समाज

कुमुदिनीमा पहिलो कुमुदिनी कार्निभल तथा लिटरेचर फेस्टिभल

पोखरा, ९ जेठ, पोखरा महानगरपालिका वडा नं ४, गैह्रपाटनमा रहेको कुमुदिनी होम्स बिद्यालयले पहिलो पटक विद्यालयमा कुमुदिनी कार्नभल तथा लिटरेचर फेस्टिभल आयोजना गर्‍यो । विद्यालयले शिक्षाका साथसाथै विद्यार्थीलाई भविष्यमा आफ्नै खुट्टामा उभिन, आत्मविश्वासी बन्न अतिरिक्त क्रियाकलाप र यस्तो कार्निभल प्रेरक हुने बताएको छ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले कार्निभलमा विद्यार्थीले ४५ वटा स्टल राखेको बताए ।स्टलहरुमा विभिन्न खानाका परिकार, फास्टफुड, खेलविभिन्न हस्तकलाका सामग्रीहरू समावेश गरिएको थियो । कोही मःमः, कोही लस्सी, कफि, सेलरोटी र कोहि पेन्टिङमा झुम्मिएका थिए ।… पुरा पढौ

पोखरामा होमस्टे मार्ट मेला सुरुः

पोखरामा शुक्रबार देखि होमस्टे मार्ट (मेला) सुरु भएको छ । नेपाल पर्यट वोर्ड गण्डकी प्रदेशको कार्यालयले आयोजना गरेको उक्त मेलाको पूर्व सन्ध्यामा पोखरामा निकालिएको र्याली । प्रदेशका ९ जिल्लाका २५ वटा होमस्टे क्रिष्टल होटलमा प्रर्दशनी तथा सूचना आदन प्रदानको लागि राखिएको बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बताउनु भयो । मेला शनिबारसम्म चल्ने भएको छ । पुरा पढौ

पर्वत नवलपुरसंग ९ विकेटले पराजित

जेष्ठ ९,पोखरा, प्रदेश क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशाला जारी गण्डकी प्रदेश स्तरिय यु १६ छनौंट क्रिकेट प्रतियोगितामा शुक्रबारदेखि समुह ‘बि’ तर्फको खेल शुरु भएको छ । शुक्रबार नवलपुरले पर्वतमाथि ९ विकेटको फराकिलो जित निकाल्यो । टस जितेर ब्याटिङ गरेको पर्वतले निर्धारित ३५ ओभरको खेलमा २३.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रनको योगफल तयार पार्यो । पर्वतको ब्याटिमा क्रिस कुँवरले ३२ रन जोडे । अनुप सिंहले १३ तथा प्रतिक रावल र अंकुश कुँवर दुवैले समान १० रन बनाए । नवलपुरका… पुरा पढौ

कोटिहोमचोक घोषणा,चैतन्यकृष्ण महाराजको बिदाई संगै देवी प्रतिभाको टोली भोलि आउने,

पोखरा, पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज एकादशी विशेष महायज्ञ सम्पन्न गरिएको छ आज पनि १ लाख भन्दा बढी भक्तजनहरुको उपस्थिति कोटिहोममा भएको थियो। एकादशीको पावन अवसरमा वैदिक विधिबाट विविध पूजाआर्चना, हवन तथा आध्यात्मिक प्रवचनहरू सम्पन्न गरिएका छन्। महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, यस अवसरमा युवा दार्शनिक चैतन्यकृष्ण महाराजको भोलि बिदाई गरिने छ भने अनन्त श्री विभूषित १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुज्यूले भक्तिभावसहित कथा… पुरा पढौ

प्रदेश सरकार सदैव सामाजिक कार्यमा साथ रहनेः मन्त्री थापा

पोखरा, गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दकुमार थापाले प्रदेश सरकार सदैव सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा साथ र सहयोग गर्न तत्पर रहेको बताएका छन् । पोखरा उद्योग बाणिज्य संघ सामाजिक बिकास केन्द्र अन्तर्गत जीविकोपार्जन तथा शिक्षा परियोजनाको आयोजना तथा किडासाको आर्थिक तथा प्राबिधिक सहयोगमा पोखरा महानगरपालिका भित्र रहेका श्रम तथा जोखिम पूर्ण अबस्थामा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक वितरण कार्यक्रममा बोल्दै मन्त्री थापाले पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रद्वारा आयोजित शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण… पुरा पढौ

