समाज

पोखराका मेयर आचार्य डिस्चार्ज भएसंगै धन्यवाद व्यक्त गर्नुभयो

पोखरा, पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा गर्ने क्रममा यही फागुन ३ गते बेलुन फुटेर अर्थमन्त्री बिष्णु प्रसाद पौडेल सहित पोखराका मेयर धनराज आचार्य घाइते हुनु भएकोमा हाल उहाँ अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । केही दिन अघि किर्तिपुर अस्पताल, काठमाडौंबाट मन्त्री डिसचार्ज हुनु भएको थियो भने आज विहिबार मेयर आचार्य डिसचार्ज हुनु भएको उहाँको सचिवालयले जनाएको छ । डिस्चार्ज भएसंगै उहाँले पोखरा महानगरको फेसवुक पेजमा घटनाको बारेमा जानकारी गराउदै धन्यवाद समेत दिनु भएको छ । उहाँले राखेको फेसवुक… पुरा पढौ

पुम्दीकोटमा महायज्ञमा जारी, विदेशी पर्यटक पनि रमाउदै महायज्ञमा

दीननाथ बराल,पोखरा ८, फागुन, पोखराको नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोट बिशाल महादेवको मुर्ति परिसरमा श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिमा जारी रहेको छ । महायज्ञको दोश्रो दिन विहिबार विदेशी पर्यटक सहित भक्तजनहरुको उल्लेखनिय सहभागिता रहेको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवं मुल समारोहका संयोजक चन्द्रकान्त बरालले बताउनु भयो । महायज्ञमा भारतीय एवं तेश्रो मुलुकका पर्यटकहरु समेत सहभागि हुदै भजन चुड्कामा नृत्य समेत प्रस्तुतः गर्नु भएको थियो । समितिले यस बर्ष आयोजना गरेको महायज्ञमा पनि पोखरा बजार देखि पुम्दीकोटसम्म निःशुल्क बस सेवा… पुरा पढौ

भद्रकाली माविमा सभाहल तथा पुस्तकालय निर्माण हुने

पोखरा, ८ फागुन, पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा सभाहल र पुस्तकालय निर्माणका लागि प्रतिनिधि सभाका सासंद शिव नेपालीले वुधवार शिलान्यास गरे । संघिय सरकारवाट स्वीकृत एक करोड रकमबाट सभाहल निर्माण गर्न लागिएको हो । सासंद तथा भद्रकली माविका भूपू विद्यार्थी शिवले कक्षा ४ सम्म अध्ययन गरेको विद्यालयमा समन्वय गरी बजेट पार्न सफल भएकोका खुशी व्यक्त गरे । भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकवहादुर कार्कीले स्कूलको विगत देखी वर्तमान सम्मको चर्चा गरे । विद्यालयका प्रधानाध्यापक यदुराज… पुरा पढौ

पर्यटन प्रवर्द्धनका लागि टान गण्डकीको पहल

पोखरा, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० गण्डकीले पर्यटन प्रवर्द्धनका लागि पहल गरिरहेको छ । यसै सन्दर्भमा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यसहित पदाधिकारीहरूको टोलीले हालै काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन सचिव विनोद प्रकाश सिंह, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी, उपाध्यक्ष कमल सापकोटा, वरिष्ठ अधिकृत कुन्दन मिश्र तथा टान केन्द्रका अध्यक्ष सागर पाण्डेसँग भेटघाट तथा छलफल गरेको छ। भेटका क्रममा टान गण्डकीले पोखरालाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार, सेवा तथा व्यवस्थापनका चुनौतीबारे… पुरा पढौ

सार्वजनिक शिक्षा सुदृढीकरणमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध मन्त्री थापा

पोखरा , गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुणस्तरीय, समावेशी, प्रविधिमैत्री तथा व्यावसायिक शिक्षा प्रणाली निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। विहिबार पोखरामा एनसिई नेपालद्वारा आयोजित “गण्डकी प्रदेश स्तरीय सार्वजनिक शिक्षा सम्मेलन २०८१” लाई सम्बोधन गर्दै मन्त्री थापाले शिक्षा सुधारका लागि नीति निर्माण मात्र नभई प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे । उनले प्रदेशभर सार्वजनिक शिक्षाका अवसर, चुनौती तथा आवश्यक रणनीतिबारे गहन छलफल गरिएको जानकारी दिए ।“शिक्षा कुनै एक संस्था वा निकायको मात्र… पुरा पढौ

