
दीननाथ बराल,
पोखरा १४, असार,
यस बर्षको एसईई परिक्षा (२०८२) बाट कास्कीका ८ वटा सामुदायिक बिद्यालयका १८ जना बिद्यार्थीले फो जिपिए ग्रेड प्राप्त गर्नु भएको छ । त्यसै गरी कास्कीका २१ वटा नीजि बिद्यालयका ४६ जनाले फो जिपिए ग्रेड प्राप्त गरेका हुन् ।
कास्कीमा यस बर्षको एसईईबाट ६४ जनाले फो जिपिए ग्रेड प्राप्त गर्नु भएको हो । सामुदायिक तर्फ पोखराको अम्मरसिंह नमुना माविबाट सबै भन्दा धेरै ५ जना र नीजि तर्फ भने पोखराको मदरल्याण्ड माविका ११ जनाले फो जिपिए ग्रेड प्राप्त गर्नु भएको बिद्यालयले पोखराक्लिकलाई जनाएको छ ।
त्यसै गरी पोखराको सामुदायिक बिद्यालय जनप्रिय माविबाट ४ जना, पोखराको भन्द्रकालि माविबाट ४ जना, कास्की निर्मलपोखरीको जनचेतना माविबाट १ जना, विन्ध्यवासिनी माविबाट १ जना, छोरेपाटन माविबाट १ जना, लेखनाथको गोगन माविबाट १, र बाल मन्दिरबाट १ जनाले फो जिपिए ग्रेड प्राप्त गरेको बिद्यालयले जनाएको छ ।
त्यसै गरी नीजि बिद्यालय तर्फ शिशु निकेतन बोर्डिङ स्कुलबाट ४ जना, फिस्टेल एकेडेमीबाट ४ जना, गण्डकी बोर्डिङबाट २ जना, डायमण्ड सेकेण्डरी स्कुलबाट २ जना, कास्की मोर्डनाइज एकेडेमीबाट २, भाष्कर मेमोरियल स्कुलबाट २, बिद्या निकेतन माविबाट २ जना, हिमालय बोर्डिङबाट २, शान्ति निकेतन बोर्डिङबाट २, ज्योति कुन्ज सेकेण्डरी स्कुलबाट १ जना, प्रतिभा माविबाट १, कुमुदिनी होम्स माविबाट १, टप्स माविबाट १ जना, सृजना माविबाट १, रेन्वो एकेडेमीबाट १, स्नो भ्यू स्कुल १, गरमाथा निकेतन माविबाट १, गुड्र्स एजुकेशन फाउण्डेसनबाट २ जना र लाविन रेसिडेन्सियलबाट १ जनाले फोजिपिए ल्याउन सफल भएका हुन् ।
पोखराको मदरल्याण्ड स्कुलका ११ जना बिद्यार्थीहरुले यस बर्षको एसईई परिक्षामा फोजिपिए ल्याएको बिद्यालयका प्राचार्य नारायण बरालले बताउनु भयो । गत बर्ष बिद्यालयबाट १० जनाले फो जिपिए ग्रेड प्राप्त गर्नु भएको थियो । त्यस्तै अमरसिंह माविका ५ जना यस वर्ष चार जीपीए ल्याएर उत्तिर्ण भएका छन् । कुल २०३ जनाले परीक्षा दिएकोमा ९३ प्रतिशत विद्यार्थी उत्तिर्ण हुँदा ५ जनाले चार जीपीए ल्याएर उत्तिर्ण भएको विद्यालयका प्राचार्य बलराम पोखरेलले जनाए । सो विद्यालयका अन्य ९८ जनाले ३.६ जीपीए भन्दा माथि, ५६ जनाले ३.२५ जीपीए भन्दा माथि र २७ जनाले २.८१ जीपीए भन्दा माथि र बाँकी ७ जनाले २.४ जीपीए भन्दा माथि ल्याएर उत्तिर्ण भएको उनले बताए ।





