समाज

नेकपा माओवादी (केन्द्र) पोखरा महानगरको अध्यक्षमा हरिप्रसाद भण्डारी निर्वाचित

पोखरा, १ असार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको अध्यक्षमा हरिप्रसाद भण्डारी निर्वाचित हुनुभएको छ । आइतबार पोखरामा भएको पदाधिकारीको निर्वाचनबाट भण्डारीले निकटतम प्रतिस्पर्धी जनकराज पराजुलीले १६ मत अन्तरले पछि पार्दै निर्वाचित हुनु भएको हो । भण्डारीले ५१ मत ल्याउदा पराजुलीले भने ३५ मत ल्याउनुृ भएको निर्वाचन समितिले जनाएको छ । जेठ २७ गतेदेखि सुरु भएको महानगर सम्मेलनमा प्रारम्भमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सहमति नजुटेपछि अन्ततः मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो। ८६ जना बिच… पुरा पढौ

मदरल्याण्डको गणित हाजिरीजवाफमा महेशको टिम उत्कृष्ट

पोखरा, जेठ ३१, पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा आयोजित गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगितामा महेश कोइराला, अग्रिमराज तिवारी र इशानइश्वर बाँस्तोलाको समूह प्रथम भएको छ । प्रथम भएको टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी हात पारेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता आइतबार सकिएको छ । विद्यालयले आयोजना गरेको यो तेश्रो संस्करण हो । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार प्रतियोगितामा अहमन गुरुङ, अविनव पराजुली र निश्चल बाँस्तोलाको समूह दोश्रो हुँदै नगद २०… पुरा पढौ

प्रतिभामा ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर’ सुरु

पोखरा, असार १, पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा आइतबारदेखि गण्डकी प्रदेशस्तरिय ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फेयर सुरु गरेको हो । कार्यक्रमको विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले उद्घाटन गरेका थिए । आइतबार सुरु भएको यो कार्यक्रम असार ७ गतेसम्म चल्नेछ । यो अवधिमा विभिन्न खेलकुद सहित रचनात्मक गतिविधिका प्रतियोगिता संचालन गरिने प्राचार्य सापकोटाले बताए । प्राचार्य सापकोटाका अनुसार असार १ देखि ३ गतेसम्म खेलकुद गतिविधि र… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय पुरुष टि–२० क्रिकेट ः तनहुँ र स्याङजाको जित, तनहुँको जितमा कृष ऐरको शतक

पोखरा–असार १, गण्डकी प्रदेशस्तरीय पुरूष टि२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले दोस्रो दिन पनि जितको लयलाई कायम राखेका छन् । समुह ‘ए’ अन्तर्गत पोखरा क्रिकेट रंगशालामा जारी प्रतियोगितामा तनहुँले १७७ रनको जित हासिल गर्दा दोस्रो खेलमा स्याङजाले ७८ रनले जित दर्ता गरेको हो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको लिग चरण अन्तर्गत तनहुँ र म्याग्दी बीचको खेलमा तनहुँले एकपक्षीय प्रदर्शन गर्दै म्याग्दीलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । म्याग्दीले टस… पुरा पढौ

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोडको बजेट

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङले आगामी वर्षको लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। यो बजेटमध्ये १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ चालू खर्चका लागि विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो। १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ छुट्याइएको छ, जसको हिस्सा ५९.७… पुरा पढौ

माओबादी केन्द्रको पोखरा महानगरको पदाधिकारीको निर्वाचन जारी,अध्यक्षका प्रत्यासीमा पराजुली र भण्डारी

पोखरा १, असार, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगरपालिकाको पदाधिकारीको निर्वाचन जारी रहेको छ । पोखराको सहिद पार्कको सभाहलमा आयोजना भएको निर्वाचन आज बिहान ११ बजेबाट सुरू भएको हो । दिउँसो २ बजेसम्मको लागि मतदान हुने भएको निर्वाचन समितिले जनाएको छ । ८६ जना मतदाता रहेकोमा अध्यक्ष सहित पदाधिकारी ६ जना पदाधिकारीको लागि निर्वाचन हुन लागेको हो । जनकराज पराजुली र हरीप्रसाद भण्डारी अध्यक्षको प्रत्यासीमा रहनु भएको छ । १ महिला सहित ३ जना उपाध्यक्षको लागि ५ जनाको उमेदवारी… पुरा पढौ

