समाज

नेपाल रेडक्रस सोसाइटी गण्डकीको सातौँ साधारण सभा सम्पन्न

पोखरा, २ जेठ, गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुल मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेमा रगत निशुल्क उपलब्ध कार्यक्रमलाइ निरन्तरता दिइने बताएका छन् । २०७८ सालबाट गण्डकीका सबै अस्पतालमा उपचार गराउने विरामीलाइ रगतको आवश्यकता परेमा निःशुल्क उपलब्ध गराइदै आएकोमा आगामी वर्ष पनि निरन्तरता दिइने मन्त्री थापाले बताए । नेपाल रेडक्रस सोसाइटी, गण्डकीको सातौँ साधारण सभाको उद्याटन गदै मन्त्री थापाले नेपाल रेडक्रस सोसाइटीसंगको समन्यमा रक्त तत्व निशुल्क वितरण कार्यक्रम प्रभावकारी बनेको बताए । मन्त्री थापाले रेडक्रसले मानवीय सेवामा गदै आएको कामको… पुरा पढौ

अन्नपूर्ण म्याराथन यही जेठ २० गते हुने, पालिका, प्रदेश, विदेशी धावकलाई बिषेश पुरस्कारको व्यबस्था

दीननाथ बराल,पोखरा २, जेठ, अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा पाँचौं संस्करणको अन्नपूर्ण म्याराथन–२०८२ यही जेठ २० गते हुने भएको छ । पर्यटनका लागि सबै मौसम भन्ने मूल नाराका साथ समितिले आयोजना गर्ने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङले बताउनु भयो । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका दिनको अवसर पारेर प्रत्येक बर्ष अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी) को अन्नपूर्ण… पुरा पढौ

वाईसिएललाई उत्पादनमा लाग्न ःनेता अधिकारीको आग्रह

पोखरा, जेठ २, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) ले योङ कम्युनिष्ट लिग (वाईसिएल) लाई देशमा उत्पादन हुने गरी आत्मनिर्भर बन्न सुझाव दिए । वाईसिएल गण्डकीको प्रथम सम्मेलनलाई आज पोखरामा सम्बोधन गर्दै उनले देशका अन्य युवा संगठनहरु भन्दा वाईसिएस फरक ढंगले प्रस्तुतः हुन आग्रह गरेका हुन् । उनले भने,‘वाईसिएल पार्टीको जनवर्गिय संगठन मात्र होईन, यो त पार्टीका उत्तराधिकारी संगठन हो, सहायक संगठन हो, त्यसैले यो संगठन धेरै प्रचण्डहरु जन्माउने संगठन बन्नुपर्छ ।’ यस संगठनले क्रान्तिकारीहरुलाई आकर्षित गर्न सक्ने… पुरा पढौ

अल्फामा नमुना मतदान सम्पन्न

पोखरा – १६, जेठ, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा जेठ २ गते शुक्रबारका दिन विद्यार्थीहरूलाई निर्वाचनको सम्पूर्ण प्रक्रिया जानकारी गराउने मूलभूत उद्देश्यका साथ विद्यार्थी परिषद एवम् जुनियर रेडक्रस सर्कलका विभिन्न पदका लागि निर्वाचन सम्पन्न भएको छ । सोही निर्वाचनम विद्यालयका प्राचार्य सुरेन्द्र मानसिंह भण्डारी प्रमुख आयुक्त, सह प्राचार्य कृष्ण लम्साल निर्वाचन आयुक्त, निराजन थापा निर्वाचन अधिकृत एवम् विजयबाबु अधिकारी मतदान अधिकृतको भूमिकामा रहेका थिए भने विद्यार्थीकै सकृयतामा नमुना सुरक्षाकर्मीको भूमिका निर्वाह गरिएको थियो । विद्यालयका शिक्षकहरू सन्दिप वि.क. आनन्द थापा,… पुरा पढौ

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित

पोखरा– गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित भएका छन । यसपालि एकैचोटी वर्ष २०८१ का लागि पाठक र वर्ष २०८२ का लागि अधिकारीलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार स्वर्गीय भण्डारीका ७२ औँ जन्मजयन्ती पारेर पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई जनही २५ हजार र सम्मानपत्र प्रदान गरे । दुबै पत्रकार दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व… पुरा पढौ

