
पोखरा १३, असार,
पोखराको मदरल्याण्ड स्कुलका ११ जना बिद्यार्थीहरुले यस बर्षको एसईई परिक्षामा फोजिपिए ल्याउनु भएको बिद्यालयका प्राचार्य नारायण बरालले बताउनु भयो ।

त्यसै गरी पोखराको फिस्टेल एकेडेमीका ४ जना बिद्यार्थीले फो जिपिए ल्याउन सफल भएको बिद्यालयका प्रिन्सिपल चिनु रानाभाटले बताउनु भयो ।
त्यसै गरी भद्रकालि माध्यामिक बिद्यालयबाट ४ जनाले फो जिपिए ल्याएको बिद्यालयले बताएको छ । सृष्टि अधिकारी, प्रेरना परियार, सिजन ढेवाजु र प्रिया मगरले फो जिपिए ल्याउनु भएको बिद्यालयका शोभाकान्त सिग्देलले बताउनु भयो ।
जनप्रिय माविका ४ विद्यार्थीले फो जीपिए ल्याएका छन् । दिवस थापा, प्रसन्ना पौडेल, सुशान्त तिवारी र यथार्थ पौडेलले फो जीपिए ल्याएको बिद्यालयले जनाएको छ ।

कास्की सरकारी विद्यालयबाट भद्रकालि र जनप्रिय बिद्यालयबाट चार जना विद्यार्थीले फो जीपिए ल्याएका हुन् ।
त्यसै गरी सृजना बोडिङ स्कुलकी योन्जन माझी, न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयकी प्रकृति घर्ति क्षेत्री, छोरेपाटन माविका श्रेया लामिछाने, जनचेतना माविकी रिपना गिरी, मर्निङ स्टार सेकेन्डरी स्कुल कास्की नौ डाडाँका समिर अधिकारीले फो जीपिए ल्याएको बिद्यालयले जनाएको छ । त्यसै गरी भाष्कर मेमोरीय स्कुलका सौगात लामिछाने र अदिति पौडेलले फो जिपिए ल्याएका छन् ।
पोखराको वालोदय माविका आदिम बाँस्तोलाले समेत फो जिपिए ल्याएको बिद्यालयले उल्लेख गरेको छ ।
त्यसै गरी पोखराको शान्ति निकेतनका निश्चल कोइराला र अनुपम पराजुलीले फो जिपिए प्राप्त गरेको बिद्यालयका प्राचार्य महेश्वर पराजुलीले बताउनु भयो । पोखरा बालोदय माध्यमिक बिदालयका २ जना बिद्यार्थीले फोजिपिए ल्याउनु भएको छ । दिप्सन ढकाल र इशिभा पौडेलले फो जिपिए ल्याउनु भएको बिद्यालयले जनाएको छ ।
त्यसै गरी पोखराको हिमालयन बोर्डिङ स्कुलका २ जना बिद्यर्थीले फो जिपिए ल्याउनु भएको बिद्यालयका प्राचार्य डा.टेकनारायण पौडेलले पोखराक्लिकलाई बताउनु भयो । पोखराको टप्स माविकी रत्ना (व्यास) पौडेलले समेत ४ जिपिए ल्याउनु भएको बिद्यालयका चित्र कुमार गुरुङले बताउनु भयो । त्यसै गरी अन्य बिद्यालयका बिद्यार्थीहरुले समेत फोजिपिए ल्याउनु भएको छ ।
गण्डकी बोर्डिङ स्कूलका २ जना अल्बट रेग्मी र टेन्जिङ डिकि लामाले फो पिपिए ल्याउनु भएको हो । मर्निङ स्टार बोर्डिङ स्कूलका दिपेश परियार, सामुदायिक बिद्यालय अमरसिंह माध्यमिक विद्यालयकी सुजल पौडेल र सेन्ट मेरी स्कूलकी सलिना खड्काले सर्वाधिक फो जिपिए प्राप्त गर्नु भएको छ । प्रतिभा माविका प्रोमिश ढकालले ४ जिपिए ल्याउनु भएको बिद्यालयले उल्लेख गरेको छ ।
त्यसै गरी कुमुदिनी होम्स बिद्यालयबाट सलिना खत्रिले फो जिपिए ल्याउनु भएको बिद्यालय परिवारले जनाएको छ ।







