
पोखरा,
गण्डकी प्रदेशका सामाजिकविकास, युवातथा खेलकुदमन्त्रीविन्दु कुमार थापाले सांकेतिकभाषातालिम समावेशी समाजनिर्माणतर्फको महत्वपूर्ण कदमभएको बताएका छन् । मन्त्रालयको समन्वयमाराष्ट्रिय बहिरा महासंघ नेपाल, गण्डकी प्रदेशद्वारा आयोजिततीनमहिने आवासीय दोभाषे तालिम (सांकेतिकभाषा संचार) कार्यक्रमको उद्घाटनगर्दै उनले सांकेतिकभाषाबहिरा समुदायको जीवनसँगप्रत्यक्ष जोडिएको महत्वपूर्ण संचारको माध्यमभएको उल्लेख गरे ।
“सांकेतिकभाषा केवल संचारको माध्यमहोइन, यो बहिरा समुदायको पहिचान, अधिकार र अभिव्यक्तिको आधार हो”,उनले भने, “यसले उनीहरूको सामाजिक सहभागिता सुनिश्चित गर्न र समावेशी समाजनिर्माण गर्न सहयोग पु¥याउँछ।” मन्त्रीथापाले यस्तो किसिमको तालिमले दोभाषेहरू र बहिरा समुदायबीचको आपसी समझदारी, आत्मीयता र समन्वयलाई मजबुतबनाउने विश्वास व्यक्तगरे ।
“हामीकेवलनीति र योजनानिर्माणमै सीमित रहनुहुन्न, व्यवहारमा समेत पहुँच र समानअवसरको प्रत्याभूति गराउने प्रतिबद्धतासाथ अगाडि बढिरहेका छौँ”, मन्त्रीथापाले जोड दिए । अपाङ्गताकाक्षेत्रमाकाम गरेका संघसंस्थाहरुको लागिकार्यक्रम संचालन गर्न प्रदेश सरकारले एक करोड विनियोजन गरेको र सोहि अनुरुपविभिन्न १० प्रकारका अपाङ्गता सम्बन्धि संघसंस्थाहरुलाई प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्थापनमिलाइएको मन्त्रीथापाको भनाई छ । उनले प्रदेश सरकारले अपाङ्गताभएकाव्यक्तिको अधिकार सम्बन्धमाव्यवस्था गर्न बनेको विधेयकल्याउनलागेको जानकारी गराए । अपाङ्गमैत्रीकानूननिर्माणका लागिमन्त्रालय प्रतिबद्ध रहेको भनाई उनको छ ।
गण्डकी प्रदेशकी सांसद सुनीताथापा सामाजिकविकास, युवातथा खेलकुदमन्त्रालयको समन्वयमाआयोजना गरिएको दोभाषे तालिमफलदायीहुनेमा आशावादी छिन् । राष्ट्रिय बहिरा महासंघ नेपालगण्डकी प्रदेशको अध्यक्ष समेत रहेकीउनले संघलाई प्रभावकारी बनाउनआफु लागि पर्ने प्रतिबद्धता व्यक्त गरिन् । अपाङ्गताभएकाव्यक्तिको अधिकार सुनिश्चितताकालागि सदनबाट आवाज बुुलन्दबनाउँदै लैजाने कुरामा दृढ रहेको भनाई उनको छ । पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले तालिमप्रभावकारी भएको उल्लेख गरे । कार्यक्रममाविभिन्न जिल्लाबाट आएकाप्रशिक्षार्थी, संघीय र प्रदेश तहका सरोकारवालानिकायकाप्रतिनिधिहरू, बहिरा संघ÷संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो। प्रशिक्षार्थीहरूलाई सांकेतिकभाषा, बहिरा समुदायको सामाजिक–मनोसामाजिकआवश्यकता, समावेशी संचार, मानवअधिकार र सहजीकरणका विविधपक्षहरूमाव्यावहारिक ज्ञान र सीप प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।




