थमन परियार स्मृति प्रतिष्ठानको अध्यक्षमा खाती

-


     पोखरा क्लिक     
     असार १४ गते २०८२ मा प्रकाशित


पोखरा, १४ असार,

थमन परियार स्मृति प्रतिष्ठानको आज शनिबार सम्पन्न एघारौं साधारण सभा तथा छैठौँ अधिवेशनबाट शम्भु खातीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा यज्ञ प्रसाद तिवारी, सचिवमा सन्तोष परियार, कोषाध्यक्षमा संगिता सुनाम निर्वाचित भएका छन् भने सदस्यहरुमा राजु परियार, बिन्दु परियार, सरस्वती परियार निर्वाचित भएका छन् । साथै उक्त कार्यसमितिले सह(सचिव र तीन सदस्य पहिलो बैठकबाट मनोनित गर्ने नवनिर्वाचित सचिव सन्तोष परियारले जनाएका छन् ।

गण्डकी प्रदेश सांसद दम्यन्ती रुचालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गोपाल मणि लामिछानेले गरेका थिए भने संचालन अर्जुन मल्लले गरेका थिए ।
कार्यक्रम पोखरा ( २६ बुढीबजार स्थित होराइजन कटेजमा सम्पन्न भएको थियो ।



This will close in 20 seconds