बास्तोलाथर टोल विकास संस्थाको अध्यक्षतामा गोपाल प्रसाद बास्तोला चयन

-


     पोखरा क्लिक     
     जेठ ३१ गते २०८२ मा प्रकाशित


जया पौडेल,
पोखरा, जेठ ३१,

पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको बास्तोलाथर टोल विकास संस्थाको अध्यक्षतामा गोपाल प्रसाद बास्तोला चयन हुनु भएको छ । शनिबार पोखरामा सम्पन्न भएको बास्तोलाथर टोल विकास संस्थाको साधारण सभा तथा अधिवेशनले गोपालको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ध्रुव गुरुड, सचिवमा प्रकाश वास्तोला, कोषाध्यक्षः गणेश प्रसाद कोइराला, सह–सचिवमा विनिता कोइराला, र सदस्यहहरुमा युवराज वास्तोला अम्बिका कोइराला, पोष्टराज दाहाल, मनोज सापकोटा, गणेश प्रसाद कुंवर, हुतानन्द पाण्डे, मन्जु सिंह हमाल र शेर बहादुर ढकाल रहनु भएको छ ।

सो कार्यक्रममा पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले उद्घाटन गर्दै वडा बासीहरूलाई व्यवसायिक र आत्मनिर्भर बन्न सिप तथा तालिम आवश्यक रहेको धारणा राख्नुभयो।