समाज

रानीपौवामा निःशुल्क शिविर, १५२ जना लाभान्वित

पोखरा, ५ जेठ, जगत जननी महिला समूह पोखरा ११ रानीपौवाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्रविधिक सहयोगमा शनिबार निशुल्क शिविर आयोजना गरेको छ । शिविरमा १ सय ५२ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब वोसो (टिजी०) तथा थाइराडसम्बन्धी रगत जाँच गरिएको छ । गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना गरेको यो १ सय ९६औं शिविर हो । कार्यक्रममा युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापनाको एक दशकमा दुई लाखभन्दा बढीलाई सित्तैमा सेवा उपलब्ध गराएको… पुरा पढौ

पोखरामा कार्जस्पा स्टुडियो सञ्चालनमा

पोखरा, ५ जेठ, उच्च गुणस्तरको कार हेरचाह सेवाहरूलाई लक्षित गरी पोखराको जिरो किलोमिटरमा कार्जस्पा स्टुडियो सञ्चालनमा आएको छ । पोखरा एक जीवन्त अर्थतन्त्र र बलियो अटोमोटिभ बजारको साथ द्रुत रुपमा बढीरहेको सहर रहेको भन्दै कारहरूको हेरचाह सेवालाई लक्षित गरी कार्जस्पा सञ्चालनमा ल्याइएको हो । यो सँगै कार्जस्पाले पोखरामा गाडीको सौन्दर्यलाई जोगाउन, अभिबृद्धि गर्न र कायम राख्न डिजाइन गरिएको प्रिमियम कार हेरचाह सेवाहरूको विस्तृत दायरा प्रदान गर्ने कार्यक्रममा जानकारी गराइयो । कार्जस्पा मार्फत पेन्ट प्रोटेक्सन फिल्म स्थापना गरिने जनाइएको छ ।… पुरा पढौ

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ यतिवेला सहभागी भक्तजनलाई मानव सेवामा जोड्ने थलो बनेको छ । मानव सेवा फाउन्डेसनले गरेका गतिविधिलाई भक्तजनले कोटिहोममा जानकारी लिने अवसर पाएसँगै मानव सेवामा जोडिने सङ्ख्या बढ्दो छ । कोटिहोममा अभिभावकी जिम्मा, आजीवन सदस्य र शिलालेखमा नाम लेख्ने भक्तजनको सङ्ख्या बढ्दै गएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।देशमा विभिन्न जिल्लाबाट आएका व्यक्तिहरू अभिभावकीय जिम्मा, आजीवन सदस्य र शिलालेखमा आफ्नो नाम टिपाउनका लागि उत्साहित भएका छन् । मानव सेवामा… पुरा पढौ

चिरञ्जीवी अधिकारी क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

चिरञ्जीवी अधिकारी सर्वसम्मत रूपमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । क्यान महासंघका ६ जना उपाध्यक्ष मध्येबाट अधिकारी सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन हुनु भएको क्यानले जनाएको छ । अधिकारीसँगै क्यान महासंघको कोशी प्रदेश सचिवमा ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश सचिवमा नारायण श्रेष्ठ, संस्थागत समूह सचिवमा केशव भट्टराई र व्यक्तिगत समूह सचिवमा दिपेन्द्र पौडेल चयन भएका हुन् । नेपालको सूचना तथा प्रविधि क्षेत्रको विकासमा २० बर्ष भन्दा लामो योगदान दिएका साइबर सुरक्षा विशेषज्ञ तथा आईसीटी… पुरा पढौ

पोखरामा प्याराग्लाईडिङ पाइलट नै मापसे र लापसे गरेको अबस्थामा भेटिए

दीननाथ बराल,पोखरा ५, जेठ, पोखरामा साहसिक खेलकुद प्याराग्लाईडिङ पाईलटहरुको मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) को परीक्ष गर्दा एक जना मापसे र लापसे गरेको भेटिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याँमबाबु ओलीयाको नेतृत्वमा पोखरा २४ मान्द्रढुंगामा पुगेर आज उक्त परिक्षण गर्दा एक जनामा मापसे र लापसे गरेर उडान गर्ने तयारी गरिएको भेटिएको प्रहरीले जनाएको छ । पोखरा २४ घर भएका विशाल बहादुर क्षेत्रीलाई मापसे र लापसे गरेको अवस्थामा अनुगमन गरेको टोलीले फेला पारेसंगै उहाँलाई नियन्त्रणमा… पुरा पढौ

