
दीननाथ बराल,
पोखरा ३१, वैशाख,
पोखरा ३२ लामेआहालमा इभि माइक्रो दुर्घटना हुदाँ दुई महिला सहित ३ जनाको मृत्यु भएको छ । काठमाण्डौं देखि पोखरा आउदै गरेको ग १ ज ८६३० नम्बरको इभि गाडी दुर्घटना हँुदा पोखरा २५ हेमजाकी ताङमाया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य एक महिला र एक पुरुषको समेत मृत्यु भएको छ भने उहाँहरुको सनाखत हुन बाँकी रहेको जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले बताउनु भयो । २ जना गम्भिर घाइते भएको उहाँले जनाउनु भयो । घाइतेहरुको उपचार भई रहेको छ ।





