विपन्न तथा मध्यम बर्गका व्यक्तिको आवास निर्माण तथा मर्मत संभार कार्यका लागि सहुलियत ब्याजदरमा प्रति व्यक्ति ८ लाख प्राप्त हुने,

-


     पोखरा क्लिक     
     असार ८ गते २०८२ मा प्रकाशित


पोखरा ८, असार,

पोखराका विपन्न तथा मध्यम आय भएका परिवारको आवास निर्माण तथा मर्मत संभार कार्यका लागि सहुलियत ब्याजदरमा प्रति व्यक्ति ८ लाख उपलब्ध गराउने भएको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा आर्थिक बर्ष २०८२÷०८३ बजेट तथा कार्यक्रमः आइतबार प्रस्तुतः गर्दै पोखराका उपमेयर मन्जुदेवि गुरुङले उक्त योजना सार्वजनिक गरेकी हुन् ।

उक्त शिर्षकमा कति बजेट विनियोजन भएको सोको बिषयमा उहाँले बजेटमा खुलाउनु भएन त्यसको लागि केही दिन पनि सार्वजनिक हुने रातो कितावमै हेर्नु पर्ने भएको छ । समग्र सामाजिक विकासका कार्यक्रमहरु संचालनको लागि ३ करोड ८५ लाख रुपैया बजेट विनियोजन भएको उपमेयर गुरुङले सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।