पोखरा, गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको रोजगारी क्षेत्रको सिकाई अनुभव आदानप्रदान कार्यक्रम गण्डकी र बागमती प्रदेश सरकारका सम्बन्धित मन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेशबीच श्रम, रोजगार र उद्यम प्रवद्र्धनसम्बन्धी नीतिगत तथा कार्यान्वयन पक्षमा गरिएका कामहरूको अनुभव साझा गरिएको हो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले वैदेशिक रोजगारीमा जाने श्रमिकले भोग्ने समस्या गम्भीर भएको र उक्त समस्यालाई समाधान गर्ने बाटोमा लाग्नुपर्ने आवश्यकतालाई औंल्याएका छन्…
पुरा पढौ