पोखरा विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टचारको बिषयमा अनावश्यक रुपमा कसैलाई नडाम्न नेता पुनको आग्रह, भारत लक्षित सिधा हवाइ उडानको पहल गर्न सुझाव

-


     पोखरा क्लिक     
     जेठ ६ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ६, जेठ,

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उप—महासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टचारको छिट्टै छानविन गरी दोषी उपर कार्वाही गर्न माग गरेका छन् । प्रेस सेन्टर नेपाल कास्कीले मंगलबार पोखराको आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भएको बिषयमा उचित छानविन गरी दोषी उपर कार्वाही हुनुपर्नेमा जोड दिदैै अनावश्यक रुपमा कसैलाई डाम्न नहुने बताएका हुन् ।

प्राविधिक सहित न्यायिक छानबिन समिति गठन गर्नुपर्ने बताउदै उपमहासचिव पुनले यो बिषय छिट्टै टुंगाउन आग्रह गरे । पोखरामा आवश्यक भयर उक्त विमानस्थल निर्माण भएकोले पोखराबाट सिधा अन्तराष्ट्रिय हवाई उडानको लागि भारत लक्षित उडान गर्न सरकारको पहुच नपुगेको उनको तर्क थियो । पोखरा विमानस्थल भने भन्दा करिब २०÷२२ फिट कम उचाईमा रनवे सहितको विमानस्थल निर्माण हुनु, रिठ्ठेपानी डाँडाँ कटानमा बढी कटान गर्नु, मेसिनरी सामान खरिद गर्दा भन्सार तथा ट्याक्स छुट गर्नु लगायतका बिषयमा भ्रष्टचार भएको हुन सक्ने नेता पुनकोे भनाई थियो । काठमाण्डौं पछि धेरै पर्यटक आउने शहर पोखरा भएको बताउदै उनले ४÷५ घण्टाको हवाई उडान गर्ने गरी क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल भनेर पोखरामा विमानस्थल बनाइएको नेता पुनले बताए । १० लाख पर्यटक क्षमता रहेको उक्त विमानस्थलमा हाल आन्तरिक पर्यटक मात्र ८ लाख पुगेको बताउदै अब भारतबाट सिधा हवाई उडानको लागि सरकारले कुटनितिक ढंगबाट पहल गर्नुपनेमा जोड दिए । वहाना गरेर बस्नु भन्दा भारतको लखनौ, दिल्ली, वनारस लगायतको क्षेत्रबाट सिधा हवाई उडानको लागि पहल गर्न उनको जोड थियो ।

एमाले र कागेंस एक आपसमा मिल्न नसकेर माओबादीसंग मिलेर सरकार बनाउने भन्दै भ्रमको खेति गर्न लागेको नेता पुनले दाबी गरे । कांग्रेसलाई तर्साउनु प¥यो भने एमालेले माओवादी नेताहरुसँग कुराकानी भएको छ भनेर प्रचार गर्ने एमालेलाई तर्साउनु प¥यो भने कांग्रेसले माओवादी नेताहरुसँग कुरा भएको छ भनेर झुटा प्रचार गर्ने गरेको नेता पुनले आरोप लगाए । उनले भने “ हामीले सरकार बनाउने र ढाल्ने कुनै खेलमा लागेका छैनौं, सरकार ढल्यो भने, आफ्नै कारण ढल्छ,यसमा हाम्रो कुनै हात छैन, हामीले तर गरी खाउ राम्रोसंग सरकार संचालन गर भनेकै छौं, हामी त यो सरकार चलोस् भन्ने चाहन्छौं । ” सबै पार्टीका नेताहरुको नेतृत्वमा सरकार बनेपछि माओवादी नै ठीक रहेछ भन्ने हुने र त्यसपछि २०८४ मा जनताले माओबादी केनद्रलाई बहुमत दिने उनले विश्वास व्यक्त गरे । विकल्प सहित आलोचना गर्दै आएकोले आफुहरु राम्रो प्रतिपक्ष दलको भूमिका खेलेको बताउदै नेता पुनले सरकार ढलेमा ठुलो दलको नेतृत्वमा सरकार बनाउन आग्रह गरे ।

