पीसीएममा रोजगार तथा इन्टनसीप मेला सम्पन्न, २ सय जना लाभान्वित

-


     पोखरा क्लिक     
     असार ९ गते २०८२ मा प्रकाशित


पोखरा, ९ असार,

पोखरा ३ नदिपुरमा रहेको पोखरा कलेज अफम्यानेजमेन्ट (पीसीएम) ले वार्षिक कार्यतालिका अनुरूप सञ्चाल नगरिएको एक सातालामो कार्यक्रम अन्तर्गत “पीसीएममा रोजगार तथा इन्टनसीप मेला“सम्पन्न भएको छ । उक्त मेलामा बैंक, उत्पादन, सूचना तथा प्रविधि, व्यापार जस्ता विभिन्न क्षेत्रका २० प्रतिष्ठित संस्थाहरूको सहभागिता रहेको थियो ।

बिबिए र बीसीएसआईटी अध्ययनरत करिब २ सय जना विद्यार्थीहरूले मेलाबाट प्रत्यक्ष लाभ उठाएको कलेजले विश्वास व्यक्त गरेको छ । मेलाको प्रमुख आकर्षणहरूमा सीभी प्रस्तुति, अन्तर्वार्ता, करियर परामर्श लगायत रहेका थिए । कलेज प्रमुख लीनानेगी श्रेष्ठले यस्ता मेलाहरूलेकलेज,विद्यार्थी र सम्बन्धित संस्थाबीचको सम्बन्ध मजबुत बनाई विद्यार्थीले प्राप्त गरेको ज्ञानलाई व्यवहारमा उतार्न र करियर निर्माणमा सहयोग पु¥याउने बताउनुभयो ।

कलेजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत “डेमो प्रेस मिट“ यस अघि नै सम्पन्न भइसकेको छ भने आगामीे ११ असार मा कलेज प्राङ्गणमा “पीसीएम फेस्ट २०२५“ आयोजना हुने जानकारी गराइएको छ। फेष्टमा विद्यार्थीहरूले विभिन्न प्रतिभा प्रदर्शन गर्नेछन् भने राष्ट्रिय चर्चित रकहेड्स ब्याण्डको प्रस्तुति पनि रहनेछ। त्यसैगरी सप्ताहन्तमा “आइडिया पिच प्रतियोगिता“पनिआयोजना गरिने छ। सन् २००२ मा स्थापनाभएको पोखरा कलेज अफम्यानेजमेन्ट, पोखरा विश्वविद्यालयसँग सम्बद्ध संस्थाको रूपमा बिबिए, बिबिए फाइनान्स तथा बीसीएस आईटी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।



This will close in 20 seconds