समाज

शनिबार पोखरामा माओबादी केन्द्रको जनसभा हुने, माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई कास्कीको नयाँपुलमा स्वागत सहित भेटघाट हुने

दीननाथ बराल,पोखरा ७, जेठ, माआबोदी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई यही जेठ ९ गते कास्कीको नयाँपुलमा स्वागत सहित भेटघाट गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान अन्तर्गत कास्कीमा अध्यक्ष प्रचण्ड सहितको टोली प्रबेश गरेसंगै स्वागत सहित भेटघाट कार्यक्रम हुने तयारी गरिएको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज नेत्रनाथ अधिकारीले बताउनु भयो । अध्यक्ष प्रचण्ड नेतृत्वको उक्त टोली यही जेठ ८ गते बागलुङको ताराखोला आईपुग्ने र जेठ ९ गते विहान बागलुङ बजार तथा दिउँसो पर्वतको कुस्मामा… पुरा पढौ

कास्कीको माछापुच्छ्रे पुर्खोली घर भएका विश्वनाथ पौडेल राष्ट्र बैँकको गर्भनर

पोखरा, सरकारले नेपाल राष्ट्र बैँकको गर्भनरमा अर्थशास्त्री विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई केन्द्रीय बैंकको गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। सत्ता गठबन्धनका नेकपा(एमाले) र नेपाली काँग्रेस बीचको कबिर डेढ महिनाको रस्साकस्सी बीच केन्द्रीय बैंकले १८ औं गभर्नर पाएको छ । केन्द्रीय बैंकमा गभर्नर पद रिक्त भएको करिब डेढ महिना पछि नयाँ गभर्नर नियुक्त गरिएको हो । सत्ताका प्रमुख घटक नेपाली काँग्रेस र एमालेबीच कसलाई गभर्नर नियुक्त… पुरा पढौ

पत्रकार भादगाउँलेको निर्देशनमा बन्यो, करबाकेलीका नायकको वृत्तचित्र

काठमाडौं, ७ जेठ, जन्मथलो करबाकेली क्षेत्रको विकासमा अतुलनीय योगदान पु¥याएका पूर्व बेलायती सैनिक चामबहादुर पुनको जीवनकथा समेटेर एउटा वृत्तचित्र निर्माण गरिएको छ, ‘चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर’। तीन दशकदेखि पत्रकारितामा सक्रिय पर्यटन पत्रकार अमृत भादगाउँलेको निर्देशनमा निर्माण गरिएको वृत्तचित्र मङ्गलबार काठमाडौंको विश्वज्योति सिनेप्लेक्समा प्रथम प्रदर्शन गरियो । प्रदर्शनीमा पर्यटन, सिनेमा, साहित्य, कला, सङ्गीत, समाजसेवा, पत्रकारिता र शिक्षा क्षेत्रका दर्शक खचाखच थिए। उनीहरूले ध्यानपूर्वक वृत्तचित्र अवलोकन गरे। समातामुलक समाज निर्माण अभियानमा समर्पित मानवअधिकारवादी नेतृ मोहना अन्सारीको प्रमुख आतिथ्यतामा… पुरा पढौ

नवौं प्रधानमन्त्री कप एन.भी.ए. भलिबल लिग जेठ ८ देखि पोखरामा सुरु हुने,पुरुष तर्फ ८ र महिला तर्फ ६ टिम सहभागि हुने

दीननाथ बराल, पोखरा, ६ जेठ, नेपाल भलिबल संघको आयोजनामा नवौं संस्करणको प्रधानमन्त्री कप एन.भी.ए. महिला तथा पुरुष भलिबल लिग–२०८२ यही जेठ ८ गतेदेखि पोखरामा सुरु हुने भएको छ । प्रतियोगिता पोखरा रंगशालामा रहेको बहुउद्देश्यीय कभर्डहलमा यही जेठ १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पुरा भएको आज(मंगलबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द… पुरा पढौ

यही जेठ ९ गते देखि सुरु हुने गाउँ पर्यटन मेलामा गण्डकी प्रदेशका २५ होमस्टे पोखरामा

