
दीननाथ बराल,
पोखरा, १३ असार,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही दिन अघि पत्रकार माथि र सांसदहरु माथि आक्रोश पोख्नु भएकोमा आज संसदमा बजेट माथि उठेका प्रश्नको जबाफ दिदा भने निकै भावुक तथा नरम स्वभावमा जबाफ दिनु भएको छ । गोर्खा र कास्की जिल्लामा बढी बजेट विनियोजन हुनुका पछाडि प्रष्ट कारण प्रस्तुत गर्दै उहाँले शुक्रबारको प्रदेशसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिनु भएको हो । पुराना बहुवर्षीय योजनाहरू र प्रशासनिक संरचनाको केन्द्रिकरणलाई उहाँले मुख्य कारण देखाउनु भयो ।
प्रदेश सरकार स्थापना (२०७४) देखि २०७८ सालसम्म अधुरै रहेका योजनाहरूले ‘क्रोनिक दायित्व’ सिर्जना भएकोले सरकार उत्तराधिकारी भएकोले सरकारको दाहित्व घटाउन लागेको मुख्यमन्त्री पाण्डेले प्रष्ट पार्नुभयो । गोर्खा जिल्लामा मात्रै ३६ करोड २४ लाख रुपैयाँ बराबरको योजना दायित्वमा बजेट विनियोजन भएको दाबी गर्दै उहाँले आगामी वर्षको लागि कम्तिमा ७० करोड रुपैयाँ आवश्यक पर्ने जिकिर गर्नुभयो ।प्रदेश र पर्यटनको राजधानी कास्की भएकै कारण मन्त्रालय, निर्देशनालय र कार्यालयहरु रहेकोले गर्दा कास्की र पोखरा क्षेत्र तथगा आसपासमा बढी योजना र बजेट पर्नु स्वाभाविक भएको मुख्यमन्त्रीले धारणा व्यक्त गर्नुभयो ।
खानेपानी योजना सरकारको प्राथमिकता
आगामी आर्थिक वर्षमा ४२२ वटा खानेपानी योजना सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको उहाँले बताउनु भयो ।
न्यूनतम ५० लाख रुपैयाँभन्दा माथिको लागत हुने योजनालाई प्राथमिकता दिइएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले हालसम्म प्रदेश सरकारले २,३०० खानेपानी योजनाको दायित्व वहन गरिरहेको जनाउनु भयो ।
नीलो कोट र नीति–कार्यक्रमबीच तारतम्य
कर्मचारी प्रशासन (नीलो कोट) का विषयमा सरकार संवेदनशील रहेको उहाँले स्पष्ट पार्नुभयो । नीति तथा कार्यक्रमबीच तारतम्य मिलाइएको उहाको दाबी छ ।
ूकविता वा गीतबाट मात्रै विभेद अन्त्य हुँदैन, कार्यान्वयन जरुरी छ,ू भन्दै व्यंग्यात्मक तर गम्भीर टिप्पणी गर्दै उहाँले भौतिक पूर्वाधारमा उच्च दायित्व
भौतिक पूर्वाधार मन्त्रालयमा हाल १७ अर्ब रुपैयाँको दायित्व रहेको दाबी गर्नु भयो । चालु आर्थिक वर्षभित्र ३ देखि ४ अर्ब रुपैयाँसम्मको दायित्व घटाउने लक्ष्य सरकारले लिएको बताउदै मुख्यमन्त्री पाण्डेले सांसदहरूकै कारण केहीले टुक्रे योजना विनियोजन गरिएको उल्लेख गर्नुभयो । पत्रकार र सांसदको बिषयमा भने उहाँले आफु माथि जो जसले टिका टिप्पर्णी गरे पनि धन्यवाद दिदै यसपाली प्रदेश सरकारको बजेटको बिषयमा मिडिया कभरेज भने धेरै भएको उल्लेख गर्नुभयो ।
भावुक अन्त्य
मुख्यमन्त्री पाण्डेले आफ्नो मन्तव्य भावुक ढंगमा टुंग्याउँदै भन्नुभयो, “सुनेकै छु, बुझेकै छु संसार सानो भएको हो, सपनाहरू अधुरा छन्।”





