समाज

अभियानमा हर्पिंक, फिनेल र झोल साबुन बनाउने तालिम सम्पन्न

पोखरा, ९ असार, पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटन मार्गस्थित अभियान महिला समुहले आफना सदस्यहरुको लागि आयोजना गरेको हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम सम्पन्न गरेको छ । आफनो समूहमा आबद्ध सदस्यहरुलाई स्वरोजगार बनाउने उदेश्य सहित सिप सिकै र आत्मनिर्भर बनौ भन्ने नारा सहित पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा आईतबारदेखि सुरु दुर्ई दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा समुहमा आवद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको समुहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिईन । तालिम पछि सिकेका… पुरा पढौ

पीसीएममा रोजगार तथा इन्टनसीप मेला सम्पन्न, २ सय जना लाभान्वित

पोखरा, ९ असार, पोखरा ३ नदिपुरमा रहेको पोखरा कलेज अफम्यानेजमेन्ट (पीसीएम) ले वार्षिक कार्यतालिका अनुरूप सञ्चाल नगरिएको एक सातालामो कार्यक्रम अन्तर्गत “पीसीएममा रोजगार तथा इन्टनसीप मेला“सम्पन्न भएको छ । उक्त मेलामा बैंक, उत्पादन, सूचना तथा प्रविधि, व्यापार जस्ता विभिन्न क्षेत्रका २० प्रतिष्ठित संस्थाहरूको सहभागिता रहेको थियो । बिबिए र बीसीएसआईटी अध्ययनरत करिब २ सय जना विद्यार्थीहरूले मेलाबाट प्रत्यक्ष लाभ उठाएको कलेजले विश्वास व्यक्त गरेको छ । मेलाको प्रमुख आकर्षणहरूमा सीभी प्रस्तुति, अन्तर्वार्ता, करियर परामर्श लगायत रहेका थिए । कलेज प्रमुख… पुरा पढौ

ट्रेकिङ गाइड प्रशिक्षार्थीलाई मेथलाङ्को भिरमा रक क्लाइम्बिङ तालिम

पोखरा, ९ असार, पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइड प्रशिक्षार्थीहरुलाई पोखरामा रक क्लाइम्बिङ तालिम दिइएको छ । साहसिक गन्तब्यको रुपमा विकास भइरहेको गण्डकी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइडलाई रक क्लाइम्बिङ तालिम दिइएको हो । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पोखरामा पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ । सोही तालिममा सहभागिलाई भिरमा रक क्लाइम्बिङको तालिम… पुरा पढौ

गण्डकी प्रदेशसभा हलमा बजेटको किताब च्यात्दै सांसद जुग्जालीको आक्रोश ः ‘यो अन्यायको दस्तावेज हो’

दीननाथ बरालपोखरा, असार ९, गण्डकी प्रदेशसभामा सोमबार एक असाधारण दृश्य देखियो, जब नेकपा (माओवादी केन्द्र) का सांसद तथा गण्डकीका पूर्व भौतिक पूर्वाधार मन्त्री रेशम बहादुर जुग्जालीले सदनको रोष्ट्रमबाटै बजेटको पुस्तक च्यात्दै सरकारको बजेटप्रति तीव्र असन्तुष्टि पोखे। सभामुख समक्ष अनुमति माग्दै उनले उक्त बजेट च्यातेका हुन् । विशेषगरी म्याग्दी जिल्लालाई अत्यन्त न्यून बजेट विनियोजन गरिएको भन्दै उनी असन्तुष्ट मात्रै होइन, आक्रोशित हुदै भौतिक पूर्वाधार मन्त्रालयले म्याग्दीका लागि साढे ३ करोड मात्र बजेट विनियोजन गरेको भन्दै उनले प्रश्न उठाए, “म्याग्दीको भूगोल थाहा… पुरा पढौ

रूपा गाउँपालिकाले ४८ करोड ५५ लाखको बजेट सार्वजनिक गर्‍यो

पोखरा, असार ९ कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले आइतबार गाउँसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। उपाध्यक्ष गुरुङका अनुसार बजेटमध्ये ३३ करोड ३४ लाख ४८ हजार रुपैयाँ चालु खर्चका लागि र १५ करोड २० लाख ५७ हजार रुपैयाँ पूँजीगत तर्फ विनियोजन गरिएको छ। बजेटको मुख्य स्रोतमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, ससर्त तथा समपुरक अनुदान गरी करिब ४० करोड… पुरा पढौ

पोखराको बजेट ल्याउदा मिलेन तालमेल…हल पनि खाली जस्तै..

