“एक प्रहरी एक फुलको गमला” अभियान वडा प्रहरी कार्यालय बैदामले सुरु गर्यो

-


     पोखरा क्लिक     
     जेठ ५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ५, जेठ,

“एक प्रहरी एक फुलको गमला” अभियान वडा प्रहरी कार्यालय बैदामले सुरु गरेको छ । कार्यालयमा वातावरण मैत्रि फुल विरुवा रोप्दै कार्यालयको सौन्दर्यताको लागि उक्त अभियान सुरु गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख (डिएसपी) सन्तोष निरौलाले पोखराक्लिकलाई बताउनु भयो ।

कार्यालयमा कार्यरत १ सय जना सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई ४ वटा हाउसमा विभाजन गरी प्रत्येक महिनाको अन्त्यमा उत्कृष्ट टोलीलाई पुरस्कृत गर्ने गरी आन्तरिक कार्यविधी बनाई मुल्यांकन समिति समेत गठन गरी प्रत्येक प्रहरी कर्मचारीहरुलाई १÷१ वटा गमला हस्तान्तरण गरिएको छ । रातो, सेतो, पहेलो र निलो रंगमा हाउस विभाजन भएको हो उहाँहरुले आफ्नो हाउस अनुसार गमलामा रोपिएका फुलहरुको संरक्षण गर्ने काम गर्नु हुन्छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख (प्रहरी उपरीक्षक) श्याँम बावु ओलीयाले सोमबार एक समरोहका बिच उक्त अभियानाको सुरुवात गर्नु भएको हो । आफ्ना कर्मचारीहरुलाई स्फुर्ती संगै वातावरणमैत्रि र कार्यालयको सौन्दर्यताको लागि यस्तो अभियान अन्य वडाहरुमा समेत आवश्यक भएको उहाँले जनाउनु भयो।