खेलकुदमा दोब्बरले बजेट आउनु यसले खेल क्षेत्रमा उत्साह थपेको छः सदस्य सचिव घिसिङ

-


     पोखरा क्लिक     
     जेठ १७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १७, जेठ,

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदको बजेट दोब्बरले बृद्धि हुनु खेलकुद क्षेत्रमा थप उत्साह बढाएको बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले आफुहरुलाई यस बर्ष करिब ३ अर्बको बजेट सिलिङ माग भए पनि बजेट दोब्बरले बढी आउनु निकै खुसि र यस क्षेत्रमा उत्साह बढाएको बताउनु भएको हो ।

पोखरा रंगशाला सहित पोखरा क्षेत्रमा खेलकुदका भौतिक संरचना निर्माण एवं मर्मत संहारमा देखिने गरी केही बजेट नआए पनि कतिपय योजनाहरु रातो कितावमा हुने त केही अबण्डा भएकोले सबै योजनाहरु बजेटमा समेटिन नसकेको उहाँको भनाई थियो । सन् २०२७ मा हुने यू–१९ महिला विश्व कप क्रिकेटका केही खेल पोखरामा संचालन गर्न पनि सरकारले पोखरा रंगशालाको क्रिकेट मैदानको लागि आउदो बजेटमा बजेट विनियोजन भएको राखेप सदस्य सचिव घिसिङले जनाउनु भयो । चालु आर्थिक बर्षमा पोखरा रंगशालाको क्रिकेट मैदानमा चेनिजङ रुम, प्यारापिट सहितको भौतिक संरचना गर्न १ करोड बजेटको काम हाल जारी रहेको उल्लेख गर्दै उहाँले आउँदो बर्षको लागि तीन गुणा (३ करोड) बजेट प्रस्ताव गरेको बताउनु भयो ।

उक्त विश्वकप नेपाल र बङ्गलादेशमा हुँदैछ । विश्वकपका ८ टोलीका खेल नेपालमा हुनेछन्न्। चालु आर्थिक बर्षमा संघिय सरकारले खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरे पनि आउदो बर्षको लागि भने करिब दोब्बरले ६ अर्ब ८ करोड बजेट विनियोजन भएको बजेटमा उल्लेख छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आफुले चाहेर मात्र नभई वोर्डको बैठक समयमै बस्न नसक्दा हुन नसकेको उहाँले बताउनु भयो । राखेपमा २ सय ३२ भन्न बढी खेल संघहरु राष्ट्रिय खेल संघको मान्यता लिन आए पनि ६२ वटालाई मात्र राष्ट्रिय खेल संघको मान्यता दिएको घिसिङले जनाउनु भयो । पछिल्लो समयमा नेपाली खेलकुद व्यवसायीक तर्फ उन्मुख भएको दाबी गर्दै खेलाडीले बर्षमा २२ लाखसम्म आम्दानी गर्न सफल भएको उहाँको भनाई थियो । राखेप सदस्य सचिव घिसिङले पोखरा रंगशालाको फुटवल स्टेडिएम तथा क्रिकेट मैदान अवलोकन गर्नु भएको थियो ।



This will close in 20 seconds