
पोखरा, १३ असार,
पोखरा–७ मासबारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयले एसइई २०८१ को परीक्षामा नेपालमै उत्कृष्ट नतिजा हासिल गरेको छ । हालसम्म प्राप्त विवरण अनुसार विद्यालयका ११ जना विद्यार्थीले पूर्ण ४ जीपीए ल्याउन सफल भएको बिद्यालय परिवारले जनाएको छ ।
४ जीपीए ल्याउने विद्यार्थीहरूमा अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षि भण्डारी, सभ्य मल्ल र शास्वत रेग्मी रहेको बिद्यालयका विद्यालयका प्राचार्य नारायण बरालले पोखराक्लिकलाई बताउनु भयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष एक जनाले बढी ४ जीपीए ल्याएको उहाँले जनाउनु भयो । अघिल्लो वर्ष १० जनाले ४ जीपीए ल्याएको बरालले स्मरण गर्नुभयो ।
१ सय ६६ जना सहभागी मध्ये ११ जनाले ४ जिपिए १८ जनाले ३.९६ ल्याएका छन् भने १३७ जना विद्यार्थीले ३.६० भन्दा माथिको ग्रेड प्राप्त गरेका छन्। २८ जनाले ३.२०–३.६० बीचको ग्रेड र १ जनाले ३.०५ ल्याउँदै विद्यालयले १०० प्रतिशत सफलता प्राप्त गरेको प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिनुभयो ।
विद्यालयले विगतमा पनि उत्कृष्ट नतिजा ल्याउँदै आएको छ। २०७९ मा २ जना, २०७५ मा ७ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए भने कक्षा १२ को बोर्ड परीक्षामा समेत यहाँका विद्यार्थीले राष्ट्रिय स्तरमै टप गर्ने सफलता प्राप्त गरेका छन्। विद्यालय परिवारले नतिजालाई ‘गर्वको उपलब्धि’ भन्दै विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई धन्यवाद ज्ञापन गरेको छ।





