
दीननाथ बराल,
पोखरा १४, असार,
पोखराको सिर्जना बहिरा आवासीय माध्यमिक बिद्यालयका सबै बिद्यार्थी यस बर्षको एसईई परिक्षामा शतप्रतिशत उर्तिण हुनु भएको छ । यस बर्ष २० जना बिद्यार्थीहरुले एसईई परिक्षामा सहभागि भएकोमा सबै बिद्यार्थीहरु उत्र्रिण भएको बिद्यालयका प्रध्यानाध्यापक सुनिल भण्डारीले पोखराक्लिकलाई बताउनु भयो ।
३.० देखि बी प्सलसम्म ल्याएर भए पनि सबै बिद्यार्थीहरु यस बर्षको एसईईमा उर्तिण भएकोमा आफुहरुलाई निकै खुसि लागेको बिद्यालयले जनाएको छ । पोखरा–२६ का २० जना विद्यार्थीहरू सबै ग्रेडेड हुन सफल हुनु भएकोमा बिद्यालय परिवारले विद्यार्थीहरूलाई हार्दिक बधाई एवम् उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ । शिक्षक तथा कर्मचारीहरू प्रति विशेष बधाई तथा धन्यवाद समेत ज्ञापन गरिएको छ ।
स्मरण रहोस गत बर्ष बिद्यालयमा १९ दिनको अन्तरालमा दुई वटा घटनाले बिद्यालयका एक छात्र अझै पनि कास्की कारागारमा रहनु भएको छ । बिद्यालयका केही छात्रा माथि यौन दुव्यहार भएको आरोप लागेको छ ।




