पोखराको शान्ति स्तुपा नजिकको सडकमा बस दुर्घटना, ६ जना गम्भिर घाइते, उद्धार हुदै

-


     पोखरा क्लिक     
     वैशाख ३१ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ३१, वैशाख,

पोखरा २२ को विश्व शान्ति स्तुपाः नजिकैको सडकमा आज बस दुर्घटना हुदा ६ जना गम्भिर घाइते हुनु भएको छ । शान्ति स्तुपाको पार्किङ भन्दा थोरै माथिको सडकमा ग १ ख ३८८६ नम्बरको माइक्रो बस पल्टदा ६ जना गम्भिर घाइते हुनु भएको स्थानिय राजु क्षेत्रीले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार उद्धार कार्य हाल जारी रहेको छ । २६ जना घाइते हुनु भएको बताइन्छ । यहाँकहरुको पोखरामा उपचार गर्न ल्याईदै छ ।

ब्रेक फेल भएर उक्त बस केही समय अघि मात्र दुर्घटनामा भएको हुन सक्ने आशंका गरिएको छ ।
पोखराबाट एम्बुलेन्स समेत घटनास्थलमा पुगेको छ । उक्त बसमा अधिकांश भारतीय पर्यटक सवार हुनुहुन्थ्यो ।