समाज

पोखरामा पाँचौं संस्करणको ब्रेकिङ बाउण्ड्रिज टी–२० क्रिकेट प्रतियोगिता शुरु

जेष्ठ ४,पोखरा, पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशनको मुख्य सहयोगमा पोखरामा पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु प्रसाद बरालले एक समारोहका विच प्रतियोगिताको उद्घघाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दैै वडाध्यक्ष बरालले विद्यालयस्तरमा आयोजना हुने प्रतियोगिताले नवप्रतिभाशाली खेलाडी उत्पादनमा मद्धत पुग्ने बताउनुभयो । खेलाडीहरुभित्र रहेका प्रतिभा प्रस्फुटन गर्न पनि यस्ता प्रतियोगिता सिद्ध हुने उहाँले औंल्याउनुभयो । पछिल्लो समय नेपालमा क्रिकेटको लोकप्रियता बढेको जनाउँदै अब… पुरा पढौ

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जात जातिको संस्कृति प्रदर्शन गरिएको छ । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आइतबार देखि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको हो । कोटिहोममा आज देखि हरेक दिन विभिन्न जात जातिको संस्कृति प्रदर्शन हुने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा। तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा कसैले आफ्नो विशेष संस्कृति प्रदर्शन… पुरा पढौ

जेनेसिस भिल्ला उद्घाटन कार्यक्रममा १० मध्ये २ भिल्ला सफलता पूर्वक बुकिङ

पोखरा, ४, जेठ, जेनेसिस भिल्ला परियोजनाको धेरै प्रतिक्षित उद्घाटन कार्यक्रममा १० मध्ये २ भिल्ला सफलतापूर्वक बुकिङ भएको छ । यो कार्यक्रम लगानीकर्ता र सम्भावित ग्राहकहरूलाई भिल्लाको विशेषताहरू र परियोजनाका बारेमा विस्तृत जानकारी दिन आयोजित गरिएको थियो। परियोजना संयोजक प्रवेश श्रेष्ठले कम्पनीको प्रोफाइल प्रस्तुत गर्दै जेनेसिस भिल्लाका विशेषताहरू र बुकिङपछि ग्राहकलाई उपलब्ध गराइने सेवाहरूको बारेमा जानकारी दिनुभयो । उहाँले विशेषगरी ग्राहकमैत्री सेवा मोडलहरूमा जोड दिँदै भिल्ला खरिदकर्ताका लागि उपलब्ध “बाइ ब्याक ग्यारेन्टी” सेवा बारे विस्तारमा बताउनुभयो । यस अन्तर्गत खरिदकर्ताले निश्चित… पुरा पढौ

वाईसिएल गण्डकीको अध्यक्षमा थमन

पोखरा, योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) गण्डकी प्रदेश अध्यक्षमा थम बहादुर गुरुङ (थमन)चयन हुनु भएको छ । आज पोखराको शिल्भर प्लेट पार्टी प्यालेसमा सम्पन्न प्रथम सम्मेलनले गुरुङको अध्यक्षतामा सर्वसम्वत नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा रिजन वि.क., महिला उपाध्यक्षमा सविता निउरे, सचिवमा सुमित घर्ति, सहसचिवहरुमा दिपेन्द्र थापा, बसन्त सदा शंकर, दिपेन्द्र नेपाली, बिकास तामाङ, सागर गुरुङ चयन हुनु भयो भने कोषाध्यक्षमा आइतराम तामाङ चयन हुनु भएको वाईसिएल गण्डकीले पोखराक्लिकलाई जनाएको छ । अन्य सदस्यहरु समेत चयन हुनु भएको… पुरा पढौ

प्रतिभामा शिक्षक–अभिभावक बीच भेटघाट ः शिक्षण सिकाईमा प्रविधिलाई जोड

पोखरा, जेठ ३, पोखरा–३ नदीपुरमा रहेको प्रतिभा माविमा शनिबार अभिभावक तथा शिक्षकहरुबीच भेटघाट कार्यक्रम गरिएको छ । नर्सरीदेखि कक्षा–१ सम्म अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई शिक्षक्शिक्षिकाहरुसँग राखेर विद्यालयले अन्र्तक्रिया गरेको हो । कार्यक्रममा विद्यालयका प्राचार्य किरण सापकोटाले अभिभावकहरुले राखेको गुनासो तथा जिज्ञासा मेटाउँदै कतिपय सन्दर्भलाई प्रष्ट्याएका थिए । प्राचार्य सापकोटाले विद्यालयले शिक्षण सिकाईमा प्रविधिलाई जोड दिईएको बताए । बालबालिकालाई सैद्वान्तिक कुराहरुसँगै व्यवहारिक ज्ञान पनि दिनुपर्ने भन्दै त्यसका लागि प्रतिभाले भरमग्दूर प्रयास गरेको उनले बताए । उनले सबै बालबालिकाको सिक्ने क्षमता एकै किसिमको… पुरा पढौ

