पोखरामा प्याराग्लाईडिङ पाइलट नै मापसे र लापसे गरेको अबस्थामा भेटिए

-


     पोखरा क्लिक     
     जेठ ५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ५, जेठ,

पोखरामा साहसिक खेलकुद प्याराग्लाईडिङ पाईलटहरुको मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) को परीक्ष गर्दा एक जना मापसे र लापसे गरेको भेटिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याँमबाबु ओलीयाको नेतृत्वमा पोखरा २४ मान्द्रढुंगामा पुगेर आज उक्त परिक्षण गर्दा एक जनामा मापसे र लापसे गरेर उडान गर्ने तयारी गरिएको भेटिएको प्रहरीले जनाएको छ ।

पोखरा २४ घर भएका विशाल बहादुर क्षेत्रीलाई मापसे र लापसे गरेको अवस्थामा अनुगमन गरेको टोलीले फेला पारेसंगै उहाँलाई नियन्त्रणमा लिएको एसपी ओलीयाले बताउनु भयो । पोखराको पर्यटनको आकर्षणको रुपमा रहेको प्याराग्लाईडिङ पाईलटहरुले मापसे तथा लापसे गरेको भन्ने गोप्य सूचनाको आधारमा सोमबार अनुगमन गरिएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ ।

कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलीया, वडा प्रहरी कार्यालय वैदामका प्रमुख डिएसपी सन्तोष निरौला, नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसी, ना का महासचिव बलराम आर्चाय लगायतको टोलीले उहाँहरुको मान्द्रेढुङा पुगेर मापसे र लापसे परीक्षणका गर्नु भएको थियो । मान्द्रेढुङामा उडानका लागि जानु भएको ३९ जना पाईलटहरुको मादक प्रदार्थ सेवन गरे नगरेको परीक्षण सगै उहाँहरुमध्येबाट १४ जनाको लागु प्रदार्थ सेवन गरे नगरेको परीक्षण गरेको प्रहरी प्रमुख ओलीयाले जानकारी दिनुभयो । सो क्रममा एक जनाले मादक प्रदार्थ सगै लागु प्रदार्थ सेवन गरेको मेटिएको हो । अन्य ३८ जना केही सेवन नगरेको भेटीएको ओलीयाले जानकारी दिनुभयो ।

हामीलाई प्याराग्लाईडिङ पाईलटहरुले मापसे र लापसे सेवन गरि उडान गर्ने गरेको भन्ने सूचना एंव जानकारी विभिन्न माध्यमबाट आएपछि बास्तविकता के रहेछ भनेर छड्के परीक्षण गरेको एसपी ओलीयाले उल्लेख गर्नुभयो ।

नागरिक उड्डयान प्राथिकरणले समेत बेला बेलामा मापसे र लापसे परीक्षण गर्ने गरेको भएपनि प्रहरी आएर पहिलो पटक परीक्षण सगै सुरक्षाका लागि अपनाउनु पर्ने विषयमा पाईलटहरुलाई जानकारी दिएकाले यस्ले आफनो पेशाप्रति पाईलटहरुलाई अझ जिम्मेबार र सुरक्षीत बन्न सहयोग पुग्ने नाका अध्यक्ष केसीले बताउनु भयो ।

पोखरामा लाईसेन्स लिएका चार सय बढी पाईलटहरु रहेपनि हाल दुई सय ७० जनाले उडान गर्ने गरेको नाले जनाएको छ । पोखरामा प्याराग्लाईडिङ उडान गरेको ८ हजार ५ सय शुल्क रहेको छ ।