
पोखरा, जेठ ३,
कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले टाठाबाठाले जनता र सहकारी लुटेको आरोप लगाउनु भएको छ । मानव सेवा आश्रमले शनिबार पोखरामा आयोजना गरेको सडक मानव व्यवस्थापन तथा उद्दार र राहतका लागि सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपाली सोझा साझा जनता माथि र जनताले जम्मा गरेको सहकारीको रकम केही टाठाबाठाले लुटेको आरोप लगाउनु भएको हो ।

नेता र नेतृत्व स्वार्थमा लिप्त रहेको आरोप लगाउदै उहाँले जनता लुटिरहेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो “नेता र नेतृत्व स्वार्थमा लिप्त छन्, उनीहरुले आफ्नो स्वार्थबाहेक केहि पनि देखेका छैनन्, अनि जनता लुटिरहेका छन्, यसबारे समीक्षा गर्न जरुरी छ ।” समाजवाद उन्मुख संविधान भनेको संविधानमा त्यसको ज्ञारेन्टी गरिएको उल्लेख गर्दै केसीले तर व्यवहारमा लागु हुन नसकेको गुनासो गर्नुभयो । एमाले गण्डकी प्रदेश सदस्इ समेत रहनु भएको उहाँले थप्नुभयो “हाम्रो कार्यशैली र व्यवहारप्रति समीक्षा नगर्नाले जनतामा निरासा छाएको छ, स्वार्थमा लिप्त भएर नभई गरीब, निमुखा, असक्त र असहायःको हित सोंचेर शासन गर्नुपर्छ । ” मानव सेवा आश्रमले भने मानव सेवाको काम गरिरहेको अध्यक्ष केसीले खुलेर प्रशंसा दिनुभयो । राज्यले गनुपर्ने काम मानव सेवा आश्रमले गरिरहेको उहाँले बताउनु भयो ।
यसैबिच उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले राज्यले गर्नुपर्ने काममा मानव सेवा आश्रमले गरेकोमा धन्यवाद दिदै आश्रमलाई प्रदेश सरकारले विगतका बर्ष देखि सहयोग गर्दै आएको बताउनु भयो । उहाँले सहयोगापेक्षी, सडक आश्रित मानवमुक्त प्रदेश बनाउने अभियानमा आफुहरुले सहयोग गर्ने जनाउनु भयो । आश्रमले २०८२ सम्ममा प्रदशेमा सहयोगापेक्षी, सडक आश्रित मानवमुक्त प्रदेश बनाउने अभियानमा लागेको आश्रमका कास्की संयोजक सदिस पुनले बताउनु भयो । राप्रपा संसदीय दल गण्डकी प्रदेशका नेता पन्चराम गुरुङले आश्रममा आवश्यक गाडी उपलब्ध गराउने बिषयमा सरकारले सहयोग नगरे त्यसको अगुवाई आफुले गर्ने वचन दिनुभयो । रामजी अधिकारीको परिकल्पनामा उक्त मानव सेवा आश्रमको सुरुवात भएको संस्थाले पोखराक्लिकलाई जनाएको छ ।
सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख राजेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महमानगरका प्रवक्ता मोतिलाल तिम्सिना, पोखरा १५ का अध्यक्ष तोरण बानियाँ, पोखरा २ का अध्यक्ष दिवनमान प्रधानाङ्ग, पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धचार्य, लायन्स क्लव इन्टरनेश्नल डिष्ट्«िक गभर्नर ३२५ बी वानका पूर्व गभर्नर, एवं नोबेल एकेडेमीका अध्यक्ष विशेश्वर आचार्य, वडा प्रहरी कार्यालय बैदामका डिएसपी सन्तोष निरौला लगायतले बोल्नु भएको थियो ।





