
पोखरा १, असार,
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगरपालिकाको पदाधिकारीको निर्वाचन जारी रहेको छ । पोखराको सहिद पार्कको सभाहलमा आयोजना भएको निर्वाचन आज बिहान ११ बजेबाट सुरू भएको हो ।

दिउँसो २ बजेसम्मको लागि मतदान हुने भएको निर्वाचन समितिले जनाएको छ । ८६ जना मतदाता रहेकोमा अध्यक्ष सहित पदाधिकारी ६ जना पदाधिकारीको लागि निर्वाचन हुन लागेको हो । जनकराज पराजुली र हरीप्रसाद भण्डारी अध्यक्षको प्रत्यासीमा रहनु भएको छ । १ महिला सहित ३ जना उपाध्यक्षको लागि ५ जनाको उमेदवारी परेको हो । उपाध्यक्षको प्रत्यासीहरुमा अर्जुन मल्ल, गिता खनाल (महिला उपाध्यक्ष), दयाराम तिवारी, देवीमाया अधिकारी(महिला उपाध्यक्ष) र कमल ढुङ्गाना रहनु भएको छ ।

सह–सचिवमा चन्द्र बहादुर गुरुङ र भिम बहादुर नेपाली प्रत्यासीको रुपमा रहेका छन भने त्यसै गरी कोषाध्यक्षको प्रत्यासीमा अनिल परियार र राम प्रसाद पाण्डे (राजु) रहनु भएको छ । सचिव सुर्य तिवारी निर्विरोध निर्वाचित हुनु भएको थियो ।






