तेस्रो असार हिले महोत्सव पोखरा–२३ मा हुने, माग्ने बुढो, धुर्मुस र लटे प्रस्तुती हुने

-


     पोखरा क्लिक     
     असार १२ गते २०८२ मा प्रकाशित


जया पौडेल,
पोखरा, १२ असार,

पोखरा महानगरपालिका वडा नम्बर २३ को कार्यालयको आयोजनामा तेस्रो असार हिले महोत्सव यही असार १५ गते आइतबार मार्गी फेवा फाँटमा हुने भएको छ । असारको मौसमी परिवेश र रोपाइँ संस्कृतिलाई उजागर गर्ने उद्देश्य सहित आयोजना गरिएको महोत्सवमा हिलो, कृषि, र स्थानीय मनोरञ्जनजन्य प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुतीः हुने भएको स्थानिय देविलाल लामिछानेले बताउनु भयो ।

महोत्सवमा हिले पुरुष भलिबल प्रतियोगिता, असारे गीतसहितको धान रोपाइँ प्रतियोगिता, महिला र पुरुष हिले दौड, हिलोमा माछा छोप्ने प्रतियोगिता, हल गोरु जोत्ने प्रतियोगिता, रक्साकसी प्रतियोगिता हुने भएको छ ।
त्यस्तै, महोत्सवमा सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना हुने भएको छ । कार्यक्रमको विशेष आकर्षणका रूपमा पोखेली माग्ने बुढो (युवराज भण्डारी) र पोखेली धुर्मुस लटे (राजेन्द्र नेपाली) को बिषेश प्रस्तुती रहने भएको छ । पोखरा २३ को वडा कार्यालयको आयोजानमा मौरे धर्मडाँडा तथा मार्गी बगर टोल विकास संस्थाको सह–आयोजकमा उक्त महोत्सव हुने भएको हो ।