राहत उद्धारमा पोखरा महानगरपालिकाको टोली प्रस्थान
पोखरा १८, कार्तिक राहत उद्धारमा पोखरा महानगरपालिकाको टोली जाजरकोट था रुकुम प्रस्थान गरेको छ । एक महिनाको पारिश्रमिक राहत सहयोगमा रु ५० लाख को राहत सहयोग शुक्रबार राति गएको भूकम्पका कारण सिर्जित ह्दयबिरादक घटनामा राहत तथा उद्धारमा विशेष सहयोग पुर्याउन पोखरा महानगरपालिकाको टिम वडा अध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टिम राहत तथा उद्धारका सामाग्री सहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । २ वटा सानो गाडी र १ ट्रक सहित १७ जनाको उद्धार टोली त्यसतर्फ…
पुरा पढौ
गण्डकी प्रदेश सरकारले चिकित्सक र स्वास्थ्यकर्मी सहितको टोली भुकम्प प्रभावित क्षेत्रमा पठायो
पोखरा १८, कार्तिक गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर बिकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो । प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्री सहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रुकुमपश्चिमा भएको ठुलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन् । ‘विपद्को यस घडीमा भूकम्प…
पुरा पढौ
मधुमेह र टिजी सित्तैमा जाँच
पोखरा, १८ कात्तिक पोखरा–१७, विरौटामा रहेको घारीकुलो बचत तथा ऋण सहकारीको आयोजना शनिबार मधुमेह तथा रगतमा हुने खरा बोसो(टिजी) सित्तैमा जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी बिरौटा शाखाको प्राविधिक सहयोगमा भएको शिविरमा २ सय ७ जनाले सित्तैमा जाँच सेवा लिएका छन् । कार्यक्रममा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले स्वस्थ जीवन सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै रोग लाग्नै नदिन उचित जीवन शैली र बेला बेलामा परीक्षण गर्न आग्रह गरे । रोग लागिहाले समयमै उपचार गर्न र जीवनशैली, खानपिनमा परितर्वन…
पुरा पढौ
सहारा क्लब युकेका संस्थापक अध्यक्ष नवीन गुरुङ नेतृत्वको टोली सहारा एकेडेमीमा
पोखरा, १८ कात्तिक सहारा क्लब युकेका संस्थापक अध्यक्ष नवीन गुरुङसहितको टोलीले सहारा एकेडेमीको भ्रमण गरेको छ । बिहीबार पोखरा–१७, दोबिल्लास्थित सहारा एकेडेमीको अवलोकन गर्दै टोली केही थान फुटबल बल र स्टेसनरी सामग्री सहयोग गरेको छ । सहारा क्लब पोखराका मानार्थ सदस्यसमेत रहेका सहारा क्लब युकेका संस्थापक अध्यक्ष नवीन गुरुङले सहाराको गतिविधिको प्रशंसा गर्दै सहयोग निरन्तर रहने बताए । सहरा क्लब पोखराका नवनिर्वाचित अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु विक्रम थकाली, वीरभद्र आचार्य, हरिराम गुरुङ ९सुरज० लगायतले बोलेका थिए…
पुरा पढौ
जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो
जाजरकोट, १८, कार्तिक गएराति शुक्रवार आएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा महिला ९९ र ५८ जना पुरुष रहेका छन् भने उत्तिकै सङ्ख्यामा घाइते भएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । प्रदेशका जाजरकोट, रुकुम पश्चिम, जुम्ला र दैलेख लगायतको क्षेत्र प्रभावित भएको हो । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी १०५ जना मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । त्यस्तै…
पुरा पढौ
पोखरामा मध्येरातमा भूकम्पको धक्का
पोखरा, १८ कात्तिक । पोखरामा शुक्रबार राति भूकम्पको धक्का महशुस भएको छ । ११ बजेर ४७ मिनेट जादाँ भूकम्पको धम्का महशुस भएको हो । भूकम्पका कारण निद्रामा भएकाहरु पनि उठेर घर बाहिर निस्कीएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको छ । ६.४ म्याग्निच्युड भएको जनाएको छ । भूकम्पको महशुस नेपालीका विभिन्न ठाउँ र भारतमा पनि भएको छ । यस अगाडी कात्तिक ५ गते धादिङ केन्द्र विन्दु बनाएर भूकम्प गएको थियो । बिहान…
पुरा पढौ
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
पोखरा १७ कार्तिक । बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले देशभरिका महिला स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालेको जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ को नियमितरूपमा पहिलो चरणमा यही…
पुरा पढौ
गण्डकी प्रदेशलाई तीन वर्षभित्र लामखुट्टे रहित प्रदेश बनाइने
पोखरा, १६ कात्तिक । गण्डकी प्रदेशलाई तीन वर्षभित्र लामखुट्टे रहित प्रदेश बनाइने भएको छ । बुधबार पोखरामा भएको कार्यक्रममा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले लामखुट्टे रहित प्रदेश बनाउने प्रतिबद्धता जनाएका हुन् । स्वास्थ्य मन्त्रालयले उष्ण प्रदेशीय रोगलाई रोकथाम तथा नियन्त्रणका लागि नीति र योजना तर्जुमा गरेको छ । सहभागीहरुले गर्मी समयमा देखा पर्ने रोग, कीटजन्य रोगको उपचारबारे छलफल गरे । उनीहरुले जलवायु परिवर्तनका कारण नयाँ–नयाँ रोग देखा परेको र पहिलेदेखि भइरहेको रोग विस्तार भएको निष्कर्ष निकालिएको छ । कार्यशालाको गण्डकी प्रदेशकी स्वास्थ्य…
पुरा पढौ
गण्डकी प्रदेशमा खुल्यो १००२ जनालाई जागिर
पोखरा, १६ कात्तिक । गण्डकी प्रदेश लोक सेवा आयोगले एकै पटक ठुलो संख्यामा कर्मचारीका लागि विज्ञापन खुलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत दरबन्दी अनुसार प्रदेश लोक सेवाले बुधबार प्रदेश र स्थानीय तहको मागलाई ध्यान दिएर विज्ञापन खुलाएको हो । विभिन्न तहमा आन्तरिक बढुवा समेत गरी आयोगले १ हजार २ जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौं र सहायक पाचौं तहका प्राविधिक तथा अप्राविधिक पदहरूको अन्तर तह, खुला…
पुरा पढौ
खेल र पत्रकारिताको क्षेत्र व्यापारीकरण होईन,व्यवसायीक हुनुपर्छ : मन्त्री सिंखडा
पोखरा १५ कार्तिक। गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन नहुने बताएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा आयोजना गरेको पाँचौ साधारण सभा तथा विधान अधिवेशनमा बोल्दै उनले खेल क्षेत्रलाई व्यापारीकरण हुनबाट रोक्न नसके यो क्षेत्र पछाडि पर्ने बताइन् । ‘खेल क्षेत्रमा व्यापारीकरण गर्न दिनु हुँदैन, पत्रकारले व्यापारीकरण हुनबाट रोक्नुपर्छ, रोक्न नसके उत्कृष्ट क्षेत्र हुँदाहुँदै पनि खेल क्षेत्र पछाडि पर्छ’ उनले भनिन् । खेल क्षेत्र र पत्रकारिता क्षेत्र व्यवसायीक रुपमा…
पुरा पढौ

