टिप्परको ठक्करले पोखरामा एक जना गम्भीर घाइते

-


     पोखरा क्लिक     
     असार १३ गते २०८२ मा प्रकाशित


पोखरा,

टिप्परको ठक्करले पोखरामा एक जना गम्भीर घाइते हुनु भएकाे छ । पाेखरा २२ पुम्दी भुम्दीकाे बगालटारीमा टिप्परले ठक्कर दिँदा स्याङ्जा सर्केटारकी ४२ वर्षीया मिना क्षेत्री गम्भीर घाइते हुनु भएको कास्की प्रहरीले जनाएको छ।

पाेखराकाे छाेरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेकाे ग १ ख ३४४५ नम्बरको टिप्परले ग २६ प १२५९ नम्बरकाे स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाईते हुनु भएकाे छ ।

उक्त घटना आज करिब १२:३० बजे भएकाे काे । टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीले पाेखराक्लिकलाई जनाएकाे छ ।