मध्य पहाडी लोकमार्ग अभियानको क्रममा जनताबाट प्राप्त सुझाव सहितको मागहरु सरकारले पूरा नगरे आन्दोलन गर्ने अध्यक्ष प्रचण्डको चेतावनी, (भिडियो सहित) गृह जिल्ला भव्य स्वागत

दीननाथ बराल,पोखरा ९, जेठ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्य पहाडी लोकमार्ग अभियानको क्रममा जनताले दिएका सुझाव सहितका मागहरु सरकारले पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिनु भएको छ । https://www.youtube.com/watch?v=hA2bugLDcqY प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले शुक्रबार बेलुका पोखराको सिल्भर प्लेट पार्टी प्यालेसमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमम बोल्दै अध्यक्ष प्रचण्डले मध्य पहाडी लोकमार्ग अभियानको क्रममा जनताबाट प्राप्त विभिन्न सुझाव सहितको माग सरकारलाई पेश गर्ने यद्यपी माग पूरा नगरेको खण्डमा आन्दोलन गर्ने चेतावनी… पुरा पढौ

राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आयोः प्रधानमन्त्री ओली

पोखरा, प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता भएको बताउनु भयो । राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा स्थिरता र सुशासनका लागि एमाले र काँग्रेसको सरकार बनेको दाबी गर्नु भएको हो । अबको १४ महिनापछि आफूले राजीनामा गरेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरू सरकारमा रहेर निर्वाचन… पुरा पढौ

तरबुजा खेतीमा आइपिएम कृषक पाठशाला प्रभावकारी

पोखरा, ९ जेठ, पोखरा महानगरपालिकाको सहयोगमा पोखरा महानगरपालिका वडा नं १३ र १४ का कृषकलाई लक्षित गरी कुँडहरमा तरबुजा खेतीमा गरिएको एकिकृत शत्रुजीव व्यवस्थापन(आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ । बिउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पु¥याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवम् स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजा खेती सम्बन्धमा धेरै कुराहरू प्रत्यक्ष जान्ने र सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिनुुभयो । उहाँका अनुसार यहाँका कृषकहरूले समूहगत रुपमा करिब १४ रोपनी क्षेत्रफलमा सामुहिक तरबुजा खेती गरेका छन्… पुरा पढौ

पोखरामा क्रिकेट मैदान सहित पोखरा रंगशालाको भौतिक संरचना निर्माणमा आउँदो बर्षमा बजेट विनियोजन गर्दै छौःं मन्त्री चौधरी, गण्डकीको विजयी सुरुवात

दीननाथ बराल, पोखरा, ९ जेठ, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा क्रिकेट मैदान सहित पोखरा रंगशालाको भौतिक संरचना निर्माणको लागि आउँदो बर्षमा बजेट विनियोजन गरेको बताउनु भएको छ । नेपाल भलिबल संघको आयोजनामा नवौं संस्करणको प्रधानमन्त्री कप एन.भी.ए. महिला तथा पुरुष भलिबल लिग–२०८२ को विहिबार पोखरामा उद्घाटन गर्दै मन्त्री चौधरीले समग्र पोखरा क्षेत्रको खेलकुद प्रबद्र्धन गर्न आउँदो बजेटमा पोखरा रंगशाला सहित क्रिकेट मैदान मर्मत संहारको लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनु भएको । यही जेठ १५ गते… पुरा पढौ

धार्मिक सेवा र दानसहित नगरप्रमुख विष्टको टोली गण्डकी कोटिहोमबाट फर्कियो

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत बुधबारको प्रवचन स्थल अन्य दिनको तुलनामा केही फरक र विशेष देखिएको थियो। मूलद्वारको प्रवचन स्थल विशेषरूपमा ठूलो संख्यामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सोही प्रवचन कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उप–प्रमुख भरत गोपाली, नगरपालिकाका कर्मचारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रमलाई झनै भव्य र उत्साहजनक बनाएको थियो। नगरप्रमुख विष्ट र उप–प्रमुख गोपाली प्रवचन स्थलमै छमछम्ती नाचेर धार्मिक वातावरणमा रमाएका थिए, जसले कार्यक्रममा विशेष… पुरा पढौ

This will close in 20 seconds