पोखराका ४ वटा वडाका विभिन्न घरमा सुन चोरी गर्ने ५ जना पक्राउ, सुन पसल संचालक सहित कालिगढ समेत संलग्न (भिडियो सहित)

-


     पोखरा क्लिक     
     जेठ २ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २, जेठ,

पोखराका ४ वटा वडाबाट सुन चाँदीका गरगहना चोरी गर्ने सुन पसलका संचालक सहित ५ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१, ३२ लगायतको क्षेत्रका घरको ताला फोरी चोरी गर्ने ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले आज (शुक्रबार) पोखरामा पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको हो ।

उक्त घटनामा सुन पसलका संचालक देखि कालिगढसम्म संलग्न भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्याँमबाबु ओलीयाले बताउनु भयो । स्याङ्ग्जा पुलती बजार नगरपालिका ९ काल्खु घर भई हाल पोखरा १० गौरीमार्ग बस्ने ५३ बर्षका दुर्गा बहादुर थापा उक्त घटनामा संलग्न भएको उहाँले दाबी गर्नुभयो । उहाँहरुबाट करिब ६९ लाख बराबरको चोरीको सामान सहित शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको हो । यसै सम्बन्धि भिडियो सामाग्रि ।