जाउँ है पोखरा अभियानका प्याकेज सार्वजनिक: पोखरा र भैरहवा विमानस्थल संचालनका लागि सरकारलाई एकिकृत दबाव दिइने
भैरहवा, ३० मंसिर । होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान अन्तर्गत भैरहवामा शनिवार आयोजित कार्यक्रममा गण्डकी प्रदेश घुमघामका पर्यटकीय प्याकेज सार्वजनिक गरिएको छ । संघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यसपटक पश्चिम नेपाललाई लक्षित गरी शुक्रबारबाट सुरु भएको अभियान अन्तर्गत संघले ५ वटा प्याकेज सार्वजनिक गरेको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । प्याकेज अन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा(मुक्तिनाथ र पदयात्रा प्याकेज रहेका छन् । होटलमा बस्ने, खाने र घुम्ने…
पुरा पढौ
पोखरा महानगर न्यायिक समितिका सदस्य भावना श्रेष्ठलाई आवश्यक कार्वाहीको लागि अख्तियारमा पठाउने
दीननाथ बराल पोखरा, २९ मंसिर पोखरा महानगरपालिका न्यायिक समिति सदस्य भावना श्रेष्ठलाई आर्थिक लेनदेनमा संलग्न भएको आरोप पुष्टि गर्नको लागि अख्तियारमा पठाउने भएको छ । आर्थिक लेनदेन भएको समाचार बाहिरिए पछि आफै समितिबाट उहाँले राजीनामा दिनु भएको थियो भने पोखरा महानगरपालिका न्यायिक समितिले समेत बैठक बसी उहाँको बिषयमा सत्यतथ्य छानविन गर्न माग गरेको अबस्थामा पोखराका मेयर धनराज आचार्यले उक्त बिषयमा सम्बन्धित निकाय अख्तियारमा पठाउने भएको बताउनु भयो । मेयर आचार्यले आफुहरुले पनि विभिन्न संचार माध्यमबाटै पोखरा ९ का वडा सदस्य…
पुरा पढौ
कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्याउने सरल उपाय खोजौ जि.स.स.कास्की प्रमुख पौडेल
पोखरा ,मंसिर २९ जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले पौडेलले कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्याउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गर्नुभएको छ । अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम नै छोडेर कृषकहरू कर्जा प्रक्रियामा लाग्नुपर्ने गुनासो आएको भन्दै सरोकारवाला मन्त्रालयले यसमा विशेष ध्यान दिएर सरल प्रक्रिया अबलम्बन गर्नुपर्ने उल्लेख गर्नुभयो। प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा ू सहुलियत कृषि कर्जा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको…
पुरा पढौ
बोट बिरुवा रोप्ने लगाव
पोखरा, मंसिर २९ पोखरा आफैमा पनि एउटा प्राकृतिक छटाले भरिपूर्ण ठाउँ, त्यसमा पनि यहाँको शान्त फेवाताल र वरपरको हरियालीले झनै सुनमा सुगन्ध थपेको छ । हरियाली बोटविरुवा नै नहुदो हो त, फेवाताल जस्ता तालतालैया होला त, सायदै कसैले कल्पना पनि गरेका छैनौ । हामी जति यहाँको प्राकृतिक सौन्दर्यतामा हराएका छौँ, यसको उपयोग गरेका छौँ, के हामीले यसलाई संरक्षण र सर्वद्धन गर्ने काममा लागेका छौँ रु सामाजिक काम भन्दै रुख रोप्ने, वृक्षरोपण कार्यक्रममा सहभागि भएर रुख त रोप्यौँ, त्यसको अवस्था के…
पुरा पढौ
१८ औं जेपी क्रस विद्यालयस्तरिय छात्ररछात्रा बास्केटबल पोखरामा सुरु
पोखरा २९, मंसिर १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्र÷छात्रा बास्केटबल पोखरामा शुक्रबारबाट पोखरा रंगशालाको बास्केटबल कोर्टमा सुरु भएको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजना सुरु भएको उक्त प्रतियोगिताको पहिलो दिन छात्रातर्फ ३ र छात्रतर्फ १० गरि १३ खेल सम्पन्न भएका छन् । लिग कम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा छात्रतर्फ फिसटेल एकेडेमीले माउन्ट अन्नपूर्णलाई ४५–१९ को स्कोरले पराजित गरेको छ । फिसटेलले आफ्नो पहिलो खेल हिलपोइन्ट विरुद्ध ३१–२४ ले जितेको थियो । आज नै सम्पन्न अन्य…