“एक प्रहरी एक फुलको गमला” अभियान वडा प्रहरी कार्यालय बैदामले सुरु गर्यो

दीननाथ बराल,पोखरा ५, जेठ, “एक प्रहरी एक फुलको गमला” अभियान वडा प्रहरी कार्यालय बैदामले सुरु गरेको छ । कार्यालयमा वातावरण मैत्रि फुल विरुवा रोप्दै कार्यालयको सौन्दर्यताको लागि उक्त अभियान सुरु गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख (डिएसपी) सन्तोष निरौलाले पोखराक्लिकलाई बताउनु भयो । कार्यालयमा कार्यरत १ सय जना सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई ४ वटा हाउसमा विभाजन गरी प्रत्येक महिनाको अन्त्यमा उत्कृष्ट टोलीलाई पुरस्कृत गर्ने गरी आन्तरिक कार्यविधी बनाई मुल्यांकन समिति समेत गठन गरी प्रत्येक प्रहरी कर्मचारीहरुलाई १÷१ वटा गमला हस्तान्तरण… पुरा पढौ

गण्डकी प्रदेश सभाको बैठक यही जेठ ११ गते देखि बस्ने

दीननाथ बराल, पोखरा ४, जेठ, गण्डकी प्रदेश सभाको बैठक यही जेठ ११ गते देखि बस्ने भएको छ । प्रदेश प्रमुख डिल्लिराज भट्टले यही जेठ ११ गते आइतबार दिउँसो २ः०० बजेका लागि प्रदेश बैठक आह्वान गर्नु भएको हो । हालै बसेको क्याविनेट बैठकले संसद बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सरकारले बजेटका सिद्धान्त तथा प्राथमिकता यही जेठ १२ गते प्रस्तुत गर्ने भएको छ । बजेटका सिद्धान्त तथा प्राथामिकता माथि छलफल सकिए पछि नीति तथा कार्यक्रम प्रस्तुतः हुने प्रदेशका आर्थिक मामिला… पुरा पढौ

मुख्यमन्त्रीलाई भेटेर राइडर्सहरुले भने ‘राईड सेयरिङ नियमावलीले हाम्रो रोजीरोटी र यात्रुको सुविधा ग्यारेन्टी गरेको छ’

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राईभ सञ्चालकहरुले सरकारलाई धन्यवाद दिएका छन् । आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली जारी गरेर युवाहरुको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ग्यारेन्टी गरेको भन्दै धन्यवाद दिएका हुन् । ‘यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो, हजारौं व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए, हामीले सेवा दिईरहेका थियौँ’ राइडर्स नेपाल पोखराका अध्यक्ष अनील श्रेष्ठले भने ‘यात्रुले सजिलो, छिटो, स्तरीय सेवा पाउन्… पुरा पढौ

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाले मनायो रजत जयन्ती

हेमजा, पोखरा–२५, हेमजामा अवस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था ली।को २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोह विविध कार्यक्रम गरी शनिवार सम्पन्न भएका छ । कृषक केन्द्रित बचत तथा ऋण, कृषकहरूलाई अति आवश्यक पर्ने अन्नत जातका तरकारी बिउ विजन,रासायनिक मल विषादी र कृषि उपकारणहरू विक्री वितरण तथा उत्पादित कृषिको बजार व्यवस्थापनमा जोड दिने उद्देश्यका साथ २०५७ सालमा स्थापित संस्थाको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहको उद्घाटन गण्डकी प्रदेश माननीय कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जी।सी श्रेष्ठले गरिन ।… पुरा पढौ

पोखराको हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–हुने

पोखरा, ४, जेठ, “युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा न।२५ हेमजामा अवस्थित हेमजा यूनाईटेडको आयोजनामा तथा पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा यही जेष्ठ १० देखि १७ गते सम्म ३५ वर्ष भन्दा माथि उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को आयोजना गरिएको छ । खेलकुदको माध्यमबाट एकता भाईचार बढाउदै खेलकुदमा अभिरुचि जगाई खेलकुदका मध्यम बाट स्वास्थ्य राख्ने साथै गौरीशङ्कर खेल मैदान९गैरी०लाई स्तरोन्नति तथा संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको… पुरा पढौ

This will close in 20 seconds