जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो

-


     पोखरा क्लिक     
     कार्तिक १८ गते २०८० मा प्रकाशित


जाजरकोट, १८, कार्तिक

गएराति शुक्रवार आएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा महिला ९९ र ५८ जना पुरुष रहेका छन् भने उत्तिकै सङ्ख्यामा घाइते भएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

प्रदेशका जाजरकोट, रुकुम पश्चिम, जुम्ला र दैलेख लगायतको क्षेत्र प्रभावित भएको हो । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी १०५ जना मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । त्यस्तै रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन् ।जाजकोटलाई केन्द्र बिन्दुु बनायर शुक्रबार राति ११ः४७ बजे ६.४ म्याग्निच्यूट गएको थियो ।