पोखरा, क्षेत्रफलका हिसावले देशकै ठुलो पोखरा महानगरपालिकाले आइतबार बजेट सार्वजनिक गर्दा केही तालमेल मिलाउन नसक्दा आलोचित हुनु परेको छ । संविधान त यही असार १ गते भित्र प्रदेश सरकारले बजेट ल्याएसंगै असार १० गते भित्र बजेट ल्याउनु पर्ने बाध्यतामा रहेको महानगरले यसपाली भने ८ गते नै बजेट ल्याउदा हतार हतारमा ल्याउदा कतै तालमेल नमिलेको देखियो । बजेट भाषणमा राम्रो तालमेल नमिल्दा भाषणमा केही समस्या भएको थियो । कार्यक्रममा सार्वजनिक गरिएको बजेट तथा कार्यक्रम एवं रकम समेत फरक पर्न गएको छ… पुरा पढौ

विपन्न तथा मध्यम बर्गका व्यक्तिको आवास निर्माण तथा मर्मत संभार कार्यका लागि सहुलियत ब्याजदरमा प्रति व्यक्ति ८ लाख प्राप्त हुने,

पोखरा ८, असार, पोखराका विपन्न तथा मध्यम आय भएका परिवारको आवास निर्माण तथा मर्मत संभार कार्यका लागि सहुलियत ब्याजदरमा प्रति व्यक्ति ८ लाख उपलब्ध गराउने भएको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा आर्थिक बर्ष २०८२÷०८३ बजेट तथा कार्यक्रमः आइतबार प्रस्तुतः गर्दै पोखराका उपमेयर मन्जुदेवि गुरुङले उक्त योजना सार्वजनिक गरेकी हुन् । उक्त शिर्षकमा कति बजेट विनियोजन भएको सोको बिषयमा उहाँले बजेटमा खुलाउनु भएन त्यसको लागि केही दिन पनि सार्वजनिक हुने रातो कितावमै हेर्नु पर्ने भएको छ । समग्र सामाजिक… पुरा पढौ

कुकुर सुचिकृत गर्नुहोस, सुरक्षित रहनु होस–अध्यक्ष शाही

गण्डकी, ८ असार ः पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कुकुर वडा कार्यालयमा सुचिकृत गरि रेविजको सुई लगाएर सुरक्षित रहन वडावासीलाई आग्रह गर्नुभएको छ । सनराईज टोल विकास संस्था पोखरा १७ को दोश्रो बार्षिक साधारण सभाको आज उद्घाटन गर्दै उहाँले वडामा सुचिकृत भएका घरपालुवा कुकुरलाई वडाले निशुल्क रेविजको सुई लगाउने व्यवस्था गरेको जानकारी दिनुभयो । वडामा दर्ता शुल्क सय रुपैया लाग्ने गरेको बताउँदै उहाँले सुचिकृत भएका कुकुरलाई ुपशुसेवा केन्द्रमार्पmत रेविजको सुई लगाउदै आएको वताउनुभयो । शोखका… पुरा पढौ

प्रतिभा ‘फुटसल’ को उपाधि स्टेप वाइ स्टेपलाई

पोखरा, असार ८, पोखरा–३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले आयोजना गरेको फुटसल प्रतियोगिताको उपाधिस्टेप वाई स्टेपको टिमले हात पारेको छ । उपाधिसँगै स्टेप वाई स्टेपले २० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी जितेको छ । स्टेप वाई स्टेपले टाइ ब्रेकरमा २–१ गोल अन्तरमा टिम १० लाई पराजित गरेको छ । निर्धारित समय २–२ गोल अन्तरले बराबरी भएपछि खेल टाई ब्रेकरमा जाँदा स्टेप वाई स्टेपले जित हात पारेको हो । उपविजेता टिम १० ले नगद १० हजार रुपैयाँ र ट्रफी हात पारेको… पुरा पढौ

रेवान पोखराद्वारा आयोजित तीन तालिम सम्पन्न

असार ८,पोखरा, रेवान पोखराको आयोजनामा विभिन्न तीनवटा तालिमहरू सम्पन्न भएका छन् । रेवान पोखरा मातहतका विभिन्न रेस्टुरेन्टमा कार्यरत ६५ जना कर्मचारीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सम्पन्न बारिष्टा पुनर्ताजगीमा २५ जना, इन्डियन कुजिन तालिममा २० जना र कन्टिनेन्टल कुजिन तालिममा २० जनाको सहभागिता रहेको थियो । उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी तथा इन्स्योरेन्स परियोजनाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । तालिमका सहभागीहरूलाई एक समारोहका बीच प्रमाणपत्र वितरण गरिएको छ । उनीहरूलाई समापन समारोहका प्रमुख अतिथि… पुरा पढौ

This will close in 20 seconds