कोटिहोममा भक्तजनको अत्याधिक भिड

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार अत्याधिक भिड भएको छ । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गर्दा अत्याधिक भिड भएको हो । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय वनेको छ । न त भूतकालमा यत्रो यज्ञ भयो न त भविष्यकलामा होला या नहोला तर वर्तमानमा एक महापुरुष जन्मियो जसले शतकुण्डीय महायज्ञ प्रारम्भ गरे यस कारण देशभरबाट भक्तजनको… पुरा पढौ

टाठाबाठाले जनता र सहकारी लुटेका छन्ःअन्नपूर्ण गा.पा.अध्यक्ष केसी

पोखरा, जेठ ३, कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले टाठाबाठाले जनता र सहकारी लुटेको आरोप लगाउनु भएको छ । मानव सेवा आश्रमले शनिबार पोखरामा आयोजना गरेको सडक मानव व्यवस्थापन तथा उद्दार र राहतका लागि सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपाली सोझा साझा जनता माथि र जनताले जम्मा गरेको सहकारीको रकम केही टाठाबाठाले लुटेको आरोप लगाउनु भएको हो । नेता र नेतृत्व स्वार्थमा लिप्त रहेको आरोप लगाउदै उहाँले जनता लुटिरहेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो “नेता र नेतृत्व स्वार्थमा… पुरा पढौ

पोखरा १८ सेदीमा जेनेसिस भिल्लासको बुकिङ खुल्ला, लन्च इभेण्टमा बुकिङ गर्ने ग्राहकलाई ५ प्रतिशत छुट

दीननाथ बराल,पोखरा ३, जेठ, पर्यंटकीय नगरी पोखरामा पहिलो पटक भिल्ला अवधारणमा जेनेसिस भिल्लासले सिमित भिल्ला बिक्रिको लागि बुकिङ खुल्ला गरेको छ । पर्यटनको राजधानि पोखरामा रहेको केफास इन्भेस्टमेन्ट एण्ड होल्डिंग्स प्रा.लि.ले पोखरा १८ मा रहेको सेदीमा सिमित भिल्ला निर्माण गर्न लागेकोले अग्रिम बुकिङ खुल्ला गरेको प्रा.लि.का बजार व्यबस्थापक अनन्त ठकुरीले बताउनु भयो । उक्त लन्च बुकिङ इभेण्टको अवसरमा आयोजित कार्यक्रममा बुकिङ गर्ने ग्राहकहरुको लागि सस्थाले ५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ । उक्त संस्थाले पहिलो चरणमा १० वटा भिल्ला… पुरा पढौ

वडाध्यक्ष गुरुङको परिवारबाट विद्यालयमा २ लाख रुपैयाको अक्षयकोष

लेखनाथ, पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङको परिवारले आफ्ना स्वर्गीय बुबा र दाजुको स्मृतिमा शुक्रवार विद्यालयमा २ लाख रुपैयाको अक्षयकोष अक्षयकोष स्थापना गरेका छन् । वडाध्यक्ष गुरुङकी आमा विवीकुमारी गुरुङ,दाजु क्याप्टेन इन्द्रबहादुर गुरुङ सहितको उपस्थितिमा स्व. बुबा अमरबहादुर गुरुङ र दाजु स्व धनबहादुर गुरुङको स्मृतिमा २ लाख रुपैयाको अक्षयकोष पोखरा माहानगर पालिका वडा नं २७ को वीर आधारभूत विद्यालयमा स्थापना गरेका हुन् । गरिव तथा जेहेन्दार विद्यार्थीको शैक्षिक बिकासमा सहयोग पुग्ने सोंचका साथ गुरुङको परिवारले उक्त रकमको… पुरा पढौ

कोटिहोममा भोलि साधु सन्त तथा चर्चित कलाकार आउँदै

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । पोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि भक्तजनको उपस्थिति भने उल्लेख्य रहेको छ । कोटिहोममा शनिवार साधु सन्त, कथा व्यास तथा चर्चित कलाकार आउने भएकोले महायज्ञ भक्तजनमय हुने आयोजकको विश्वास छ । आयोजकका अनुसार भोलि ९शनिवार० ३३ जिल्लाबाट भक्तजन आउने छन् । महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले भोलि ९शनिवार० मात्रै एक लाख भक्तहरूले एकै दिन उपस्थिति जनाउने अनुमान गरेको… पुरा पढौ

This will close in 20 seconds