पोखरामा प्रदेश स्तरिय (यू–१६) पुरुष क्रिकेट प्रतियोगिता आज देखि,उद्घाटन खेलमा कास्की र बागलुङ भिड्दै

-


     पोखरा क्लिक     
     जेठ ६ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ६, जेठ,

गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा आज (मंंगलबार) देखि पोखरामा १६ बर्ष मुनिका खेलाडीहरु सहभागि गण्डकी प्रदेश स्तरिय (यू–१६) पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा एक साता संचालन हुने प्रतियोगितामा कास्की सहित ६ जिल्लाको सहभागिता रहेको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनु भयो ।

उहाँका अनुसार आजको उद्घाटन खेलमा कास्की क्रिकेट संघ र बागलुङ क्रिकेट संघ बिच खेल हुने भएको छ । लिगकम नकाउटका आधारमा खेल संचालन हुने भएको छ । समुह एमा कास्की, बागलुङ र तनहुँ रहेका छन भने समुह बीमा पर्वत, स्याङजा र नवलपुर रहेकाछन् । यही जेठ १२ गतेसम्म प्रतियोगिता संचालन हुने भएको संघका सचिव सुमन राज कार्कीले बताउनु भयो ।

यही जेठ १७ गतेदेखि सुर्खेतमा सुरु हुने राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगितामा सहभागि हुने गण्डकी प्रदेशको टिम छनौट समेत हुने भएको अध्यक्ष सिग्देलले बताउनु भयो ।