पुरा पढौ
३० लाख धरौटीमा छुटे पूर्वगृहमन्त्री बालकृष्ण खाँण
पोखरा २९, मंसिर नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटीमा छुटेका छन्। ७ महिना जेल बसेर उनी शुक्रबार छुटेका हुन्। उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएसंगै खाँणले आइतबार जिल्ला अदालत, काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाए । खाँडलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणले प्रहरीले उनलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।
पुरा पढौ
पोखरा महानगर न्यायिक समितिद्धारा आर्थिक लेनदेनमा संलग्नहरुलाई छानविन गरी कारबाही गर्न माग
पोखरा, मंसिर २९ पोखरा महानगरपालिका न्यायिक समिति सदस्य भावना श्रेष्ठ आर्थिक लेनदेनमा संलग्न भएको भन्ने समाचारप्रति महानगर न्यायिक समितिको गम्भिर भ्यानाकर्षण भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पोखराबाट संचालित विभिन्न सञ्चार माध्यममा प्रशारण र प्रकाशित समाचारमा न्यायिक समिति सदस्य भावना श्रेष्ठ आर्थिक लेनदेनमा संलग्न भएको भन्ने समाचार प्रति न्यायिक समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । समिति सदस्य भावना श्रेष्ठले पोखरा महानगरपालिका वडा नम्वर २६ बस्ने रविनकुमार श्रेष्ठ निवेदक र सोही ठाँउमा बस्ने नविनकुुमार…
पुरा पढौ
पश्चिमाञ्चल माविमा रक्तदान
पोखरा २९, मंसिर गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले ३२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विद्यालय परिसरमा भएको रक्तदानको पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले उद्घाटन गरेका थिए । कार्यक्रममा ३५ यूनिट रगत संकलन भएको थियो । विद्यालयका प्राचार्य सरोज कोइरालाले वार्षिकोत्सव अवसरमा विद्यालयले हरेक वर्ष रक्तदान सहित विभिन्न कार्यक्रम गर्दै आएको बताए । आगामि दिनमा पनि यस्तै सामाजिक कामलाई निरन्तरता दिने उनले बताए । विद्यालयकी सहप्राचार्य मिनु श्रेष्ठ कुँवरले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले रक्तनाथ कार्यक्रम आयोजना…
पुरा पढौ
पोखराको पर्यटन प्रबद्र्धन गर्न जाऊँ है पोखरा अभियान सुरु
दीननाथ बराल पोखरा २९, मंसिर पर्यटन प्रबद्र्धन गर्न महेन्द्रनगरसम्म ६ दिने जाऊँ है पोखरा अभियान सुरु गरिएको छ । होटल सङ्घ पोखरा नेपालले आजदेखि ६ दिने ‘जाऔं है पोखरा अभियान’ शुरु गरेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । पोखराबाट आज एक टोली पोखराको लेकसाइडबाट सिद्धार्थराजमार्ग हुदै भैरहवा प्रस्थान गरेको उहाँले बताउनु भयो । त्यसै गरी टोली नेपालगन्ज, धनगढी हुदैं महेन्द्रनगरसम्म जाने भएको अध्यक्ष सुवेदीले बताउनु भयो । कोभिड–१९ को महामारी र आर्थिक मन्दिले सुस्ताएको पर्यटन क्षेत्रको आन्तरिक पर्यटन प्रवर्धन…
पुरा पढौ
नेपाल भूतपूर्व खेलाडी मञ्चले ग¥यो, आजिवन सदस्यसँग अन्तरक्रिया पोखरा म्याराथनलाई थप स्तरीय बनाउन जोड
पोखरा २९ मंसिर नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्ना आजिवन सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । मञ्चले गर्दै आइरहेको गतिविधि, सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र मृत्यु भएका सदस्यहरुको सम्झना गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । शुक्रबार पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा सम्पन्न भएको अन्तरक्रियामा सहभागिहरुले पोखरा म्याराथनलाई थप स्तरीय बनाउनका लागि जोड दिए । सहभागिहरुले मञ्चका लागि सद्यैँ सहयोग गर्न तयार रहेको र आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा स्वागत गर्दै मञ्चका अध्यक्ष…
पुरा पढौ