पोखराका ४ वटा वडाका विभिन्न घरमा सुन चोरी गर्ने ५ जना पक्राउ, सुन पसल संचालक सहित कालिगढ समेत संलग्न (भिडियो सहित)

दीननाथ बराल,पोखरा २, जेठ, पोखराका ४ वटा वडाबाट सुन चाँदीका गरगहना चोरी गर्ने सुन पसलका संचालक सहित ५ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१, ३२ लगायतको क्षेत्रका घरको ताला फोरी चोरी गर्ने ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले आज (शुक्रबार) पोखरामा पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको हो । उक्त घटनामा सुन पसलका संचालक देखि कालिगढसम्म संलग्न भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्याँमबाबु ओलीयाले बताउनु भयो । स्याङ्ग्जा पुलती… पुरा पढौ

पोखरा १३ मा तरबुजा मेला उत्साहपूर्ण रुपमा सम्पन्न

पोखरा, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाद्वारा आयोजित पोखरा १३ को समन्वयमा विहिबार पोखरामा आयोजना भएको तरबुजा मेला उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं।१३ कार्यालयको कार्यालय परिसरमा भएको उक्त मेलामा तरबुजा प्रदर्शनी, तरबुजा विक्री वितरण, तरबुजा खाने प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायत गतिविधिहरू आयोजना भएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनु भयो । पोखरा महानगरपालिका क्षेत्रमा उत्पादन भएका तरबुजाहरू मेलामा राखिएका थिए । महानगरपालिकाको करिब २ सय रोपनी क्षेत्रफलमा ५० बढी व्यवसायीक कृषकहरूले तरबुजा खेती… पुरा पढौ

गण्डकी प्रदेशमा राइड शेयरिङ सेवा प्रारम्भ, व्यवसायद्धारा आन्दोलन गर्ने चेतावनी

दीननाथ बराल, पोखरा १, जेठ, गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई मान्यता दिएसंगै आज राजपत्रमा प्रकासित गर्दै उक्त सेवा प्रारम्भ भएको जनाएको छ । मंगलबार बसेको क्याविनेट बैठकले राइड शेयरिङको नियमावली पारित गरेको थियो भने आज (विहिबार) राजपत्रमा प्रकाशन भएसंगै आजै देखि उक्त सेवा प्रारम्भ भएको प्रदेश सरकारले पोखराक्लिकलाई जनाएको छ । उक्त नियमहरुको नाम “गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यस्थापन) नियमावली २०८२” रहेको छ । यो नियमावली प्रदेश राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुने भएको भनी राजपत्रमा उल्लेख गरिएको… पुरा पढौ

बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रमको आयोजना गरी जेसीज सप्ताहन्त कार्यक्रम हुने

दीननाथ बराल,पोखरा १, जेठ, बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रम सहित जेसीज सप्ताहन्त कार्यक्रम २०२५ हुने भएको छ । यस बर्षको जेसीज सप्ताहन्त कार्यक्रम अन्र्तगत बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रम गरी मनाइने भएको पोखरा जेसीजले आज ९विहिबार० पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । उक्त कार्यक्रम अन्र्तगत जेठ ३ गते शनिबार निःशुल्क बृहत आँखा परिक्षण शिविर, निर्णय पुस्तिका ९माईनुट० लेखन तथा वित्तिय साक्षरता तालिम, बिद्यार्थीलाई टिसर्ट वितरण, आर्थिक बिकास समवृद्धिको आधार, वर्तमान परिस्थिति सम्भावना र चुनौती बिषयक… पुरा पढौ

प्रदेश प्रमुख समक्ष महालेखाले पेश गर्‍यो वार्षिक प्रतिवेदन आर्थिक अनुशासन भएमात्रै सुशासनः प्रदेश प्रमुख भट्ट

पोखरा, १ जेठ, महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखा परीक्षकको कार्यालयका उप–महालेखापरीक्षक बामदेव शर्मा अधिकारीले बिहीबार आर्थिक वर्ष २०८०र०८१ को सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । बुधबार महालेखा परीक्षक कार्यालयले उपधारा १ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेल… पुरा पढौ

This will close in 20 seconds