पोखरा १८, कार्तिक
राहत उद्धारमा पोखरा महानगरपालिकाको टोली जाजरकोट था रुकुम प्रस्थान गरेको छ । एक महिनाको पारिश्रमिक राहत सहयोगमा रु ५० लाख को राहत सहयोग शुक्रबार राति गएको भूकम्पका कारण सिर्जित ह्दयबिरादक घटनामा राहत तथा उद्धारमा विशेष सहयोग पुर्याउन पोखरा महानगरपालिकाको टिम वडा अध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टिम राहत तथा उद्धारका सामाग्री सहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । २ वटा सानो गाडी र १ ट्रक सहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ । टोलीले राहत सामाग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्याङ्केट र औषधी एवं उपचारका आवश्यक सामाग्री लिएर गएको छ । पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्य हरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी रु।१३ लाख १५ हजार र अन्य जनप्रतिनिधि एबँ कर्मचारी हरुको स्वछिक सहयोग र नपुग रकम महानगरपालिकाको बिपद कोष बाट खर्च बेहोरिने छ । जम्मा रकम रु ५० लाख बराबरको राहत सहयोग प्रदान गरिने भएको पोखराका मेयर धनराज आचार्यले आफ्नो फेसवुक स्टाटसरमा लेखेका छन्।