समाज

प्रतिभामा ‘फुटसल’ प्रतियोगिता सुरु

पोखरा, असार ६, पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयमा शुक्रबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । ‘क्रिएटिभीटी एण्ड स्पोर्टस् फेयर २०८२’ अन्तर्गत सुरु भएको प्रतियोगिता दुइदिनसम्म चल्नेछ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले फुटसल प्रतियोगिता सुरु गरेको हो । प्रतियोगिताको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जीतले उद्घाटन गरेका थिए । प्रतियोगिताका संयोजक तथा प्रतिभा माविका प्लस टु इन्चार्ज राकेश जोशीका अनुसार प्रतियोगितामा विभिन्न विद्यालयका २८ वटा टिमले सहभगिता जनाएका छन् । एसइइ परीक्षा दिएर फुर्सदिला… पुरा पढौ

गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेटमा स्याङ्जा च्याम्पियन

पोखरा, असार ६, पोखरा रंगशालामा सम्पन्न गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्याङ्जाले नवलपुरलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको छ । स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि, नवलपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनायो । तर जवाफी व्याटिङमा १३० रनको लक्ष्य पछ्याउन उत्रिएको स्याङ्जाले अन्तिम बल बाँकी छँदै १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै च्याम्पियन बनेको हो । यस अघि नवलपुरका लागि रिजन काफ्लेले २५ रन, दीपक डुम्रेले १९ रन, र अपराजित पौडेलले… पुरा पढौ

मनोक्रान्ति प्रणेता डा. योगी बिकासानन्द वरपिपल रिसोर्ट

पोखरा, मनोक्रान्ति प्रणेता डा। योगी बिकासानन्दले विहिबार पोखराको बरपिपल रिसोर्टमा आयोजित प्रेरणादायी “मोटिभेसनल स्पिच कार्यक्रमू सम्बोधन गर्दै सकारात्मक सोच, अनुशासित जीवनशैली र समय व्यवस्थापनका महत्वपूर्ण पक्षहरूमा जीवन्त प्रस्तुति दिनु भएको थियो। कर्मचारीहरूको व्यक्तित्व विकास र मनोबल अभिवृद्धिका लागि आयोजित कार्यक्रममा प्रमुख वक्ता डा। योगी बिकासानन्दले जीवनमा अनुशासन र समयको उचित सदुपयोग नै सफलताको मुख्य आधार हुने दाबी गर्नुभयो ।डा। बिकासानन्दले समयमै सुत्ने र समयमै उठ्ने, दैनिक कम्तिमा ६ देखि ९ घण्टा पर्याप्त निन्द्रा लिनु पर्ने र आफैँलाई माया गर्नु पर्ने… पुरा पढौ

सामाजिक संजाललाई ब्यबस्थित र नियमन गर्न सके संचार क्षेत्रमा अबौंको बिज्ञापन आउछःः मन्त्री गुरूङ

दीननाथ बराल, पोखरा ५, असार. नेपाल सरकारका सूचना संचार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सामाजिक संजाललाई ब्यबस्थित र नियमन गर्न सके संचार क्षेत्रमा अबौंको बिज्ञापन प्राप्त हुने बताउनु भएको छ । नेपाल पत्रकार महासंघले विहिबार पोखरामा आयोजना गरेको सामाजिक सुरक्षा कोषमा बृहत आवद्वता सम्बन्धि पत्रकारसंग संवाद कार्यशालामा सम्बोधन गर्दै उहाँले धेरै कर्पोरेट हाउसको विज्ञान हाल सामाजिक संजाल मार्फत गएकोले अब सामाजिक संजाललाई सरकारले नियमन गर्ने वित्तिकै संचार माध्यम मार्फत उक्त बिज्ञापन प्राप्त हुने दाबी गर्नुभयो । सामाजिक संजालले समाजमा… पुरा पढौ

पोखराको अति नै संवेदन शिल क्षेत्रमै अन्ततः नेपाल प्रहरीको पेट्रोलपम्प संचालनमा आउदै

दीननाथ बराल,पोखरा ५, असार, पर्यटनको राजधानि पोखराको प्रमुख प्रशासनिक केन्द्र एवं नेपाल राष्ट्र बैंक भएको अति नै संवेदनशिल क्षेत्र नजिकै अतिनै प्रज्वलनशिल पदार्थ पेट्रोलियम पदार्थको बिक्रि वितरण हुने भएको छ । स्थानियको बिरोधको बाबजुत जिल्ला प्रशासन कार्यालय कास्कीसंगै जोडिएको शहिदचोकमा अबको केही साता पछि नेपाल प्रहरीको पेट्रोलपम्प अति सम्बेदन शिल क्षेत्रमा निर्बाद रुपमा संचालनमा आउने तयारी भएको श्रोतको भनाई छ । प्रदेशिक प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी नायव महानिरिक्षक(डिआईजी) दिनेशकुमार आचार्यले अबको करिब डेढ महिनामा पोखरामा उक्त पेट्रोलपम्प संचालनमा आउने… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय टि–२० क्रिकेट ः नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने

पोखरा–५ असार, गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटमा नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने भएका छन् । समुह ‘ए’ बाट स्याङजा र समुह ‘बी’बाट नवलुर विजेता बन्दै उपाधि भिडन्त पक्का गरेका हुन् । नवलपुर, कास्की र पर्वतले आफ्नो समुहमा समान २–२ खेल जित हात पारे पनि रन रेटका आधारमा नवलपुर फाइनलमा पुगेको हो । तीनै टोलीले समान ४–४ अंक हात पारे पनि नेट रन रेटका आधारमा नवलपुरले लिग चरणमा शिर्षस्थानमा उक्लिदै फाइनलमा प्रवेश गर्न सफल रह्यो । अंक तालिकामा नवलपुरको कुल रन… पुरा पढौ

टप्स सेकेन्डरी स्कुलमा एसईई कप स्पोर्ट्स फेस्ट

पोखरा, पोखराको बुद्धचोकस्थि टप्स सेकेन्डरी स्कुलमा विहीबारदेखि स्पोर्ट्स फेस्ट अन्तर्गत एसईई कप २०८२ सुरु भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी विद्यालयले स्पोर्टस् फेस्टको आयोजना गरेको हो ।यही असार १० गतेसम्म संचालन हुने फेस्टमा फुटसल, भलिबल (महिला र पुरुष), बास्केटबल (महिला र पुरुष) र साइन्स क्विज कन्टेस्ट खेल हुनेछन् । विद्यालयका खेलकुद संयोजक विमल देवकोटाका अनुसार फुटसलमा ७४ टीमको सहभागिता रहेको छ । यसैगरी बास्केटबलमा २४ छात्र र ४ छात्राको टीम, भलिबलमा ४८ छात्र र २२ छात्राको टीमको… पुरा पढौ

पोखरा ३१ पचभैयामा खुल्यो ११ करोडको लगानीमा हिमालयन फरेष्ट रिसोर्ट,जलबिद्युतको लगानी रिसोर्टमा

दीननाथ बराल, पोखरा ४, असार, पोखरा महानगरपालिका ३१ बेगनासताल र रुपाताल नजिक पचभैयाको डाँडामा हिमालयन फरेष्ट रिसोर्ट हालै संचालनमा आएको छ । पोखराको मुख्य बजार देखि केही शान्त र तालतलैयाको क्षेत्रमा हरियाली वातावरणमा प्रकृति प्रेमी पर्यटकहरुलाई लक्षित गरी उक्त रिसोर्ट हालै संचालनमा ल्याईएको पोखराका एक युवा व्यवसायी प्रमोद भण्डारीले पोखराक्लिकलाई बताए । पोखराको दोस्रो ठूलो ताल बेगनास, रुपाताल सहितका अन्य ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा दिने उद्धेश्यले आफुले सो क्षेत्रमा उक्त रिसोर्ट सञ्चालन गरेको उनले जनाए… पुरा पढौ

पोखराबाट लागू औषध सहित चार जना पक्राउ

पोखरा, ४ असार, कास्की प्रहरीले ठूलो परिमाणको लागू औषध सहित पोखराबाट चार जनालाई पक्राउ परेका छन् । असार ३ गते साँझ करिब ६ः०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो, पोखरा शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा–८, सिमलचौरस्थित प्रतिभा मार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । ग १७ प ७२३४ र ग १४ प ३३५९ नम्बरका दुई वटा मोटरसाइकलमा सवार व्यक्तिहरूको साथबाट प्रहरीले २ थान मोबाइल फोन बरामद गरेको उल्लेख… पुरा पढौ

बिद्यालय स्तरिय ह्याण्डवल प्रतियोगितामा छात्र तर्फ पोखरा एकेडेमी र छात्रा तर्फ हिमालयन वोर्डिङ स्कुललाई उपाधि

जया पौडेल,पोखरा ४, असार, पोखरामा आयोजना भएको अन्तर बिद्यालय स्तरिय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगितामा छात्र तर्फ पोखरा एकेडेमी र छात्रा तर्फ हिमालयन वोर्डिङ स्कुलले उपाधि जितेका छन् । पोखरा रंगशालामा हालै सम्पन्न भएको उक्त प्रतियोगितामा छात्र तर्फको फाइनल खेलमा पोखरा एकेडेमीले हिमालयन वोर्डिङ स्कुललाई र छात्रा तर्फको फाइनल खेलमा भने हिमालयन वोर्डिङ स्कुलले माउण्ट अन्नपूर्ण माविलाई पराजित गर्दै उपाधि जितेका हुन् । छात्र तर्फ पोखरा लर्नस एकेडेमी र छात्रा तर्फ भने गण्डकी बोर्डिङ स्कुल तेश्रो भएका छन् । विजेता… पुरा पढौ

This will close in 20 seconds