दीननाथ बराल,पोखरा ६, जेठ, यही जेठ ९ गते देखि पर्यटनको राजधानि पोखरामा सुरु हुने गाउँ पर्यटन मेलामा गण्डकी प्रदेशका २५ होमस्टे सहभागि हुने भएका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजनामा यही जेठ १० गतेसम्म संचालन हुने उक्त मेलामा प्रदेशका २५ होमस्टे एकै थलोमा भेला हुने भएको मंगलबार पोखराम आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । गण्डकी प्रदेशका ११ जिल्ला मध्य म्याग्दी र गोर्खा बाहेक अन्य ९ जिल्लाका २५ वटा होमस्टेहरुलाई पोखरासम्म ल्याउदै उक्त क्षेत्रका होमस्टे सहित… पुरा पढौ

पोखरा विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टचारको बिषयमा अनावश्यक रुपमा कसैलाई नडाम्न नेता पुनको आग्रह, भारत लक्षित सिधा हवाइ उडानको पहल गर्न सुझाव

दीननाथ बराल,पोखरा ६, जेठ, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उप—महासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टचारको छिट्टै छानविन गरी दोषी उपर कार्वाही गर्न माग गरेका छन् । प्रेस सेन्टर नेपाल कास्कीले मंगलबार पोखराको आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भएको बिषयमा उचित छानविन गरी दोषी उपर कार्वाही हुनुपर्नेमा जोड दिदैै अनावश्यक रुपमा कसैलाई डाम्न नहुने बताएका हुन् । प्राविधिक सहित न्यायिक छानबिन समिति गठन गर्नुपर्ने… पुरा पढौ

चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणाको सिफारिस

०६ जेठ, चितवन , चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषण गर्ने सर्वसम्मत निर्णय भएको छ ।मंगलबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाहरुले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो । पर्यापर्यटनको नेपालकै एक नम्बर गन्तव्य चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा जिल्लाका सरोकावालाले सर्वसम्मत निर्णय गरी बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷०८३ नीति तथा कार्यक्रममा समावेश… पुरा पढौ

कोटिहोममा ५ लाख बढी भक्तजनले दर्शन गरेको आयोजकको दाबी

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा मङ्गलवार सम्म ५ लाख बढी भक्तजनले कोटिहोम दर्शन गरेको आयोजकले दाबी गरेको छ । दिन प्रतिदिन भक्तजनको उल्लासमय उपस्थितिले आजको दिन सम्म ५ लाख बढी भक्तजनले कोटिहोम अवलोकन गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले दाबी गरे । मङ्गलवार पनि भक्तजनको सहभागिताले कोटिहोम परिसर भरिभराउ भएको थियो । कोटिहोम दर्शन गर्नका लागि दैनिक पोखरा सँग देशभरका जिल्ला बाट भक्तजन आउन सङ्ख्या बढ्दै गएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री… पुरा पढौ

गण्डकी प्रदेश यु–१६ छनौंट क्रिकेट प्रतियोगिता शुरु ः कास्कीको विजयी शुरुवात

जेष्ठ ६,पोखरा, प्रदेश क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबारदेखि पोखरा क्रिकेट मैदानमा यु–१६ गण्डकी प्रदेश छनौंट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन घरेलु टोली कास्कीले बाग्लुङमाथि ३८ रनको जित निकालेको छ । टस जितेको बाग्लुङले कास्कीलाई व्याटिङको निम्तो दिएको थियो । वर्षातले प्रभावित खेलमा कास्कीले निर्धारित २२ ओभर सकिन २ बल बाँकि छँदा सम्पूर्ण विकेट गुमाएर १ सय ३७ रन बनायो । कास्कीको व्याटिङमा प्लेयर अफ द म्याच समेत बनेका सुरज अधिकारीले ५३ तथा सोनु यादवले २० रन जोडे… पुरा पढौ

पोखरामा प्रदेश स्तरिय (यू–१६) पुरुष क्रिकेट प्रतियोगिता आज देखि,उद्घाटन खेलमा कास्की र बागलुङ भिड्दै

दीननाथ बराल, पोखरा ६, जेठ, गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा आज (मंंगलबार) देखि पोखरामा १६ बर्ष मुनिका खेलाडीहरु सहभागि गण्डकी प्रदेश स्तरिय (यू–१६) पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा एक साता संचालन हुने प्रतियोगितामा कास्की सहित ६ जिल्लाको सहभागिता रहेको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनु भयो । उहाँका अनुसार आजको उद्घाटन खेलमा कास्की क्रिकेट संघ र बागलुङ क्रिकेट संघ बिच खेल हुने भएको छ । लिगकम नकाउटका आधारमा खेल संचालन हुने भएको… पुरा पढौ

This will close in 20 seconds