अल्फामा नमुना मतदान सम्पन्न

-


     पोखरा क्लिक     
     जेठ २ गते २०८२ मा प्रकाशित


पोखरा – १६, जेठ,

लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा जेठ २ गते शुक्रबारका दिन विद्यार्थीहरूलाई निर्वाचनको सम्पूर्ण प्रक्रिया जानकारी गराउने मूलभूत उद्देश्यका साथ विद्यार्थी परिषद एवम् जुनियर रेडक्रस सर्कलका विभिन्न पदका लागि निर्वाचन सम्पन्न भएको छ । सोही निर्वाचनम विद्यालयका प्राचार्य सुरेन्द्र मानसिंह भण्डारी प्रमुख आयुक्त, सह प्राचार्य कृष्ण लम्साल निर्वाचन आयुक्त, निराजन थापा निर्वाचन अधिकृत एवम् विजयबाबु अधिकारी मतदान अधिकृतको भूमिकामा रहेका थिए भने विद्यार्थीकै सकृयतामा नमुना सुरक्षाकर्मीको भूमिका निर्वाह गरिएको थियो । विद्यालयका शिक्षकहरू सन्दिप वि.क. आनन्द थापा, नविन तिमिल्सिना, भारती गौतम तथा सागर अर्याल निर्वाचनका लागि आवश्यक विभिन्न भूमिकामा रहेका थिए ।

विद्यार्थीहरूलाई मताधिकार, मतदान प्रक्रिया, जनप्रतिनिधि छनोट साथै निर्वाचन प्रणालीको व्यवहारिक ज्ञान दिनका लागि मतपत्र, मतपेटिका, स्वस्तिक चिन्हसहित उक्त नमूना मतदान आयोजना गरिएको विद्यालयका सह प्राचार्य कृष्ण लम्सालले जानकारी दिए । सोही कार्यक्रमबिच बोल्दै विद्यालयका प्राचार्य सुरेन्द्रमान सिंह भण्डारीले विद्यार्थीहरूमा यस्ता कार्यक्रमले व्यवहारिक ज्ञान दिनेमा आपूm विश्वस्त रहेको कुरा जानकारी दिए । विद्यार्थी परिषदका विभिन्न पदका लागिभएको निर्वाचनमा कक्षा१० मा अध्ययनरतछात्र अभिषेक श्रेष्ठ १२७ मतसहितअध्यक्षमा, कक्षा ९का छात्रसेरन पुन१४५ मत सहित उपाध्यक्ष र कक्षा ८ मा अध्ययनरत छात्रा सेलेस्टी गुरुङ१०७ मत सहित सचिव पदमा निर्वाचित भएका छन् ।

त्यसैगरीजुनियर रेडक्रस सर्कलका विभिन्नपदका लागि भएको निर्वाचनमा कक्षा १० मा अध्ययनरत विद्यार्थीसमर पर्जा १०३ मतसहित अध्यक्षमा, कक्षा ९कीछात्रा जोए नेफिल गुरुङ १३१ मत सहित उपाध्यक्षमा, कक्षा ८कीछात्रा प्रकृति अधिकारी १०२ मत सहित सचिव पदमा र कक्षा आठकैछात्र प्रतिक के.सी. १४३ मत सहितकोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थी मतदाता रहेको निर्वाचनमा जम्मा ९३.७% भोट खसेको थियो भने ८.७% मत बदर भएको थियो ।