समाज

प्रेस सेन्टर कास्कीको अध्यक्षमा बराल

पोखरा २७, पुष, प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको आज (शनिबार) पोखरामा सम्पन्न भएको छैठौं अधिवेशनले दीननाथ बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोे छ । बरालको नेतृत्वमा आगामी ३ बर्षको लागि नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन भएको हो । त्यसै गरी उपाध्यक्ष (खुल्ला) मा पुष्पराज दाहाल, उपाध्यक्ष (महिला) शोभा बराल सचिवमा लिलाचन्द्र अधिकारी (सरोज), सहसचिवमा अर्जुन हिताङ र प्रतिभा अधिकारी, कोषाध्यक्षमा खगेन्द्र प्रसाद अर्याल रहनु भएको छ भने अन्य सदस्यहरुमा कोपिला सुनार, अल्चना श्रेष्ठ, बलराम तिमिल्सिना, श्रीकान्त अधिकारी, सागर गिरी,… पुरा पढौ

पोखरा महोत्सवमा युनाईटेड छात्राबासका लागि सहयोग आउने क्रम शुरु

पोखरा २६, पुष, पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा युनाईटेड क्लबले पोखराको लेखनाथ स्थित अर्चलेमा निर्माण गरिने युनाईटेड छात्राबास निर्माणको सहयोगार्थ सहयोग आउन शुरु भएको छ । युनाईटेड क्लबको परियोजना युनाईटेड छात्राबास निर्माणका लागि ५१ हजार सहयोग प्राप्त भएको हो । कास्की पोखरा १६ अर्मलाकोट पुरानो घर भइ हाल पोखरा १२ अन्नपूर्ण टोल निवासी स्वर्गीय छोेरा देव गुरुङको स्मृतिमा बाबा कमल बहादुर गुरुङ आमा रनसुबा गुरुङले युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड छात्राबास निर्माण सहयोगार्थ ५१ हजार दान स्वरुप पोखरा महोत्सव… पुरा पढौ

‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्टनेत्रदान गर्ने प्रतिवद्धता

पोखरा, २६ पुस, गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार रहेको बताउनुभएको छ । कास्की नेत्रहीन संघको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले मुलुकमा समग्र जनसंख्याको दुई प्रतिशत बढी अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्यांक रहेकाले अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरूले आत्मसम्मान र पहिचानसहित स्वतन्त्र रुपले हिँडडुल गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई… पुरा पढौ

विन्ध्यवासिनी माविको रक्तदान कार्यक्रमबाट ३९ युनिट रंक्त संकलन

पोखरा २६, पुष, पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा आयोजित रक्तदानमा ३९ युनिट रगत संकलन भएको छ । विद्यालयको ७८ औं वार्षिकोत्सवको अवसरमा युवा रेडक्रस सर्कलले शुक्रवार विहान आयोजना गरेको कार्यक्रमको गण्डकी प्रदेश सभाका पुर्व सदस्य कृष्ण थापाले पहिलो रक्तदाता मातृशिशु मितेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मराज थापालाई ब्लड व्याग हस्तान्तरण गरी शुरुवात गर्नुभयो । कार्यक्रममा पुर्व सांसद थापाले शैक्षिक उन्नयनमा सफलता हासिल गरेको विद्यालयले सामाजिक कार्यमा समेत उत्तिकै भुमिका खेलेको वताउनु भयो ।विद्यालयका सल्लाहकार समेत रहेका थापाले विद्यालयका पुर्व… पुरा पढौ

ऋामा समुह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पोखरा, पुष २६, पोखरा महानगर पालिका वडा नं– ६ स्थित महिला सञ्जाल को आयोजना मा आयोजित वक्तृत्वकला प्रतियोगिता मा संञ्जीबनी नारी समुहकी शोभा पाण्डे प्रथम भएकी छन । अन्नपूर्ण आमा समुहको संयोजकत्वमा पोखरा महानगर पालिका वडा नं– ६को आर्थिक सहयोग र महिला सञ्जाल पोखरा– ६ को आयोजनामा आयोजित प्रतियोगितामा पोखरा महानगर पालिका वडा नं–६मा रहेका १८ वटा आमा र महिला समुहको सहभागिता रहेको प्रतियोगितामा शुक्रबार सम्पन्न भएको हो । पोखरा महानगर पालिका वडा नं ६लाई “सम्मुनत वडा बनाउन आमा र… पुरा पढौ

भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव

लेखनाथ, २६ पुस, पुस १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो बनेको छ । वर्षेनी आयोजना हुने महोत्सवमा विभिन्न जिल्लाबाट महोत्सव हेर्न आउने कारण आफन्त र साथीभाइको लामो अन्तरालमा भेट हुने गरेको छ । पोखरा–३२ निवासी भरत ओझाले भने कति “साथी यहाँ भेटेर अचम्म लाग्यो, १४ वर्षपछि मैले पुरानो साथी योगेन्द्र गुरुङलाई भेट्न पाएँ” यसरी अचम्म पर्नेमा ओझा मात्र होइन थुप्रै दर्शक थिए । पोखरा २७ का कृष्ण रानाभाटले ४८ सालमा भेटेका आफनो आत्मीय साथी… पुरा पढौ

पोखरामा माघ १५ देखि ‘अन्तरराष्ट्रिय भेट्रान्स फुटबल’४०, ५० र ६० प्लसको प्रतिस्पर्धा

पोखरा, २६ पुस, नेपालकै प्रतिष्ठित बगर भाइखलक पोखराले १४ औं सस्करणको अन्र्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेल मैदानमा आगामी माघ १५ गतेदेखि २१ गतेसम्म तीन विधामा प्रतियोगिता सञ्चालन गर्ने तयारीमा जुटेको हो । खलकका अध्यक्ष इश्वरमान गुरुङका अनुसार प्रतियोगितामा ४० वर्ष पुरा भएका उमेर समूह, ५० वर्ष र ६० वर्ष नाघेकाहरु बीच प्रतिस्पर्धा हुने जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा नेपालका विभिन्न शहर तथा भारत तथा बेलायतबाट पनि टिम सहभागिता हुनेछ… पुरा पढौ

गीतबिना पर्यटन अधुरो,

पोखरा, २६ पुस, राष्ट्रि«य संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम स्टे सिरुबारीमा शुक्रबार भएको उक्त गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले संगीतबिना पर्यटन अधुरो हुने बताए । उनले भने, ‘हामीले जानेको ज्ञान, विद्या अरुलाई बाँड्नुपर्छ । संगीतामार्फत पर्यटनको विकासमा अघि बढ्नुपर्छ ।’ संविधानसभा सदस्य समेत रहेका उनले गाउँ विकासका लागि सधैं दत्तचित्त रहेको बताउँदै बिदा उनेवित्तिकै सिरुबारी आउने गरेको उल्लेख गरे । संस्कृतिविद् प्राडा… पुरा पढौ

२४ औं आहा रारा पोखरा गोल्डकप तयारी, एन्फा कास्की आबद्ध क्लबसँग अन्तरक्रिया

पोखरा, २६ पुस, २४ औं आहा रारा पोखरा गोल्डकपलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न एन्फा कास्की आबद्ध क्लबहरुले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार सहारा क्लब पोखराले एन्फा कास्कीमा आबद्ध २२ क्लबलाई डाँकेर प्रतियोगिताको तयारीबारे छलफल गरेको थियो । एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उपस्थित २१ क्लबका प्रतिनिधिले आहारारा पोखरा गोल्डकप पोखराको चिनारी भएकाले आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले सेभेन ए साइड र फुटसलका कारण ११ ए साइड… पुरा पढौ

ललितकला पुरस्कार वरिष्ठ कलाकार प्राध्यापक राधेश्याम मुल्मीलाई

पोखरा, २६ पुष, पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई दुई दुई वर्षमा प्रदान गर्ने ललितकला पुरस्कार २०८० बाट कलामा सिङ्गो जीवन समर्पित गर्ने वरिष्ठ कलाकार प्राध्यापक राधेश्याम मुल्मीलाई पुरस्कृत गर्ने भएको छ । सन् १९५० मा जन्मेका मुल्मीले १९७८ मा पञ्जाब विश्वविद्यालयको ललित कला विभागबाट ग्राफिक डिजाइनमा एमएफए पूरा गरे । उनीले स्टेज टेक्निक र लाइटनिङमा विशेष तालिमका साथै ग्राफिक आर्टमा अतिरिक्त प्रशिक्षण समेत लिएका छन् । उनी त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पसमा सहप्राध्यापक र त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पसमा सहायक… पुरा पढौ