
दीननाथ बराल,
पोखरा ४, असार,
पोखरा महानगरपालिका ३१ बेगनासताल र रुपाताल नजिक पचभैयाको डाँडामा हिमालयन फरेष्ट रिसोर्ट हालै संचालनमा आएको छ । पोखराको मुख्य बजार देखि केही शान्त र तालतलैयाको क्षेत्रमा हरियाली वातावरणमा प्रकृति प्रेमी पर्यटकहरुलाई लक्षित गरी उक्त रिसोर्ट हालै संचालनमा ल्याईएको पोखराका एक युवा व्यवसायी प्रमोद भण्डारीले पोखराक्लिकलाई बताए ।

पोखराको दोस्रो ठूलो ताल बेगनास, रुपाताल सहितका अन्य ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा दिने उद्धेश्यले आफुले सो क्षेत्रमा उक्त रिसोर्ट सञ्चालन गरेको उनले जनाए । रिसोर्टमा डिलक्स देखि सुइट सम्म गरी पहिलो चरणमा २१ वटा रुमहरु रहेको बताउदै संचालक भण्डारीले उक्त रुमको २ हजार देखि ३ हजार ५ सय रुपैयामा हाल उपलब्ध गराएको बताए ।

पोखराको लेकसाइडबाट ट्रेकिङ व्यवसाय सुरु गर्दै अध्यापन सहित जलबिद्युतमा समेत लगानी गरेका भण्डारीले विभिन्न काम र अनुभव सहित जलबिद्युतको लगानीबाट आएको प्रतिफललाई उचित सदुपयोग गर्दै रिसोर्टमा लगानी गरेको सुनाए । करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोटमा हाल ११ जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन् । ज्योति बिकास बैंकको ऋणमा उक्त रिसोर्ट विगत ३ बर्षको अन्तरालमा निर्माण गरिएको उनले बताए । उक्त रिसोर्टमा १० करोड ८० लाख लगानी भएको बताउदै संचालक भण्डारीले एकै रातमा ६० जना पाहुनालाई व्यबस्थान गर्न सकिने दाबी गरे ।
आफ्नो रिसोर्टमा खानामा कुनै समसया नहुने दाबी गर्दै उनले एक पटक प्रयोग भउर बचेको तेल पुनः प्रयोग नगर्ने दाबी गर्दै मानव स्वास्थ्य जस्तो सम्बेधनशिल बिषयमा आफुहरु निकै गम्भिर हुने तर्क गरे । उक्त रिसोर्टबाट बेगनासताल र रुपाताल सहित मौसम खुल्दा माछापुच्छ«े, अन्नपूर्ण, गणेश लगायतका हिमश्रृखला देख्न सकिने रिसोर्टका स्वतन्त्र संचालक थीरभद्र कंडेलले जनाए ।
ताल, हिमाल, वन जङ्गल, चरा चुरुङगी लगायत प्राकृतिक सम्पदाको दृश्यावलोकनका लागि पर्यटक पचभैया पुग्ने गरेको उनले जनाए । पोखराको व्यस्त दैनिकी र कोलाहल छलेर शान्त रात बिताउन पर्यटक बेगनास क्षेत्रमा आउने गरेको कंडेलले दाबी गरे । बेगनास क्षेत्रमा राज्यले भने पूर्वाधार निर्माणमा कन्जुसाई गरेको उहाँको गुनासो थियो।
रिसोर्टको औपचारिक उद्घाटन भने केही समय पश्चात गर्ने भएको छ । पोखराको बैदाममा विगत १८ वर्षदेखि अन्य व्यवसाय गर्दै आएका भण्डारीले रिसोर्टमा पहिला ेपटक लगानी गरेका हुन् । शिक्षण पेसामा रहँदा पचभैया मन परेपछि जग्गा किनेको र अहिले सोही ठाउँमा रिसोर्ट संचालनमा ल्याएका हुन् ।
उक्त क्षेत्रमा होमस्टे देखि होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । लेखनाथ होटल तथा रेष्टुराँ एसोसिएसनका अध्यक्ष वीरभद्र कँडेलले त्यस क्षेत्रमा १ सय ३७ होटल तथा रेष्टुराँ व्यवस्था सञ्चालन रहेको बताए । एके रातमा आफुहरुले ४ हजार पर्यटक व्यबस्थापन गर्न सकिने दाबी गरे ।
ठूलो लगानीका रुपाकोट रिसोर्ट, बेगनास रिसोर्टलगायतका रिसोर्ट तथा होटलले स्वदेशी र विदेशी पर्यटकलाई आतिथ्य सेवा दिँदै आएका छन् । प्राकृतिक सुन्दरता, मठमन्दिर, जातजातिको विविधतापूर्ण बसोबास, मौलिक संस्कृति, रहनसहन, स्थानीय उत्पादन आदिले बेगनास क्षेत्रमा पर्यटकलाई आकर्षण गरेको स्थानिय दामोदर भक्त थापाले बताए । पोखराको पृथ्वीचोकदेखि १४ किलोमिटर टाडाको दुरीमा रहेको छ भने तालचोकदेखि साढे ३ किमी यात्रापछि बेगनास पुग्न सकिन्छ । बेगनास क्षेत्रमा स्तरीय सडक पूर्वाधार र बसपार्कको भने समस्या छ । तालचोक–बेगनास सडक विस्तार सुस्त गतिमा हुँदा पर्यटन क्षेत्र मारमा परेको पर्यटन व्यवसायीहरूको गुनासो छ ।
विश्व बैंकको लगानीमा पोखरा महानगरपालिकाको बिषेश सडक योजना अन्र्तगत हाल पोखरा तालचोक देखि बेगनास सडक निर्माण कार्य जारी रहेको पोखराका मेयर धनराज आचार्यले बताए । एसिया स्तरकै र नेपालकै नमुना सडक सडकमै बस पकेट क्षेत्र समेत हुने गरी ४ लेनको उक्त सडक निर्माण कार्य हाल जारी रहेको उनले जनाए ।





