पोखरामा रहेका खाल्डा खुल्डी तत्काल मर्मत संहार गर्न स्थानियको माग

-


     पोखरा क्लिक     
     वैशाख १५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १५, वैशाख,

पोखरा क्षेत्रका सडकमा रहेका खाल्डा खुल्डी तत्काल मर्मत संहार गर्न स्थानियले माग गर्नुृ भएको छ । पोखरा भ्रमण बर्ष मनाई रहदा पोखराको सडकै भरी खाल्डा खुल्डी हुनुले सडक दुर्घटना हुने उच्च जोखिम भएको भन्दै स्थानियले तत्काल मर्मत संहार एवं टालटुल गर्न आग्रह गर्नु भएको हो ।

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडसंगै पोखराका अधिकांश सडकमा खाल्डा खुल्डी परे पछि बर्षादको समय अघि नै मर्मत संहार गर्न पोखरेलीले पोखरा महानगर समक्ष माग गर्नु भएको हो । पोखरामा केही दिन अघि जसो परेको पानी र धेरै सामो समय देखि सडक मर्मत संहार नभएकोले सडकमा देखिएका साना खाल्डा खुल्डीहरु बढ्दै हाल ठुला ठुला खाल्डा खुल्डी परेको स्थानियले गुनासो गर्नु भएको छ ।

पोखरा महानगरपालिकाले यस बर्ष भ्रमण बर्ष २०२५ को घोषणा सहित २० लाख पर्यटक भित्राउने लक्ष्य राखेकोमा पोखराको सडक क्षेत्र हाल निकै धेरै ठाउँहरुमा खाल्डा खुल्डी परेको स्थानिय शिव देवकोटाले पोखरा क्लिकलाई बताउनु भयो । पोखराका होटल व्यवसायी देवकोटाले पोखरा भ्रमण बर्ष २०२५ को अवसरमा कम्तिमा सडकमा भएका खाल्डा खुल्डी तत्काल पूर पार तथा सडक मर्मत संहार गर्न माग गर्नु भयो । पोखराको नयाँ पर्यटकीय गन्तव्य सेतीबगर, खपौदी, पामे लगायतको क्षेत्रको सडक क्षेत्रमा तारवार नभएको तथा सडकमा बत्तीको व्यबस्था नभएको देवकोटाले गुनासो गर्नुभयो । आफ्नो क्षेत्रमा कुनै नेताहरु नभएकोले विकास नभएको उहाँको भनाई थियो ।

पोखराको सडक क्षेत्रमा खाल्डा खुल्डी हुदाँ सडक मार्ग हुदै वा हवाई मार्ग हुदै पोखरा आउने पर्यटकहरुले समेत कठिन यात्रा गर्नू परेको तथा सडक जोखिम भएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनु भयो । उहाँले भन्नुभयो“पर्यटनको राजधानि पोखरा त्यस माथि पनि पोखरा भ्रमण बर्ष यो अबस्थामा चौबिस घण्टामा सडकमा देखिएका खाल्डा खुल्डी पूर्नुपर्नेमा यस बिषयमा पोखरा महानगर मौन रहेको छ । ”पोखराको सडकमा सवारी दुर्घटनाको अर्को कारक अव्यबस्थित तार समेत रहेको उहाँले जनाउनु भयो । केही व्यक्तिहरु तारमा अल्झियर घाइते भएको अध्यक्ष आचार्यले बताउनु भयो ।

पोखराको लेकसाईड, सेतीबगर, खपौदी, पृथ्बीचोक, पार्दी बिरौटा, महेन्द्रपुल सहितका सडक क्षेत्रमा ठाउँ ठाउँमा खाल्टा खुल्टी हुदाँ स्थानियहरु समेत त्यसबाट गर्मीमा धुलो र पानी पर्दा भने हिलोको समस्याले आफुहरुलाई असर परेको गुनासो गर्नु भएको छ । पोखरा महानगरपधक ालिका र सडक डिभिजन कार्यालय पोखराले पोखरा क्षेत्र भित्रको सडक मर्मत संहार गर्ने जिम्मा पाएका निकायबाट समयमै साना साना खाल्डा खुल्डी टाल टुल पार्न नसक्दा विस्तारै खाल्टा खुल्टी बढ्दै गएर सडकमा सवारी साधन चलाउन समेत आफुहरुलाई ठुलो समस्या आउन थालेको एक ट्याक्सी चालक अर्जुन पौडेलले बताउनु भयो ।

यस बिषयमा पोखरा महानगरपालिकाले आउँदो बैठकमा यो बिषयको समेत उठान गर्ने भएको छ । महानगरको शहरी विकास पर्यटन, वन तथा वातावरण महाशाखा प्रमुख ई.बिमल रन्जन कार्कीले यस बिषयमा आफुलाई बल्ल जानकारी भएकोले अब यस बिषयमा छलफल गर्ने बताउनु भयो ।