समाज

विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण

पोखरा २५, पुष, पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । विद्यालयको ७८ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद सप्ताह अन्तर्गत विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुन सफल विद्यार्थीलाई विहीवार पुरस्कार वितरण गरिएको खेलकुद संयोजक निर्मल भण्डारीले जानकारी दिनुभयो । विजयी विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री कुमार खड्का, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य मेहरमान नेपाली, विमला अधिकारी, ईन्दु भट्टराई लगायतकाले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।कार्यक्रममा पुर्व मन्त्री खड्काले… पुरा पढौ

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित रवि लामिछाने सहित ७ जना धरौटिमा रिहा

दीननाथ बराल,पोखरा २५, पुष, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित रास्वपा सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहित ७ जना धरौटिमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । प्रतिवादीहरुको बहस सकिएसंगै पुरक अभियोजन भई थुनछेक बहस पछि आज थुनछेक आदेश प्राप्त भएको जिल्ला अदालत कास्कीका श्रेष्तदार(उपसचिव) राजन खनालले बताउनु भयो । https://www.youtube.com/watch?v=dxsmVWiRluA उहाँका अनुसार अदालतले लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ । सहकारी… पुरा पढौ

खेलकुदकर्मी एवं सामाजिक व्यक्तित्व शंकरमान उदास अस्ताए

डि.एन.बी.,पोखरा २४, पुष, पोखरामा शारीरिक सुगठन खेलको विकास र विस्तारसंगै राष्ट्रिय देखि अन्तर्राष्ट्रिय निर्णायकको भूमिका खेलेको व्यक्ति आज हाम्रो सामु भौतिक रुपमा नरहे पनि उहाँले गरेको कामलाई हामी सधंै स्मरण गर्ने छौं । शालिन स्वाभावका ६१ बर्षीय वकिलमान तुलाधर उदास (शंकरमान उदास) आफुले गरेको कर्मलाई हामी माझ छाडेर सधैका लागि अस्ताएका छन्। पोखरामा भएका प्रायः व्यायामशालाहरू उहाँबाट नै प्रशिक्षार्थी मै प्रेरणा पाएर संचालनमा रहेका व्यामशालाहरू छन भने केही यहाँको पोखरा ३ नदीपुरमा रहेको रत्नश्री जीमका प्रशिक्षार्थी खेलाडीहरूले राष्ट्रीय अन्तर्राष्ट्रीय क्षेत्रमा… पुरा पढौ

२४ औं आहा ! रारा पोखरा गोल्ड कप माघ तेश्रो साता देखि हुने

दीननाथ बराल, पोखरा २४, पुष, २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ को आउँदो माघ महिनाको तेश्रो साता देखि हुने भएको छ । मोफसलको चर्चित सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता संचालन गर्ने तयारी गरेकोे क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । १२ दिन चल्ने प्रतियोगितामा ए डिभिजनका क्लव, विभागिय टिम, आयोजक सहित केही विदेशी टिम गरी १२ टिम सहभागी गराउने तयारी भएको उहाँले जनाउनु भयो । ‘आत्मा… पुरा पढौ

कृषकको पनि बन्यो लेखनाथ महोत्सव

लेखनाथ, २४ पुस कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ । पुस १८ गतेदेखी जारी महोत्सवमा कुल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु रहेका छन । त्यतिमात्रै हैन महोत्सवमा बृहत कृषि मेला प्रर्दशनीको पनि व्यबस्था मिलाईएको छ । जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ७२ भन्दा वढि किसानहरुले विभिन्न किसिमका कृषि उपजहरु प्रर्दशनीमा राखेका छन ।पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा… पुरा पढौ

पोखरा उपत्यकाका तालहरूमा ५३ प्रजातिका जलपंछी

पोखरा, २४ पुस, तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा तालमा गरिएको जलपंछी गणनामा ५३ प्रजातिका जलपंछी फेला परेका छन् । टाइगर माउण्टेन पोखरा लज र पोखरा पंछी समाजको अगुवाईमा ४३ जना स्वयंसेवक गणकहरूबाट यही पुस २२ र २३ गते विभिन्न १२ वटा टोलीमा विभाजित भई गरिएको गणनामा ५३ प्रजाति अभिलेख गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष एवम् क्षेत्रीय संयोजक मनशान्त घिमिरेले जानकारी दिनुुभयो । सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरूको वितरण, तिनीहरूको अवस्थाको… पुरा पढौ

