भद्रकाली माविका ४ जनाले ल्याए फो जिपिए, ८६ विद्यार्थी उत्तीर्ण

-


     पोखरा क्लिक     
     असार १४ गते २०८२ मा प्रकाशित


पोखरा, असार १४,

पोखरा–१३ स्थित भद्रकाली माध्यमिक विद्यालयका बिद्यार्थीहरुले यस बर्षको एसईई (२०८२) मा ४ जनाले फो जिपिए ल्याउनु भएको छ । सृष्टि अधिकारी, प्रेरना परियार, सिजन ढेवाजु र प्रिया मगरले फो जिपिए ल्याउनु भएको बिद्यालयले जनाएको छ ।

यस बर्षको एसईईमा १ सय जना बिद्यार्थीहरु सहभागि भएकोमा ८६ जना विद्यार्थी उत्तीर्ण हुनु भएको छ, जसमा २० जनाले ३.६० भन्दा माथि ल्याउनु भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार यसपटक ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। २०७८ सालदेखि लागू गरिएको पत्राङ्क प्रणाली अन्तर्गतको यो पाँचौं परीक्षा हो। यस वर्षको एसईई २०७९ चैत ७ गतेदेखि सञ्चालन भएको थियो।