गण्डकी प्रदेशमा खुल्यो १००२ जनालाई जागिर

-


     पोखरा क्लिक     
     कार्तिक १६ गते २०८० मा प्रकाशित


पोखरा, १६ कात्तिक ।
गण्डकी प्रदेश लोक सेवा आयोगले एकै पटक ठुलो संख्यामा कर्मचारीका लागि विज्ञापन खुलाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत दरबन्दी अनुसार प्रदेश लोक सेवाले बुधबार प्रदेश र स्थानीय तहको मागलाई ध्यान दिएर विज्ञापन खुलाएको हो ।

विभिन्न तहमा आन्तरिक बढुवा समेत गरी आयोगले १ हजार २ जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौं र सहायक पाचौं तहका प्राविधिक तथा अप्राविधिक पदहरूको अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ ।

विज्ञापन गरिएका पदहरूमा प्रशासकीय अधिकृत, राजस्व अधिकृत, लेखा अधिकृत, तथ्यांक अधिकृत, सव–इन्जिनियर ९जनरल, स्यानिटरी, इरिगेसन०, सब इन्जिनियर, पशु स्वास्थ्य प्राविधिक, मत्स्य प्राविधिक, रेन्जर, भू–संरक्षण सहायक, प्राविधिक सहायक, स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, हेल्थ असिस्टेन्ट, कविराज, ल्याब टेक्निसियन, मेडिकल रेकर्ड सुपरभाइजर, बायोमेडिकल टेक्निसियन, एनेस्थेसिया सुपरभाइजर, वरिष्ठ प्रशासन सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ आलेप सहायक लगायत छन् ।

मंसिर ५ गते सम्म अनलाइन मार्फत दरखास्त बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरेर १२ गतेसम्म दरखास्त दिन सकिने छ ।