बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रमको आयोजना गरी जेसीज सप्ताहन्त कार्यक्रम हुने

-


     पोखरा क्लिक     
     जेठ १ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १, जेठ,

बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रम सहित जेसीज सप्ताहन्त कार्यक्रम २०२५ हुने भएको छ । यस बर्षको जेसीज सप्ताहन्त कार्यक्रम अन्र्तगत बृहत आँखा शिविर सहित विभिन्न कार्यक्रम गरी मनाइने भएको पोखरा जेसीजले आज ९विहिबार० पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो ।

उक्त कार्यक्रम अन्र्तगत जेठ ३ गते शनिबार निःशुल्क बृहत आँखा परिक्षण शिविर, निर्णय पुस्तिका ९माईनुट० लेखन तथा वित्तिय साक्षरता तालिम, बिद्यार्थीलाई टिसर्ट वितरण, आर्थिक बिकास समवृद्धिको आधार, वर्तमान परिस्थिति सम्भावना र चुनौती बिषयक छलफल कार्यक्रम हुने भएको अध्यक्ष जेसी भाइराज राना मगरले बताउनु भयो । माछापुच्छे« गाउँपालिकाको भेडाबारी स्वास्थ्य चौकीमा आँखा परिक्षण शिविर हुने भएको हो भने आँखा सम्बन्धि अन्य जटिल समस्या भएकाहरुको लागि समेत निःशुल्क चश्मा सहितको अन्य उपचार हुने भएको मुल संयोजक कपिल पौडेलले बताउनु भयो । पहुँच नहुँदा दीर्घकालिन अन्धोपन, मोतिया विन्दुसम्म हुने हुँदा पोखरा जेसीजले“आँखा परिक्षण गरौं, दृष्टि बचाऔं” अभियान सहित उक्त कार्यक्रम गर्ने भएको उहाँले जनाउनु भयो । आँखा शिविरबाट माछापुच्छ«े गाउँपालिका वडा नं। ५, ६, ८ का स्थानीय बासिन्दा लाभान्वित हुने भएका छन् ।

एक दिने निर्णय पुस्तिका लेखन तथा वित्तिय साक्षरता तालिम पोखरा महानगरपालिका वडा नं। १७ गुप्तेश्वर बहुमुखी क्याम्पसको सभाहलमा ५० जना भन्दा बढीलाई व्यवहारिक अभ्यास तालिम सञ्चालन गरिने भएको उपाध्यक्ष किरण आचार्यले बताउनु भयो । सोमबार पोखरा जेसीजले अन्नपूर्ण गाउँपालिका वडा नं। ४ स्थित प्रगतिशील मा।वि।मा अध्यानरत गरिब तथा जेहेन्दर विद्यार्थीलाई स्टेशनरी तथा सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालय पोशाक (टि–सर्ट) खेलकुद सामग्री विद्यालय प्रांगणमा हस्तान्तरण गरिने भएको महासचिव रविन पौडेलले बताउनु भयो । पोखराको कुटी रिसोर्टमा जेठ ६ गते हुने आर्थिक बिकास समवृद्धिको आधार, वर्तमान परिस्थिति सम्भावना र चुनौती बिषय छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ जस्ता बिशषेज्ञ वक्ताहरुको सहभागिता हुने भएको छ ।

तालिम बाट क्षमता अभिवृद्धी गर्ने, स्वास्थ्य समाजका लागि स्वास्थ्य जीवन सम्बन्धि सचेतना जगाउने, नव उद्यमीहरुलाई थप उत्साहित गराउँदै व्यवसायिक र औद्योगिक विकासमा टेवा दिने, युवा पुस्तालाई उद्यमशिलता तर्फ आकर्षित गर्न सहयोग गर्ने, योग्य जनशक्ति निर्माणका लागि शैक्षिक गुणस्तरीय शिक्षा वृद्धि गर्नका निमित्त आवश्यक योगदान गर्ने, जेसीजले गर्ने कार्यक्रम एवं कार्यशैलीहरुलाई समाजमा परिचित गराइ जेसीज ब्राण्डीङ्ग गराउने, स्थानिय सरकार, निकाय तथा विभिन्न संघ संस्थाहरु विच सुमधुर सम्बन्धको विकास गराउने, बार्षिक योजनामा निर्धारित तालिका अनुसार कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको जेसिजले पोखराक्लिकलाई जनाएको छ ।