
पोखरा,
पोखरामा मानव वेचविखन सम्बन्धी मुद्दामा ३ जना पक्राउ परेका छन् । पोखराको सृजनाचोकमा रहेको मनिका रेष्टुरेण्टमा अबैध रुपमा यौनजन्य क्रियाकलापहरु भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त होटलबाट ५ जना महिलाहरुलाई उद्धार गरी सेफ हाउसमा पठाएको र उक्त होटल संचालक सहित निम्न ३ जना व्यक्तिहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
कास्की जिल्ला अदालतबाट मनव वेचविखन तथा ओसार पसार सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताए । सोमबार दिउँसो ४ः३० बजे प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
मकवानपुर जिल्लाका वकैया गाउँपालिका वडा नं.०४ स्थायी घर भई हाल पोखरा सृजनाचोक स्थितमा मनिका रेष्टुरेण्ट संचालन गरी बस्ने ४० बर्षका पदम लुङ्बा,पोखरा ५ मालेपाटन बस्ने ५१ बर्षका नारायण तिमिल्सिना र तनहुँ व्यास न.पा. वडा नं. ५ साँगे बस्ने २१ वर्षका सलन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।




