समाज

पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल

पोखरा, २६ पुष, पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरि अनुभव लिइ सकेका युवाहरूले स्काई डाइभिङ थालेका हुन् । यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउदै आएको भए पनि यस पटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएका हुन् । सिम्रिक एयर र इन स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ शुरु गरेका हुन् । शुक्रबार देखि २१ जनवरीसम्म स्काई डाइभिङ हुने इन स्काई डाइभ कम्पनीका सञ्चाल तथा प्रशिक्षक एलिश थापाले जानकारी दिए । यसअवधिमा स्काई… पुरा पढौ

थमन महेश स्मृति पत्रकारिता पुस्कारबाट दीपक परियार पुरस्कृत हुने

पोखरा २६, पुष, यस बर्षको थमन महेश स्मृति पत्रकारिता पुस्कारबाट पोखराका कृयाशील पत्रकार दीपक परियार पुरस्कृत हुनु हुने भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको भोलि(शनिबार) पोखरामा हुने छैठौं अधिवेशनको अवसरमा उक्त पुरस्कार प्रदान गरिने भएको प्रेस सेन्टर कास्कीले जनाएको छ । कान्तिपुर राष्ट्रिय दैनिकमा आबद्ध परियार जनपक्षिय पत्रकारितामा करिब डेढ दशक भन्दा बढी समय देखि क्रियाशील हुनुहुन्छ, उहाँलाई शनिबार नगद २५ हजार रुपैया सहित पुरस्कृत गरिने भएको पे्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीले बताउनु भयो । प्रेस… पुरा पढौ

टाइगर कप भलिबल प्रतियोगिताको मुख्य प्रायोजक एनसेल

दीननाथ बराल,पोखरा २६, पुष, टाइगर कप भलिबल प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा टेलिकम्युनिकेशनमा देशकै स्थापित सस्था एनसेलले साथ दिने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आउँदो माघ १२ गते देखि संचालन हुने उक्त प्रतियोगितालाई सफल पार्न एनसेलले टाइगर कपलाई मुख्य प्रायोजन गर्ने भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनु भयो । पोखरामा विगत ४ बर्ष देखि संचालन हुदै आएको चर्चीत टाइगर कप भलिवल प्रतियोगिता यस बर्ष एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित… पुरा पढौ

कास्कीको मादी गाँउपालिका नागीधार गाँउमा हुने नागीधार महोत्सवको तयारी तिव्र

पोखरा, २६ पुस, कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा हुने नागीधार महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव माघ ४ देखि ६ गते सम्म चल्ने छ । महोत्सवमा आयोजना गरिएको विभिन्न प्रतियोगिताहरुमा सहभागिताका लागि विभिन्न युवा क्लब, आमा समूह, विद्यालय, टोल विकास संस्थाहरु साथै अतिथिहरुका लागी पत्रचारका कामहरु भइरहेको महोत्सव सन्चालन संयुक्त मुल आयोजक समितिका सदस्य तथा नागीधार सिर्जनशील युवा क्लबकी कोषाध्यक्ष एलिसा गुरुङ्ले जानकारी दिइन् । महोत्सव स्थल खेलमैदान मर्मत तथा सफाइका कामहरु समेत भइरहेको समिति सदस्य… पुरा पढौ

पिएम कप गण्डकी प्रदेशस्तरीय महिला क्रिकेटमा स्याङजालाई उपाधि

पोखरा २६, पुष, पोखरामा सम्पन्न पिएम कप गण्डकी प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगितामा स्याङजा जिल्लाले उपाधि जितेको छ । पोखरा क्रिकेट रंगशालामा बिहिबार भएको फाइनलमा स्याङजाले घरेलु टोली कास्कीलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कास्कीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनायो । कास्कीकी रेखा तामाङले ३८ बलमा ३८ रन, रिया थापाले ४० बलमा २९ रन र सिर्जना पौडेलले १३ रन बनाइन् । स्याङजाका लागि अपेक्षा बुढाथोकीले ४ ओभरमा २०… पुरा पढौ

धरौटीको रकम बैंक ग्यारेन्टि बसे पछि रवि लामिछाने हिरासत्त मुक्त

दीननाथ बराल,पोखरा २५, पुष, सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा छाड्ने आदेश दिएको रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले आजै छाडेको छ । जिल्ला अदालत कास्कीले लामिछानेसँग ६५ लाख धरौटी माग गरे बमोजिम प्रभु बैंक ग्यारेन्टि बसे पछि उहाँ आजै प्रहरीको हिरासत मुक्त हुनु भएको हो । https://www.youtube.com/watch?v=dxsmVWiRluA उहाँको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । काठमाडौं लगायतका क्षेत्रमा सहकारीको रकम अपचलन गरेको अन्य मुद्दा भएकोले कास्की जिल्ला अदालतको आदेशलाई सम्मान गर्दै भोली नै उहाँ आफै काठमाडौं अदालतमा हाजिर हुने शर्तमा छाडिएको… पुरा पढौ

१३ औं पोखरा महोत्सव शुरु

पोखरा २५, पुष, १३ औं संस्करणको पोखरा महोत्सव शुरु भएको छ । युनाईटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा शुरु भएको पोखरा महोत्सवको सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले गरेको सामाजिक कामको प्रसंशा गर्दै पोखरामा खुल्ला चिडियाखाना निर्माणको थालनी गरेको र उक्त कार्य सरकारले अपनत्व लिएको बताए । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले पर्यटनको राजधानी घोषणा भइसकेको पोखरामा धेरैभन्दा धेरै पूर्वाधार बन्नुपर्नेमा जोड… पुरा पढौ

गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा, २५ पुस, पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण सम्पन्न भएको छ । कार्यक्रमको आज विद्यालयमा आयोजित विशेष समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुुभयो । कार्यक्रममा महानगर प्रमुख आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालयले निरन्तर मिहिनेत गरिरहेको बताउँदै विद्यालयले आगामी दिनमा अझै उत्कृष्ट बन्ने गरी लाग्ने विश्वास व्यक्त गर्नुुभयो । सरकारले विद्यालय शिक्षालाई निशुल्क र अनिवार्य भनेपनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताउँदै उहाँले अब आउने… पुरा पढौ

किनबेचको थलो बन्यो लेखनाथ महोत्सव

लेखनाथ, २५ पुस, कास्कीको लेखनाथमा पुसको १८ गते देखि जारी २० औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारीक केन्द बिन्दु बनेको हो । महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुववावु भटराईको दावी रहेको छ… पुरा पढौ

‘गण्डकीका धुनहरू’ कार्यक्रमको सम्पूर्ण तयारी पुरा, ४० कलाकारले प्रस्तुती राख्ने

पोखरा २५ पौष, पोखरामा पौष २७ गते शनिबार आयोजना हुन लागेको मौलिक लोक भाकाहरूको प्रस्तुती गण्डकीका धुनहरू ९अर्केष्ट्रा० कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले पोखरा साँगीतिक कलाकार संघ नेपालसँगको सहकार्यमा यो ऐतिहासिक कार्यक्रम गर्न लागेको हो । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार काठमाडौँ र गण्डकीका बरिष्ठ वाद्यवादकहरू सम्मिलित यस कार्यक्रम मार्फत नेपाली मौलिक बाजाहरूबाट निस्कने धुनको शक्ति प्रत्यक्ष अनुभूत गर्न पाइनेछ । राष्ट्रिय एकता दिवसको सन्दर्भमा गण्डकीमा पहिलो पटक ४० जना कलाकारहरूको सामूहिक… पुरा पढौ