नेपालगन्ज पोखरा स्तरीय बस सेवा संचालनको माग

नेपालगन्ज, १ असार, पोखरा र नेपालगन्जविच विगत केही बर्षदेखि जोडिएको हवाई सेवालाई थप विस्तार गर्दै दुई शहरविच स्तरीय बस सेवा संचालनका लागि ब्यबसायीले जोड दिएका छन् । जाउँ है पोखरा अभियान अन्तर्गत शनिबार बाँकेको नेपालगन्जमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा पोखरा र नेपालगन्जका ब्यबसायीले दुई शहर जोड्ने गरी पर्यटकीय बस सेवा समेत संचालन गर्नुपर्ने आबश्यकता औंल्याए । पोखरा र नेपालगंजविच जारी हवाई सेवा विस्तार गर्दै उडान संख्या बढाउनुपर्ने विषय पनि कार्यक्रममा उठेको थियो । होटल संघ पोखरा नेपालका अध्यक्ष एबं… पुरा पढौ

बास्तोलाथर टोल विकास संस्थाको अध्यक्षतामा गोपाल प्रसाद बास्तोला चयन

जया पौडेल,पोखरा, जेठ ३१, पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको बास्तोलाथर टोल विकास संस्थाको अध्यक्षतामा गोपाल प्रसाद बास्तोला चयन हुनु भएको छ । शनिबार पोखरामा सम्पन्न भएको बास्तोलाथर टोल विकास संस्थाको साधारण सभा तथा अधिवेशनले गोपालको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ध्रुव गुरुड, सचिवमा प्रकाश वास्तोला, कोषाध्यक्षः गणेश प्रसाद कोइराला, सह–सचिवमा विनिता कोइराला, र सदस्यहहरुमा युवराज वास्तोला अम्बिका कोइराला, पोष्टराज दाहाल, मनोज सापकोटा, गणेश प्रसाद कुंवर, हुतानन्द पाण्डे, मन्जु सिंह हमाल र शेर… पुरा पढौ

त्रिवेणी इन्टरनेशनल कलेजमा सफल व्यवसायी र विद्यार्थीवित्र अन्तरक्रिया

पोखरा÷जेष्ठ ३१, त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ ले सफल व्यवसायी र विद्यार्थीहरुका विच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै सफल व्यवसायी नारायण प्रसाद पौडेलले विदेशमा सिप सिकेर आफ्नो मातृभूमिलाई पछ्याउँदै नेपालमा फर्केर व्यवसाय संचालन गरेको बताउनु भयो । उहाँले जापानको लामो बसाईपछि नेपालमै केही गरौ भन्ने उदेश्ले फर्केर शिक्षा, अटो र स्वास्थ्य क्षेत्रमा लगानी गरेको उल्लेख गर्नु भयो । उहाँले नेपालमै उद्यमशिलताको संभावना रहेको स्पष्ट पार्दै, त्यसका लागि आवश्यक जनशक्तिलाई व्यवस्थापन गर्न सकिने बताउनु भयो ।… पुरा पढौ

पोखरामा एक होटलको छतबाट खसेर एक महिलाको मृत्यु

दीननाथ बराल, पोखरा ३१, जेठ, पोखराको एक होटलको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१०, रानीवन घर भएकी ३२ वर्षीया सरीता भण्डारी पोखरा महानगरपालिका–६ जरेवरमा रहेको होटल रुद्राक्षको पाचौं तलाबाट खसेर गम्भिर घाइते भई उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । छतबाट खसेर गम्भिर घाइते हुनु भएको भण्डारीको गण्डकी मेचकलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताउनु भयो । बुटवलबाट जेठ २९ गते दुई छोरा र श्रीमान सहित पोखरा… पुरा पढौ

This will close in 20 seconds