एपिएफले जित्यो प्रथम गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि

-


     पोखरा क्लिक     
     असार १४ गते २०८२ मा प्रकाशित


पोखरा १४, असार,

शसस्त्र प्रहरी वलको एपिएफ क्लवले प्रथम गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि चुमेको छ । पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई फाइनल खेलमा १७ का बिरुद्ध ३१ गोल गरी उपाधि चुमेको हो ।

उपाधिसँगै एपिएफले १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको आर्मीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । शनिबार सेमीफाइनलसँगै तेस्रो स्थान र फाइनल खेल भएका थिए । सेमीफाइनलमा एपिएफले कोशी प्रदेशलाई २३–२ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो । यस्तै आर्मीले गण्डकीलाई २१–१२ ले हराएउँदै फाइनल प्रवेश गरेको थियो ।

फाइनल अघि भएको तेस्रो स्थानको खेलमा कोशीले गण्डकी प्रदेशलाई ११–५ ले हराउँदै नगद ३० हजार रुपैयाँ हात पार्न सफल रह्यो । सान्त्वना भएको गण्डकीले २० हजारमा प्रानप्त गर्यो । १२ गतेदेखी १४ गतेसम्म संचालन भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमति प्रदेश, मधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेश सहभागि थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा घोषित हुनु भयो । यस्तै एपिएफकी संगीता चौधरी उत्कृष्ट गोलरक्षक र एपिएफका शुशिल अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित हुनु भयो । उहाँहरुले जनही नगद ५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र हात पारे ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, ह्याण्डबलका पूर्व मुख्य प्रशिक्षक हिमाल दाहाल, एपिएफ नं ४ बाहिनीपति डिआइजी दीपेन्द्र शाह, वुल्समेन क्लबका सचिव उदिम गुरूङ, भूपू खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरूङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरूङ, ह्याण्डवल संघ गण्डकीका अध्यक्ष केशव पाठक लगायतले नगद, मेडल, ट्रफी तथा प्राणपत्र वितरण गर्नु भएको थियो ।