गण्डकी प्रदेशकै ठुलो चार्जीङ हव बनाउने अभियानमा वाई.यू.के. पोखराको सेतीबगरमा चार्जिङ स्टेसन, वासिङ र पार्किङ एवं लज सहितको सुविधा

-


     पोखरा क्लिक     
     वैशाख २९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २९, वैशाख,

पोखरा १८ को सेदी बगरमा गण्डकी प्रदेशको विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको हव बनाउने अभियान सुरु भएको छ । वाई यू.के.सुपर मार्केटले पोखराको सेतीबगरमा प्रदेशकै चार्जिङ स्टेसनको हव बनाउने अभियान अन्र्तगत केही महिना देखि फास्ट चार्जिङ स्टेसनको रुपमा संचालनमा ल्याएको हो ।

पछिल्लो समयमा धेरै विद्युतीय सवारी साधन सडकमा गुडन थालेसंगै आवश्यक पर्ने चार्जिङको लागि आफुहरुले प्रदेशकै चार्जिङ स्टेनको हवको रुपमा विकास गर्न खोजिएको वाई यू के सुपर मार्केट प्रा.लि.का अध्यक्ष युवा व्यवसायी युवराज खतिवडाले बताए । उक्त अभियान अन्र्तगत हाल आफुहरुले एकै पटकमा ५ वटा गाडीमा चार्जिङ गर्न मिल्ने गरी चार्जिङ स्टेशनको प्रबन्ध गरे पनि पुनः गरी १८ वटासम्म गाडीहरु एकै पटकमा चार्जिङ गर्न मिल्ने व्यबस्था मिलाउन लागेको उनले जनाए । उक्त परियोजनामा हाल करिब ३ करोड लगानी गरेको सुपर मार्केटले जनाएको छ । हिजोआज दैनिक जसो ३५ वटा गाडीहरु चार्जिङ गर्न आउन थालेको खतिवडाले जनाए ।

आफुहरुले चार्जिङ स्टेशन सहित कारवास (गाडी सफाई) समेत गर्ने भएको उनले जनाए । उक्त स्टेशनमा २४ सै घण्टा चाजिङ स्टेशन तथा कार वास सहितको सेवा दिने गरी उक्त मार्केटमा लज(होटल) को समेत व्यबस्था गरेको खतिवडाले जनाए । गाडी चालकलाई आफुहरुले बढी प्रथामिकता दिएको बताउदै अध्यक्ष खतिवडाले चार्जिङ गर्न आएका चालकहरुलाई आफुहरुले निःशुल्क रुपमा आवासिय सहितको होटलमा खाना सहितको प्रबन्ध गरेको जनाए ।

उक्त मार्केटमा सहुलियत दरमा खानाको व्यबस्था रहेको अध्यक्ष खतिवडाले जनाए । मार्केटमा मटन खाना ३ सय ५०, चिकेन खाना २ सय र सादा खाना १ सय ५० मा उपलब्ध हुने भएको छ । आफुहरुले हाल ४ वटा रुम चालकहरुको लागि व्यबस्था गरेको बताउदै अध्यक्ष खतिवडाले विभिन्न राजमार्गमा गाडी हाक्ने चालकलाई आरामदायि ढंगबाट बस्नको लागि व्यबस्था गरेको जनाए ।

घादिङको निलकण्ठ नगरपालिकाका ३६ बर्षीय युवा खतिवडाले संचालन गरेको उक्त सुपर मार्केटमा हाल सिमित सिटमा व्यवसायीक सटरहरु रहेको जनाए । नेपाली नयाँ बर्षको अवसरमा केही सहुलियत दरमा सटरहरु बुकिङ खुल्ला गरिएको उनले जनाए । पोखरा १८ सेदीमा सिसिटीभी जडित नवनिर्मित प्रहरी विट समेत हालै संचालनमा आएको छ । उक्त सेदीबगर देखि करिब ५ सय मिटर नजिक अन्नपूर्ण केवलकारको तल्लो स्टेशन रहेको छ । पछिल्लो समयमा पोखरा लेकलाइडमा आउने केही पर्यटकहरुको रोजाई भने सेतीबगर हुदै फेवातालको माथिल्लो माग तर्फ रहेको स्थानिय व्यवसायीहरुले बताए ।