सरकारको नालायपनका कारण व्यवस्थामाथि प्रश्न उठिरहेको नेता पुनले जनाए । जनताको पसिना र सहिदको रगतले ल्याएको गणतन्त्र, संविधान, संघीयताको रक्षा माओवादीले गर्ने नेता पुनले दाबी गरे । २०८४ को चुनावपछि ताजा जनादेशपछि मात्र माओबादी सरकारमा जाने र देशमा सुशासन कस्तो हुन्छ जनताले महशुस हुने गरी काम गरेर देखाउने उनले जनाए । उनले भने “लोकतान्त्रिक व्यवस्थामा प्रमुख प्रतिपक्षी वेटिङ गभर्मेन्ट हो तर अहिले सरकार बनाउने र सरकारमा जाने हाम्रो प्राथमिकता र रुचि छैन ।” माओवादीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानः हाल जारी रहेको बताउदै उनले माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली सहितको पाखरामा जेठ १० गते बिशाल जनसभा हुने बताए । जेठ ९ गते नयाँपुलमा स्वागत गरिने, १० गते पोखरामा जनसभा हुने उनले जनाए ।


खहिलेको सरकार बिचौलियाले बनाईदिएको र बिचौलिया मार्फत नै चलिरहेको उनको आरोप छ । उनले गभर्नर नियुक्तिमा बिचौलिया हाबी हुँदा दुई महिनादेखि नियुक्ति हुन नसकेको ठोकुवा गरे । सरकार बिचौलियाले चलाईरहेको छ,उनले भने,‘गर्भनर नियुक्ती गर्ने हैसियत पनि यो सरकारमा छैन, वित्तीय क्षेत्र कब्जा गर्नका लागि बिचौलियाहरुले आफूले चाहेको गभर्नर ल्याउन खोजिरहेको छ , अहिले चर्चामा रहेका व्यक्ति गर्भनर नहुन सक्छन् । प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा कार्यक्रम भएको सचिव सरोज अधिकारीले बताए । बैतडीको पाटनबाट शुरु भएको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान डडेलधुरा, दिपालय, अछाम, दैलेख, कर्णाली प्रदेशको रुकुम पश्चिमको चौरजहारी, मुसिकोट लगायतमा सम्पन्न भइसकेको छ । जेठ ९ गते विहान बागलुङ बजार तथा दिउँसो पर्वतको कुस्मामा जनसम्वाद हुने नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश ईञ्चार्ज दिननाथ शर्माले बताए । जेठ २ गतेदेखि शुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानको टोली यहि जेठ ९ गते कास्की प्रवेश गर्ने भएको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज नेत्रनाथ अधिकारीले बताए । स्वागत लगत्तै अध्यक्ष प्रचण्डलाई ढिकुरपोखरीमा रहेको प्राविधिक शिक्षालयको अनुगमन गराईने भएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान अन्तर्गत जेठ १० गते पोखराको चिप्लेढुंगामा जनसभा गर्ने तयारी गरिएको ईञ्चार्ज अधिकारीले जानकारी दिए । उनका अनुसार जनसभा अगाडि पोखराको पृथ्वीचोक र सिर्जनाचोक गरेर दुई ठाउँबाट ¥याली निकालिनेछ । ¥याली सभागृहचोक, न्यूरोडहुँदै चिप्लेढुंगामा पुगेर जनसभामा परिणत हुने उनले बताए । नेकपा माओवादी केन्द्र कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले जेठ १० गतेको जनसभालाई बृहद बनाईने दाबी गरे । त्यसका लागि वाईसिएल, विद्यार्थी, महिला, मजदुर सहित जनबर्गीय र भातृ संस्थाहरु अभियानमा लाग्ने जनाए ।