राइड शेयरिङ एप्सलाई मान्यता नदिन चेतावनी

दीननाथ बराल,पोखरा २४, पुष, राइड शेयरिङ एप्सलाई मान्यता नदिन पोखरा क्षेत्रका मजदुर तथा व्यवसायीहरुले चेतावनी दिएका छन् । उक्त एप्सलाई सरकारले मान्यता दिन लागेको भन्दै यहाँका मजदुर र व्यवसायीहरुले आज(बुधबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत सरकारलाई चेतावनी दिएका हुन् । एकिकृत यातायात मजदुर संगठन नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा गठनमा आबद्ध मजदुर सहित विभिन्न व्यवसायमा आवद्ध व्यवसायीहरुले नेपालमा अबैधानिक रुपमा रहेको राइड शेयरिङ एप्सलाई कानून संसोधन गरेर कानूनी मान्यता दिए त्यसका बिरुद्ध आन्दोलन गर्न आफुहरु तयारी अबस्थामा… पुरा पढौ

सूर्यदर्शन सहकारीमा ठगि प्रतिवादीका वकिलहरूको बहस सकिएसंगै विहिबार आदेश आउन सक्ने

पोखरा २४, पुष, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादी तर्फका अधिवक्ताहरूको बहस आज सकिएको छ । बुधबार प्रतिवादीका तर्फका अधिवक्ताहरूको बहस सकिएसंगै सम्भवत भोलि(विहिबार) आदेश समेत आउन सक्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरू तर्फका अधिवक्ताहरुको बहस बुधबार सकिएको हो । बिहीबारसम्म सरकारी वकिल कार्यालयको तर्फबाट बहस हुने भएको छ भने जवाफी बहस सकिएपछि आदेश आउने सम्भावना रहेको छ । पोखराको सुरक्षा व्यवस्था हाल… पुरा पढौ

प्रेस सेन्टर पोखरा महानगरको अध्यक्षमा हुम गुरुङ्ग

पोखरा २४, पुष, प्रेस सेन्टर पोखरा महानगरको अध्यक्षमा हुम गुरुङ्ग निर्वाचित भएका छन । प्रेस सेन्टर नेपालको पोखरा महानगरपालिका कमिटीको अध्यक्षमा हुम बहादुर गुरुङ्ग र्निबाचित भएका छन । प्रेस सेन्टरको पोखरामा भएको दोस्रो अधिबेशनमा गुरुङ्गको नेतृत्वमा नयाँ कार्यसमिति र्निबिरोध र्निबाचित भएको हो । समितिको प्रथम उपाध्यक्षमा सपना रसाईली, द्धितिय उपाध्यक्षमा शिब थापा, सचिवमा प्रकाश अधिकारी कोषाध्यक्षमा सरिता गायक र सहसचिवमा दिलिप भण्डारी र्निबाचित भएका हुन । त्यसैगरि सदस्यहरुमा गिता तिवारी, एलिशा थापा रवि भण्डारी, दक्ष गुरुङ्ग चयन भएको बताइएको छ… पुरा पढौ

सहारा बाल आधारभूत बिद्यालयमा नेवाः मिसा पुचःद्वारा प्राथमिक उपचार अक्षयकोष स्थापना

पोखरा २४, पुष, पोखराको वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा नेवाः मिसा पुचः पृथ्वीचोकले प्राथमिक उपचार अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण गरेको छ । विद्यालयका ६० जना छात्राहरुलाई महिनावारी स्वास्थ्य र सरसफाई सम्वन्धी सचेतना मुलक अन्तरक्रिया कार्यक्रम समेत आयोजना भएको हो । संस्थाका अध्यक्ष लक्ष्मी मुल्मीले सो कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीलाई चेक मार्फत २५ हजार रुपैया रकम हस्तान्तरण गरेका थिइन् । नेवाः मिसा पुचः पृथ्वीचोकका सचिव नविना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रोमा रजकले गरेकी… पुरा पढौ