचनले जानकारी दिए । पुतलीबजार–७,… पुरा पढौ

समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ मन्त्री थापा

पोखरा ७, पुष, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । विश्व ध्यान दिवसका अवसरमा शनिबार मन्त्रालयले पोखरा रंगशालामा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले ध्यानले व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र समग्र जीवनशैलीमा सकारात्मक प्रभाव पु¥याउने बताए । “ध्यान, योग र मानसिक स्वास्थ्यले हाम्रो जीवनमा पु¥याउने योगदान आज मात्र होइन मानव सभ्यताकै इतिहासदेखि नै महत्वपूर्ण रहँदै आएको छ । ध्यान केवल व्यक्तिगत… पुरा पढौ

एनपिएलको बिजेता जनकपुरलाई एक करोड दश लाख पुरस्कार, उत्कृष्ट खेलाडी एरीलाई कार उपहार

काठमाडौँ ६, पुष, नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको हो । उपाधि सहित जनकपुरले ट्रफिसहित एक करोड दश लाख प्राप्त गरेको छ । उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई रु ५१ लख प्रदान गरिएको छ । फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल… पुरा पढौ

पोखराको आकाशमा एकै पटकमा १५ देशका १७ वटा हर्ट बेलुन उड्ने, बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा नेपालका चर्चीत कलाकारको प्रस्तुती हुने

दीननाथ बराल,पोखरा ६, पुष, पोखराको आकाशमा एकै पटकमा १५ देशका १७ वटा हर्ट बेलुन उड्ने भएका छन्। पोखरामा यही पुष ९ गते देखि सुरु हुने बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा १५ देशका १७ वटा हर्ट एयर बेलुन उड्ने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पर्यटनको राजधानि पोखरामा पोखरा पर्यटन परिषद र बेलुन नेपाल प्रा.लि. को संयुक्त आयोजनामा यही पौष ०९ देखि १७ गते (डिसेम्बर २४ देखि जनवरी १ तारिख) सम्म आयोजना हुने उक्त महोत्सवमा १५ देशका… पुरा पढौ

दोश्रो बिएफटी प्रतियागितामा कोशी प्रदेशको वर्चश्व

दीननाथ बराल, पोखरा ६, पुष, नेपाल फिजिकल टेनिङ एशोशियसन संघिय समिति पोखराको आयोजनामा पोखरामा शनिबार सम्पन्न भएको दोश्रो बि.एफ.टी. प्रतियागिता २०८१ मा कोशी प्रदेशको वर्चश्व रहेको छ । मुख्य गरी कोशी सहित बागमती र गण्डकी प्रदेशका ३० जना खेलाडीहरु बिचको २ किलोमिटर दौडमा कोशी प्रदेशका धावकहरुले उपाधि जित्नु भएको हो । पोखरा रंगशालामा आज(शनिबार) भएको प्रतिष्प्रर्धामा वुसन मगर प्रथम हुनु भएको छ । उहाँले निर्धारित दुरी ५ मिनेट ५३ः९० सेकेण्डमा पार गर्दै उपाधि सहित नगद १० हजार प्राप्त गर्नु भयो… पुरा पढौ

ल्होछार आगमनमा १० बिरामीलाई तमु धिं नेपालले उपचार सहयोग

पोखरा, ६ पुस, तमुहरुको महान पर्व सप्री ल्हो तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले १० जना बिरामीहरुलाई स्वास्थ्योपचार सहयोगका लागि २ लाख ५० हजार रुपैयाँ बितरण गरेको छ। तमुहरुको महान पर्व ल्होछार आगमन हुँदै गर्दा बिरामीहरुलाई औषधोपचार गर्न सहयोगहिस भनी तमु धिं नेपालमा स्थापित स्व।मेजर जयबहादुर, स्व।उदयचन्द्र, समाजसेवी मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार अक्षयकोषबाट जनही २५ हजार रुपैयाँ दरले उपचार सहयोग रकम हस्तान्तरण गरिएको हो।उक्त कोषका संस्थापक वरिष्ठ समाजसेवी मेजरनी रुपकुमारी गुरुङ र लक्ष्मी गुरुङले सहयोग हस्तान्तरण गर्नुभएको हो। उहाँहरुले… पुरा पढौ