सामुदायिक विकास समाजको रक्तदान कार्यक्रमबाट १०५ युनिट रंक्त संकलन

पोखरा, पोखरा लामाचौरमा रहेको नव आदर्श सामुदायिक विकास समाजले आयोजना गरेको रक्तदान कार्यक्रमबाट १०५ युनिट रंक्त संकलन भएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसका दिनको अवसरमा समाजको वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान आयोजना गरिदै आएकोमा यस वर्षको रक्तदान कार्यक्रम २५ औं संस्करणको भएको संस्थाका अध्यक्ष दिनेश भण्डारीले बताए । पोखरा महानगरपालिका वडा नं. १६ वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले रक्तदाता एवं संस्थाका पूर्व अध्यक्ष द्वय बुद्धिबहादुर खत्री क्षेत्री र… पुरा पढौ

समाचारको प्रभावःपोखरा रंगशालामा हुने तयारी गरिएको विराट चक्र विज्ञान कार्यक्रमः स्थगित

दीननाथ बराल,पोखरा ७, फागुन, चौतर्फी दबाबका बाबजुत यही फागुन ११ गतेदेखि १७ गतेसम्म पोखरा रङ्गशालामा हुने भनिएको विराट चक्र विज्ञानको कार्यक्रम स्थगित भएको छ । दुई दिन अघि यस पोखराक्लिक डटकमले प्रकाशन गरेको पोखरा रंगशालामा खेल मैदान अन्य कार्यक्रमलाई दिन दबाब, फुटवल प्रशिक्षण नै स्थगित शिर्षकमा प्रकाशन गरे पछि समाचार प्रभावका कारण आज (बुधबार) उक्त कार्यक्रम चौतर्फी दबाब आएसंगै स्थगित भएको हो । उक्त कार्यक्रमः अब हाल पोखरा रंगशालमा नहुने भएको छ । पोखरा रंगशालाको बैकल्पिक फुटवल (प्रशिक्षण) मैदान माचार… पुरा पढौ

पुम्दीकोटमा महायज्ञ सुरु (भिडियो सहित), सिसाको पुल निर्माण र ताण्डव नृत्य सहितको परियोजना महायज्ञबाट पूरा गर्ने लक्ष्य

दीननाथ बराल,पोखरा ७, फागुन, पछिल्लो समयमा धार्मिक एवं पर्यटनको चर्चीत गन्तव्यको रुपमा रहेको बिशाल महादेवको मुर्ति परिसरमा आज (बुधबार) देखि श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिमा २०८१ सुरु भएको छ । पुम्दीकोटमा साँझमा लेजरलाइट मार्फत शिवको मुर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य तथा महादेवको जीवन लीला सहितको बृत्तचित्र प्रर्दशन गर्ने र सिसाको पुल निर्माण गर्ने लगातका उद्धेश्यले बुधबार देखि पुम्दीकोट कोट विकास समितिको आयोजनामा उक्त महायज्ञ सुरु भएको समितिले जनाएको छ । https://www.youtube.com/watch?v=FyGlxsWD0KU उक्त भौतिक संरचना निर्माण भएमा पुम्दीकोट आउने… पुरा पढौ

फागुन ९ गते पोखरामा राप्रपाको विरोध सभा

पोखरा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशले फागुन ९ गते पोखरामा विरोध सभा कार्यक्रम गर्दैछ । केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा राप्रपाले पोखरामा विरोध सभा गर्न लागेको हो । नविन समझदारीमार्फत मुलुकलाई निकास दिने उद्देश्यले विरोध सभा आयोजना गरिएको राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए । पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष गुरुङले भ्रष्ट्राचार र कुशासनको भण्डारफोर गर्न विरोध सभा आयोजना गरिएको बताए । ‘हामीले ४२ बुँदै ज्ञापनपत्र बुझायौं । प्रधानमन्त्रीदेखि स्थानीय तह, जिल्लामा गएर ज्ञापनपत्र बुझाइसकेका छौं ।… पुरा पढौ

पोखराको सेदीमा प्रहरी बिटको उद्याटन

पोखरा महानगरपालिकाको सेदीमा प्रहरी बिटको उद्याटन गरिएको छ । कास्की पोखरा महानगरपालिका वडा नम्बर १८ सेदीमा एनपिआर सिसिटीभी जडित नवनिर्मित प्रहरी विटको गण्डकी प्रदेश प्रहरी प्रमुख (डिआइजी) प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावलले उद्याटन गरेका हुन् । उद्याटन कार्यक्रममा बोल्दै रावलले पर्यटकीय नगरी पोखरामा शान्ती सुरक्षा कायम गर्न प्रविधिको साथ आवश्यक रहेको बताए । पोखरा महानगरपालिका वडानम्बर ६ का सदस्य रमेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलिया, सामुदायिक सेवा केन्द्र जिल्ला… पुरा पढौ