समाज

खेलाडीलाई नगद पुरस्कार नदिएको आरोपमा दुई जना युवा पोखरामा पक्राउ

दीननाथ बराल, पोखरा २३, पुष, खेलकुदको शहर पोखरामा खेलाडीलाई नगद पुरस्कार नदिएको आरोपमा दुई जना युवा पक्राउपर्नु भएको छ ।“पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियन सीप–२०२४” का विजेता खेलाडीलाई पुरस्कार नदिएको आरोपमा कास्की प्रहरीले उक्त खेल संचालक तथा निर्देशक जगत डोली र पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्रीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । गत चैत २३ र २४ गते पोखरा राईडर्स क्लबको आयोजनामा पोखरा २३ बाम्दीमा संचालन भएको उक्त प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कार वापतको नगर रकम नदिएको आरोपमा अछाम सिउडी… पुरा पढौ

पोखरामा पनि भूकम्पको धक्का महशुस

पोखरा २३, पुष, मित्र राष्ट्र चिनमा केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पको पोखरा लगायतको क्षेत्रमा यसको धक्का महशुस गरिएको छ ।आज बिहान ६ः५० बजे उक्त भूकम्पको झट्का महसुस गरिएको थियो । उक्त भूकम्पको केन्द्र बन्दिु भने चिनमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पोखरा, काठमाण्डौं, धार्दिङ लगायतको क्षेत्रमा यसको महशुस गरिएको थियो । उक्त भूकम्पबाट क्षतिको विवरण संकलन कार्य सुरु भएको नेपाल सरकारको स्थागृह मन्त्रालयले जनाएको छ । आज गएको ७ म्याग्निच्युडको भूकम्प रहेको बताइन्छ । पुरा पढौ

नेपालमा २०८५ भित्र साक्षर हुन नसक्ने व्यक्तिलाई कुनै पनि सरकारी, गैरसरकारी वा निजी क्षेत्रमा बन्देज गर्ने सरकारीको तयारी

पोखरा २२, पुष, नेपालमा आउँदो २०८५ भित्र साक्षर हुन नसक्ने व्यक्तिलाई कुनै पनि सरकारी, गैरसरकारी वा निजी क्षेत्रमा बन्देज गर्ने सरकारीले तयारी गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले हालै पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा केन्द्रका निर्देशक हरिप्रसाद अर्यालले नेपालले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमलाई अघि बढाएको सन्र्दभमा आउदो २०८५ भित्र सबै नागरिकलाई साक्षर बनाउने तर नभएको खण्डमा सरकारी, गैरसरकारी वा निजी क्षेत्रमा त्यस्ता व्यक्तिलाई बन्देज गर्ने सरकारीले कानूुनि प्राबधान ल्याएको उहाँले बताउनु भयो ।… पुरा पढौ

सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउँछ मन्त्री थापा

पोखरा २२, पुष, गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको सहकार्यमा भएको प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग “सूचनाको अधिकार ः कार्यान्वयनको चुनौति” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारी तथा सार्वजनिक निकायहरूको काममा उत्तरदायित्व, पारदर्शिता र लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गर्नका लागि नागरिकको सूचनामा पहुँच अपरिहार्य रहेको उल्लेख गरेका हुन् । मन्त्री थापाले सूचनाको हकसम्बन्धी ऐनको… पुरा पढौ

कास्की जिल्ला टेबल टेनिस संघको अध्यक्षमा गौतम राज लामा योन्जन चयन

पोखरा २२, पुष, कास्की जिल्ला टेबल टेनिस संघको अध्यक्षमा गौतमराज लामा योन्जन चयन भएका छन् । संघको २० औं साधारण सभा तथा ७ औं अधिवेशनले योन्जनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा मुना थापा, द्वितिय उपाध्यक्षमा रविनाथ पन्त, सचिवमा दिपक भण्डारी, सहसचिवान रविन्द्र कट्टेल, कोषाध्यक्षमा देव भुजेल, कार्यसमिति सदस्यमा किसान जिसी, आस्था केसी, तिलक थापा, सोनिम गुरुङ र समिक्षा पोख्रेल रहेका छन् । यस अघि सभाको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख… पुरा पढौ

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

पोखरा, २२, पुष, नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली नृत्य प्रस्तुत गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक… पुरा पढौ

पोखराको भाटभटेनीमा छुटमा सामान लिनेहरुको भिड्ः

पोखरा २१, पुष, पोखराको भाटभटेनिमा सामान लिनेहरुको भिडभाड भएको छ । अगेंजी नयाँ बर्ष २०२५ को अवसरमा भाटभटेनिले ५० प्रतिशत छुटमा फेन्सि सहितका केही सामानमा छुट उपलब्ध गराएसंगै सामान खरिद गर्ने उपभोक्ताहरुको भिडभाड भएको हो । तष्विर दीननाथ बराल \पोखरा पुरा पढौ

हेमजाको तिब्रकोट वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा

पोखरा, २१ पुष , हेमजामा रहेको तिब्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको छ । प्रकृतिका साथीहरुको आयोजनामा शनिबार भएको लाटोकोसेरो संरक्षण विशेष शिविरमा कास्कीको पोखरा महनगर पालिका वडा नं. २५ मा रहेको तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको हो । कार्यक्रमा समुदायको भेलालेनै करिव १ सय दशमल ७४ हेक्टर क्षेत्रफल रहेको तिब्रेकोट सामुदायिक वनालाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरेको हो । उक्त अवरमा तिब्रेकोट सामुदायिक बनका उपभोक्त समूहका अध्यक्ष विशालजंग कुँवरले भेलाको निर्णण… पुरा पढौ

अन्तर्राष्ट्रिय सम्मेलनले गण्डकी प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने मन्त्री थापाको विश्वास

पोखरा २१, पुष, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकी विश्वविद्यालयको आयोजनामा भएको “गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन–२०२५” ले प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । पोखरामा “उच्च भविष्यका लागि नेटवर्किङ माइन्ड्स” विषयलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त सम्मेलनको महत्वलाई उनले उजागर गरेका हुन् । मन्त्री थापाले गण्डकी प्रदेशलाई शिक्षा, अनुसन्धान र सामाजिक विकासको केन्द्रका रूपमा स्थापित गर्ने दिशामा यस किसिमका अन्तर्राष्ट्रिय मञ्चहरूको भूमिका निर्णायक हुने बताए । उनले डा। सन्दुक रुइतजस्तो… पुरा पढौ

प्रतिभा माविमा गणित हाजिरीजवाफ

पोखरा, पुस २१, विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउनका लागि यहाँस्थित प्रतिभा माविले आइतबार गणित सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरुले उक्त प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको अन्तरनिहीत ज्ञान बाहिर ल्याउनका लागि नियमित शैक्षिक गतिविधिबाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत गणित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो । उक्त प्रतियोगिताका विद्यालय संचालक समिति अध्यक्ष नारायण पौडेल र प्रमुख अतिथि गणित समाजका केन्द्रीय… पुरा पढौ