
पोखरा, ४ असार,
कास्की प्रहरीले ठूलो परिमाणको लागू औषध सहित पोखराबाट चार जनालाई पक्राउ परेका छन् । असार ३ गते साँझ करिब ६ः०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो, पोखरा शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा–८, सिमलचौरस्थित प्रतिभा मार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
ग १७ प ७२३४ र ग १४ प ३३५९ नम्बरका दुई वटा मोटरसाइकलमा सवार व्यक्तिहरूको साथबाट प्रहरीले २ थान मोबाइल फोन बरामद गरेको उल्लेख गरेको छ ।
पक्राउ पर्नेहरूमा निम्न व्यक्ति रहेका छन् ।
– मनोज रेग्मी, २८ वर्ष, स्थायी ठेगानास् पुतलीबजार नगरपालिका–५, स्याङ्जा, हालस् रत्नचोक, पोखरा–७
– राज बहादुर पौडेल, २८ वर्ष, पोखरा–१७, घारिपाटन
– राजेश बहादुर पौडेल, २८ वर्ष, पोखरा–१७, घारिपाटन
– रोज कुँवर, २३ वर्ष, पोखरा–७, रत्नचोक
प्रहरीका अनुसार, पक्राउ परेकाहरूलाई लागूऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




