शिक्षा मन्त्री विद्या भट्टराईद्धारा राजीनामा

-


     पोखरा क्लिक     
     वैशाख ८ गते २०८२ मा प्रकाशित


काठमाण्डौं , ८, वैशाख

नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज भेटेर मन्त्री भट्टराई राजीनामा पत्र बुझाउनुभएको हो ।

मन्त्री भट्टराईले राजीनामा दिनु भएको उहाँका प्रेस संयोजक रामजी लम्सालले पोखराक्लिकलाई बताउनु भयो । राजीनामा दिनुको कारण नखुले पनि प्रविधिक रुपमा केही कठिनायी भएका कारण उहाँले राजीनामा दिनु भएको श्रोतको भनाई छ ।

काठमाण्डौंमा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन जारी रहेको छ । यही बीचमा शिक्षा मन्त्रीले राजीनामा दिनुभएको छ । हाल क्याविनेट बैठक बस्दै गरेको छ ।