
पोखरा, १३ असार,
पोखरा १७ मा रहेको फिस्टेल एकेडेमी आई.बी.वल्र्ड स्कुलले एसइई २०८१ मा सहभागी भएका विद्यार्थीहरूका बिच विभिन्न खेलकुद तथा सिर्जनात्मक प्रतियोगिता सम्पन्न गरेको छ । यही असार १० गतेबाट सुरु भएको सेभेन ए साइड छात्र फुटबल प्रतियोगितामा वेलनन समूहले पोखरा टप्स समूहलाई ७–२ गोलले पराजित गर्दै च्याम्पियन बन्यो ।
विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित रु. बिस हजार हात पार्दा उपविजेता पोखरा टप्सले ट्रफी, मेडल र प्रमाणपत्रसहित रु. दश हजार हात पा¥यो ।यस प्रतियोगितामादेशभरका विभिन्न जिल्लाबाट जम्मा ३६ टिम सहभागीभएका थिए । छात्र बास्केटबलतर्फ फिस्टेल समूहले बेनपा समूहलाई १६–१०स्कोरमा पाखा लगाई विजेता बन्यो भने बेनपा समूहउपविजेता बन्यो । यस्तै छात्रा बास्केटबलमा फिस्टेल समूहले अमिची समूहलाई ६–४ स्कोरका साथपराजित गरी विजेता भयो भने अमिची समूह उपविजेता बन्न पुग्यो ।यी दुवै खेलकाविजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथ रु. दश हजार नगद हात पारे भने उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथ रु. पाँच हजार हात पारे ।
यसै गरी सिर्जनात्मक प्रतियोगिताअन्तर्गत भएको वेभ डिजाइन प्रतियोगितामा रियोग पनेरु, सुदीप लामिछाने र सक्षम पहारीले क्रमशः प्रथम, द्वितीय र तृतीय बने । विज्ञान तथा गणित ओलम्पियाडतर्फ विष्णुप्रसाद पहारी र सम्राट पौडेलको समूह प्रथम बन्दा विराज सुवेदी, रिजन पोडेल र विकल न्यौपानेको समूह द्वितीय बन्यो । यसैगरी सफलशर्मा, रवि गौतम र अनुपम पराजुलीको समूह तृतीय बन्यो । यस्तै डिजाइन थिङ्किङ च्यालेन्जमा सक्षम पहारी, सङ्घर्ष कार्की, सुदीप लामिछाने, समीप थापा र सुमन ढुङ्गानाको समूह प्रथम बन्दा स्वरूप तिवारी, दर्शन तिवारी, आगमन बराल, दर्शन अधिकारी र आरभ बरालको समूह द्वितीय भन्यो भने एन्जिला थापा, सम्पदा कार्की, अदिती पौडेल, सुयाना गौतम र स्वीकृति श्रेष्ठको समूहले तृतीय स्थान प्राप्त ग¥यो । सिर्जनात्मक प्रतियोगिताअन्तर्गतका सबै विजेता विद्यार्थीहरूले पुरस्कारका साथमा विभिन्न प्रकारका छात्रवृत्तिहरू समेत प्राप्त गरे ।
गण्डकी प्रदेशमै पहिलो वल्र्ड स्कुल फिस्टेल एकेडेमीले विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन तथा खेलप्रति विद्यार्थीको आकर्षण बढाउन यस प्रकारको कार्यक्रम आयोजना गरेको कुरा विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी दिए । पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै उनले अबका विद्यार्थीमा शैक्षिकविकासका साथसाथै सर्वाङ्गीण विकास हुनुपर्नेमा जोड दिए । यस किसिमको वातावरण निर्माणमा फिस्टेल एकेडेमी सफल रहेको भन्दै यी सबै विद्यार्थीहरूलाई कक्षा ११ मा स्वागतगर्न आफू आतुर रहेको बताए ।





